Saturday, December 7, 2013

पहिलो भेट

राप्तीको किनारामा सुनगाभाको फूल फूल्यो
तिमीसंग भेट के भो जिन्दगीको अर्थ खुल्यो

थोरै सुनें धेरै बुझे तिम्रा मीठा कुराहरु
सङ्गीतको प्यास जाग्यो बजाईदेऊ न चुराहरु
कालो कपाल फिंजारिदा बटुवाले बाटो भुल्यो

यस्तो साथ भेटियो कि दुःखहर सुख बन्छन्
सायद यस्तै भेटलाई मान्छेहरु माया भन्छन्
पर्खाल नाघी आज यो मन सपनाको देश डुल्यो
तिमीसंग भेट के भो जिन्दगीको अर्थ खुल्यो ।।।।।

~रमेश क्षितिज~
(गीति संग्रह: आफै आफ्नो साथी भएं)

No comments:

Post a Comment