Wednesday, October 25, 2006

मायाको चिनो

चाँदीको औँठी औँलामा हेर्छु सम्झिन्छु उनीलाई
नभुल्नू भनी मायाको चिनो दिएर जानेलाई

अनिँदो रात उस्तै छ सधैँ दिन पनि अँध्यारो
एक्लै छ हिँड्नु यो लामो बाटो जिन्दगी अप्ठ्यारो
आफ्नो त मनको मेटिन्न तस्बिर जीवनभरिलाई
डालीको माया के लाग्दो होला उड्ने चरीलाई !

सिमल भई उड्दो छ मन समेटूँ कसोरी
बिर्सेर टाढा जानेलाई नजिक म भेटूँ कसोरी
गोरेटो उही उकाली उही, उही छ चौतारी
छैन नि केवल बिसाउने मान्छे मनको दौँतरी !


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment