Showing posts with label प्रशंसकहरु. Show all posts
Showing posts with label प्रशंसकहरु. Show all posts

Tuesday, April 8, 2014

आर्काइभमा स्रस्टा

धरान, चैत्र २४ -

विश्व प्रख्यात सेलिब्रेटी लेखकबारे सूचना खोज्नु पर्‍यो भने गुगल जिन्दावाद ! त्यसमाथि निःशुल्क इन्साइक्लोपेडियाको रूपमा विकिपेडिया हाजिर छ । पाउलो कोयलो खोज्ने कि हारुकी मुराकामी ? अथवा सन् २०१२ मा नोबेल साहित्य पुरस्कार पाएका छिमेकी चीनका लेखक मो यानको नालीबेली खोतल्नु छ भने पनि विकिपेडिया निकै भरपर्दो माध्यम बन्न सक्छ । नेपाली स्रष्टाको हकमा भने एकाध बाहेक विकिपेडियाले खासै सहयोग पुर्‍याउने छैन । यस्तैमा मोफसलको एउटा साहित्यिक संस्थाले नेपाली स्रष्टालाई विकिपेडियामा व्यवस्थित गर्ने प्रयास गरेको छ । धरानको केही जुझारु साहित्यप्रेमी तन्नेरीको पहलमा डेढ वर्षअघि स्थापना गरिएको फ्यान क्लब अफ रमेश क्षितिजले यस्तो काम थालेको हो ।

Saturday, March 16, 2013

फ्यान क्लबमा कवि

स्वेच्छिक अवकाश लिएर
घर फर्किरहेको पूर्व लडाकूले
बिर्सी हिंडेछ बाटोछेउको झुपडी जस्तो
चियापसलमा
पसिना पुछेर राखेको रुमाल..

Tuesday, February 12, 2013

धरानमा पोखिए क्षितिजका कविता

रत्न प्रसाद आचार्य-
मंगलबार, फाल्गुन १, २०६९

    धरानः   एउटा अंध्यारो बन्द कोठा । खचाखच भरिएका दर्शक । सिलिड०मा झुन्डिएको चिमले हल्का उज्यालो दिइरहेको थियो जेनेरेटरको आवाजसहित । कोही आनन्दले कुर्सीमा बसेका थिए त  कोही उभिएका । त्यही बीचमा कार्यक्रम संचालकले चर्चित कवि रमेश क्षितिजलाई बोलाए । मन्चको अग्रभागमा बसिरहेका कवि क्षितिज पनि मन्चमा उभिएर कविता वाचन गर्न थाले ।

     स्वैच्छिक अवकाश लिएर फर्किएको पूर्व लडाकुले 
     बिर्सी हिंडेछ बाटो छेउको झुपडीजस्तो चिया पसलमा 
     पसिना पुछ्ने रुमाल

Sunday, February 10, 2013

आधार शिविर


धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको  "एकल कविता वाचन" कार्यक्रम " क्षितिजका कवितहरुसंग हामी" मा  "आधार शिविर" कविता वाचन गर्दै Dr. Kumbha Raj Joshi


बाटो

 

धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको   "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा  "बाटो" कविता वाचन गर्दै Panchamaya Tamli (Hensen Yakhha)

पाठकको मायाले नर्भस


रोहित राई-

कवि रमेश क्षितिज
चर्चित गीतकार तथा कवि रमेश क्षितिज शनिबार धरानमा पाठकहरुको मायाले नर्भस भएछन् । 'एउटा कविले पाटकहरुको माया, हार्दिकतापूर्ण प्रेमको आशा गरेको हुन्छ तर तपाईंहरुको यति धेरै माया र सम्मान पाएर म अहिले नर्भस भइरहेको छु,' फ्यान क्लब अफ रमेश क्षितिजले आयोजना गरेको कार्यक्रममा उनले भने, '२५ वर्षे मेरो साहित्यिक यात्रामा यो क्षण मेरो जीवनकै अत्यन्तै महत्वपूर्ण भएको छ ।'

सुसाए क्षितिज


आइतबार, २८ माघ, २०६९ ( कान्तिपुर )
10 February, 2013

Tuesday, February 5, 2013

प्रचारको नयाँ शैली : पाठक मञ्च

- फुर्पा तमाङ
ठूलो भार्खु, रसुवा

रमेश क्षितिजका कवितालाई माया गर्नेको लर्को धरानमा देखियो । उनका कवितालाई आफूले मात्र सुनेर नपुगी अरुलाई पनि सुनाउनका लागि धरानका केही पाठकले फ्यान क्लब गठन गरेर कविता सुनाउने कार्यक्रमको आयोजना नै गरेछन् । यसले नेपाली साहित्यको विकासमा एउटा नौलो आयाम थपिदिएको छ । कुनै पनि साहित्यकार एवं लेखकको लागि योभन्दा ठूलो हौसला अरु हुनसक्दैन । यसले साहित्यकारलाई त खुसी बनाउँछ नै साथै नेपाली साहित्यको श्रीवृद्धिको लागि योगदान पनि मिल्नेछ । कसैले पनि नसुनिदिने, नपढिदिने, टिप्पणी नगर्ने वा क्रिया-प्रतिक्रिया नदिने हो भने साहित्यकार वा लेखकहरूको मन कुंडिन्छन् ।

