दाङ हाम्रो साझाघर समृद्ध शान्त मनोहर
न्याय र गौरव सबैलाई सबैलाई अवसर
यही हाम्रो कर्मभूमि सपना फूल्ने ठाऊ
उभिनलाई यही जमिन जति मथि जाऊ
एकताले बाधिएका जातजाति थरिथरी
रङ्गी चङ्गी फूल तर दाङ एउटै फुलबारी
प्रकृतिको उपहार यो सस्कृतिको खानी
चेतनाको दियो पहिले बालि हिड्ने हामी
पसिनाको अर्को रापती बगाउन सके
स्वर्ग बन्छ दाङ हाम्रो बनाउन सके
रचना: रमेश क्षितिज
सङ्गीत: सन्तोष श्रेष्ठ
स्वर: कोमल वली, अर्जुनमिलन, रेणु बिस्ट, सागर अधिकारी, रीता के सी, प्रेमप्रकश ओली, सुधारत्न र बिपिन घिमिरे
No comments:
Post a Comment