Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, May 15, 2014

जीवनगीत

कहाँकहाँ पुग्छ जीवनको बाटो
कहिल्यै तिमिले थाकेँ नभन्नू
सधैँ हाँस्न सिक्नू
हारेर गुहार मागेँ नमन्नू
लत्रेर टाढा भागेँ नभन्नू !

कठिन छ यात्रा शिखर त्यो टाढा छ
नहिँड्नेहरुलार्ई पाइलामै बाधा छ
जसले जीउन जान्यो उसकै हो संसार
निरास भएर रोएँ नभन्नू
खुसी बाँड्दै हिँड्नु दुःख छोप्दै हिँड्नू
उदास एक्लो भएँ नभन्नू

Saturday, May 10, 2014

बेग्लै भए बाटाहरु


एल्बम: क्षितिज
शव्द: रमेश क्षितिज
स्वर: रीमा गुरुंग होडा
संगीत: सन्तोष श्रेष्ठ

Saturday, December 7, 2013

दसैँ सम्झेँ, तिहार सम्झेँ, सम्झेँ अरू चाडहरू

दसैँ सम्झेँ, तिहार सम्झेँ, सम्झेँ अरू चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्लाअग्ला पहाडहरू !

रातिसम्म भए पनि आउँछ कि भन्दाभन्दै
भाग्यो होला खुसी त्यसै सधैँ औँला गन्दागन्दै
लायौ होला सबैलाई खानेकुरो भागवण्डा
सानो रै'छ संसार यो आमा तिम्रो मायाभन्दा !

पहिलो भेट

राप्तीको किनारामा सुनगाभाको फूल फूल्यो
तिमीसंग भेट के भो जिन्दगीको अर्थ खुल्यो

थोरै सुनें धेरै बुझे तिम्रा मीठा कुराहरु
सङ्गीतको प्यास जाग्यो बजाईदेऊ न चुराहरु
कालो कपाल फिंजारिदा बटुवाले बाटो भुल्यो

Friday, November 1, 2013

हालखबर

खोलीले बग्न छाडे नि बगरको छाती चिसै छ
सम्झना गहिरो आ“खैमा, मनमा पीर उस्तै छ
तर म भन्छु बेसै छ, बेसै छ !

तिमीले दियौ तिर्सना , अधूरो एउटा सपना
भन्न त भने“ बिर्सिन्छु - सकिन“ मैले बिर्सन
लुकेको मर्म उस्तै छ, दुःखेको घाउ उस्तै छ
कमलो मेरो मुटुलाई सहनर्पर्न निकै छ
तर म भन्छु ठीकै छ, ठीकै छ !

Monday, October 7, 2013

आफूलाई एक्लो नसम्झनु / गीत


गीतकारः रमेश क्षितिज
गायक: अनिलमान
संगीत: शिशिर योगी

Saturday, September 7, 2013

दाङ हाम्रो साझाघर समृद्ध शान्त मनोहर


दाङ हाम्रो साझाघर समृद्ध शान्त मनोहर
न्याय र गौरव सबैलाई सबैलाई अवसर

यही हाम्रो कर्मभूमि सपना फूल्ने ठाऊ
उभिनलाई यही जमिन जति मथि जाऊ
एकताले बाधिएका जातजाति थरिथरी
रङ्गी चङ्गी फूल तर दाङ एउटै फुलबारी

Sunday, September 1, 2013

प्रेम

जुन बाटो हिंडे पनि पुग्दोरै छु तिमी छेउ
भोलि कहां हुन्छु होला आज यतै बास देऊ

कहां पुग्छ गोरेटो र मूलबाटोको नाता तोडी
कहां बग्न सक्छ नदी सागरको माया छोडी
जहां पुग्न खोजे पनि पुग्दोरै छु तिमी छेउ
अलिकति भर देऊ जिन्दगीलाई आश देऊ

Thursday, April 25, 2013

नमांग मसंग सहारा नमाग




Lyrics: Ramesh Kshitij; 
Singer: Rajesh Payal Rai; 
Music: Bharat Lama

नमांग मसंग सहारा नमाग,
भुईमा छु आकाशका जुनतारा नमांग
नमांग मसंग ..

Tuesday, December 25, 2012

परेलीको बर्सात

परेलीको बर्सातले छातीभित्र पहिरो गयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो

लैबरीको भाका अझै गुञ्जिरहन्छ पाखाभरि
चल्छ हुरी उडाउँदैन जो चित्र छ आँखाभरि
आँसुले नै आँखा धोएँ आँखा अझै पीरो भयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो

Tuesday, June 12, 2012

झरीमा एक साँझ

दर्किरहेथ्यो झरी साँझमा गर्जिरहेथ्यो बादल
ओत लागेर तिमी उभेकी शिरमा राखी आँचल
म सम्झिरहन्छु हरपल !