Saturday, February 2, 2013

धरानमा सशुल्क कविता वाचन हुने

मितिः माघ २० गते शनिबार, २०६९ गोरखापत्र
धरान समाचारदाता

धरान, माघ १९ गतृे । पछिल्लो समयमा कविहरुको एउटै असन्तुष्टि सुनिन्छ- 'जति राम्रो कविता लेखे पनि के गर्नु, मान्छेहरु कविता पढ्नै छाडे ।' समालोचकहरुको पनि एउटै टिप्पणी हुने गर्छ- 'नेपालमा सबैभन्दा धेरै लेखिने तर कम पढिने विधा नै कविता हो ।'

तर धरानको वातावरण हेर्दा यी दुवै तर्क अर्थहिन लाग्छन् । यहांको एक साहित्यिक गतिविधिले कविताका सच्चा पाठकहरु पनि छन् र कविले निराश हुनुपर्ने अवस्था छैन भन्ने दर्शाएको छ । प्रसंग कवि रमेश क्षितिजको एकल कविता वाचन आयोजनाको हो । यो कार्यक्रम यही माघ २७ गते शनिबार धरान बगैंचा टोलस्थित होटल रत्न इनमा आयोजना हुंदैछ ।

Friday, February 1, 2013

धरानमा रमेश क्षितिजको फ्यान क्लब

धरान, माघ १८ (नागरिक) 

- गीतकार तथा कवि रमेश क्षितिज भाग्यमानी रहेछन् । यहाँका साहित्यप्रेमी पाठकहरु उनको पछिल्लो कृति घर फर्किरहेको मानिस (२०६९) बाट यति प्रभावित भए कि उनीहरुले 'फ्यान क्लब अफ रमेश क्षितिज' समूह बनाएका छन् ।
माघ २७ गते आयोजना हुने कार्यक्रमबारे जानकारी दिन भेला भएका रमेश क्षितिज फ्यान क्लबका सदस्यहरु
यही फ्यान क्लबको सक्रियतामा माघ २७ गते धरानमा छितिजका कविताहरुसंग हामी नामको एकल कविता वाचन र कवितामाथि चर्चा कार्यक्रम आयोजना हुँदैछ । यो क्लब रमेश क्षितिजका प्रशंसकहरुको स्वस्फुर्त जमात हो, समयचेतनाले भरिएका र सिर्जनाकौशलले खारिएका उहाँको कविताले नै हामीलाई जोड्यो, फ्यान क्लबका सदस्य कमला लिम्बूले भनिन ।

Tuesday, January 29, 2013

धरानमा रमेश क्षितिजको एकल कविता वाचन

विश्वस्त सूत्र
मंगलबार, २०६९ माघ १६ 

यति सुन्दर, शक्तिशाली र संगीतात्मक कवितामार्फत् आफ्ना पाठकहरुमा आशा, सम्भावना, चेतना र परिवर्तनको लहर ल्याउने क्षमता भएका स्रष्टासंग साक्षात्कार गरी कविताको गहनता र वास्तविक सन्देशलाई अझ नजिकबाट बुझ्ने तथा कविका ओजस्वी स्वरमा कविता वाचनको रसास्वादनको चाहनाले नै कार्यक्रमका अवधारण प्रशंसकहरुमा आएको र यो कार्यक्रम तय भएको हो ।

'फ्यान क्लब अफ रमेश क्षितिज' नामक संस्थाले धरानमा आफ्नै पहलमा कवि क्षितिजको एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ । एकल कविता वाचन हुनु कुनै ठूलो वा नौलो कुरा होइन, तर साहित्य अर्थात काव्य कविताबाट प्रभावित भएर फ्यान क्लब गठन हुनु र त्यसले एकल कवता वाचनको कार्यक्रम आयोजना गर्नु शायद नेपालमै पहिलो घट्ना हो ।

कार्यक्रम ‘क्षितिजका कविताहरुसँग हामी’

ClickDharan.com
कवि तथा गीतकार रमेश क्षितिजका प्रशंसक(फ्‍यान)हरुले फ्‍यान क्लब नै गठन गरेका छन् । कवितामा बिशेष रुचि राख्ने धरानका साहित्यनुरागी एवं पाठकहरुले उनको पछिल्लो कृति घर फर्किरहेको मानिस(२०६९)बाट प्रभावित बनेर फ्‍यान क्लब बनाएका हुन् ।

एकल कविता वाचन हुने

मर्निङ्ग टाईम्स
२०६९ माघ १६ गते मंगलबार

धरान, १५ माघः 
कवि रमेश क्षितिजको कवितामाथि धरानमा पहिलोपटक उनका फ्यानहरुले एकल कविता वाचन एवम् चर्चा गर्ने भएका छन् ।

फ्यान क्लब अफ रमेश क्षितिज नामक संस्थाले पहिलोपटक आगामी माघ २७ गते एकल कविता वाचन गर्ने भएको हो । क्लबले क्षितिजका कविताहरुसँग हामी शीर्षकमा साक्षत्कार एवं कविता वाचन गर्न लागेको हो ।