घरिघरि मलाई हेथ्र्यौ घरि भुइँ कोट्याउँथ्यो
निचोरेर सप्को फेरि आफँैआफैँ लजाउँथ्यो
बिजुली चम्की तिम्रो कलिलो मुहार हुन्थ्यो झलमल
छेउमा उभेर हेर्थे चुपचाप भित्र भएथ्यो खल्बल
म सम्झिरहन्छु हरपल !

Saturday, December 10, 2011

आधी ज्यान

आधी ज्यान यहाँ मेरो मन उड्छ पारि
आफूमात्र एक्लै हाँस्यौ मेरो माया मारी
अर्काको जुनी बिगारी !

मन्दिरमा कसम खान्थ्यौ नछुटिृने कत्तिकत्ति
लाग्यो होला तिमीलाई कठैबरी पाप जति !
जोडी हाँस हौँला भन्ने मुखले भन्दाखेरी
आफूमात्र पारि पुग्यौ मलाई वारि छाडी
अर्काको जुनी बिगारी !

Thursday, September 1, 2011

आधी कथा

दुइ दिन संगै हिंड्दा जिन्दगी नै बदलियो
फेरि कहिले भेट होला भन्नुपर्ने धेरै थियो
सुन्नुपर्ने धेरै थियो ।

एउटा यात्रा नटुङ्गिगै रात परिसक्यो
भेटुंला है भन्थ्यो कोही पुल तरिसक्यो

Saturday, August 20, 2011

उखेलिएको फूल

तिर्खाएको काकाकुलसरी भएं
कुनै नमीठो भूलसरी भएं
अनायासै उठी तिमी हिंडेपछि
म उखेलिएको फूलसरी भएं

Wednesday, November 10, 2010

आग्रह

मेरो ढोका तिम्रा लागि खुल्लै हुनेछ
दुःख पर्दा, आँसु झर्दा सम्झी आउनु है !

आफ्नो भन्छन् सामुन्नेमा सबले मेरै भन्छन्
दुई कदम हिँडी पाइला मोड्ने धेरै हुन्छन्
रुनुपर्दा आफ्नै मान्छे आफ्नो हुँदैन
यस्तो बेला सधैँ मलाई आफ्नो ठान्नू है !

Sunday, October 10, 2010

आरोप

निर्दोष मेरा खुसीलाई सधैँभरि रुवाई
किनारमा तिमी हाँस्यौ मेरो नाउ डुबाई

कहाँ गए कसमहरु नछुटिृने वाचाहरु
किन भत्क्यो साझा घर बेग्लै किन भाखाहरु

बज्न खोज्ने सारङ्गीका सबै तार टुटाई
कौसीमाथि तिमी हाँस्यौ मेरो बस्ती उठाई

Wednesday, September 1, 2010

यसपालिको शरद

यसपालिको शरद पनि नफुलेर गयो
मेरो मनको गमलामा नडुलेर गयो

वर्ष बिते बाटो हेरी दिन बिते औंला गनी
माया गर्ने आफ्नो मान्छे फर्किएर आउला भनी
खोलापारि फूल फूल्यो वारि मन झर्यो
जसका लागि पर्खे उसले बाइस जङघार तर्यो

Wednesday, October 25, 2006

मायाको चिनो

चाँदीको औँठी औँलामा हेर्छु सम्झिन्छु उनीलाई
नभुल्नू भनी मायाको चिनो दिएर जानेलाई

अनिँदो रात उस्तै छ सधैँ दिन पनि अँध्यारो
एक्लै छ हिँड्नु यो लामो बाटो जिन्दगी अप्ठ्यारो
आफ्नो त मनको मेटिन्न तस्बिर जीवनभरिलाई
डालीको माया के लाग्दो होला उड्ने चरीलाई !

Sunday, October 15, 2006

उकालोमा सान्नानी

शिरमा भारी बोकेर
हातमा लालटिन लिएर हिंडिरैछ सान्नानी
पहाडको त्यो बाटो
उकालै-उकालो,

लालटिनको उज्यालोले चिरिरहेछ अन्धकार
दरिला छन् पाइलाहरु चम्किरहेछ अनुहार
कालो रात गएर
आउँछ भोलि बिहानी
सोचिरैछ सान्नानी
फेरि पूर्व खुलेर
उज्यालै-उज्यालो,

Tuesday, October 10, 2006

दिढृच्छा

कुनै दिन त भेट होला भन्दाभन्दै उमेर बित्यो
सयौँ हार कुल्चे पनि समयले मलाई जित्यो

मीठामीठा स्वप्न थिए रहर थिए साझा
एक्लो वरझैँ पर्खिरैछु चौतारीमा आज
सुनाउन बाँकी कथा हृदयमा साँचीसाँची
वर्षौवर्ष बिते यसै तिर्सनामा जीवन बाँची