Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

Saturday, July 11, 2020

‘ए, त्यो त मैले उहिले पढेको’

पठन-संवाद

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७) र ‘घर फर्किरहेको मानिस’ (२०६८) कविता संग्रह अनि ‘आफैँ आफ्नो साथी भएँ’ (२०६३) गीत संग्रहका लेखक रमेश क्षितिज कविता र गीतको क्षेत्रमा स्थापित नाम हो। प्रस्तुत छ, क्षितिजसितको पठन-संवाद  : 

कत्तिको फुर्सदमा हुनुहुन्छ ? 
फुर्सद र व्यस्त दुवै छु भनेजस्तो भएको छ। जुन जिम्मेवारी बहन गरिरहेको छु, त्यसमा साँझ, बिहान, बेलुकी र बिदाको दिन भन्ने अवस्था छैन। त्यसमा पनि अहिले जटिल अवस्थामा बाढी-पहिरोलगायतका विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र यससँग सम्बन्धित व्यवस्थापनका लागि बढी व्यस्त रहनुपर्ने अवस्था छ। तर, बचेको टुक्राटाक्री समय चाहिँ फुर्सद नै हो।

Saturday, May 17, 2014

लेखन साधना हो, आराधना हो

रमेश क्षितिज समकालीन नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । विशेषगरी कविता र कथा लेखनमा कलम चलाइरहेका क्षितिज आफूलाई कविका रुपमा परिचित गराउन चाहन्छन् । अर्को साँझ पर्खेर साँझमा (२०५७), घर फर्किरहेको मानिस (२०६८) कविता सङ्ग्रहका साथै क्षितिज गीति एल्बमलगायतका रचनाहरु प्रकाशन गरिसकेका क्षितिजसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले गरेको कुराकानी ।

कानूनको विद्यार्थी भएर पनि तपाईं साहित्यमा कसरी प्रवेश गर्नुभयो ?


जीवन कैयौं संयोगहरुको श्रृंखला हो । स्कूलमा विज्ञान र अप्सनल म्याथ लिएर पढेको थिएँ । विज्ञान वा साहित्य पढ्थें हुँला । त्यसो त कानूनको विद्यार्थी हुनुअघि नै म साहित्यको विद्यार्थी थिएँ । फेरि कवि, कलाकार हुनु भनेको कुनै कोर्स वा उपाधि पनि होइन ।

Saturday, January 18, 2014

कार्यक्रम अभिव्यक्ति -(साहित्य समीक्षा, सम्वार्ता र सस्वरवाचन)


मिति २०७० पौष २८ गते आइतबार(Sunday, 12 January 2014), बिहान ७:३० बजे कान्तिपुर एफ.एम. ९६.१ मा कार्यक्रम अभिव्यक्ति (साहित्य समीक्षा, सम्वार्ता र सस्वरवाचन)मा कार्यक्रम प्रस्तोता भुपेन्द्र खड्काका साथमा कविद्धय रमेश क्षितिज र मोमिला

Saturday, May 18, 2013

फ्यान क्लब अफ रमेश क्षितिज

- रमेश क्षितिज/कवि
   शनिबार, ४ ज्येष्ठ २०७०

कुनै समय सांसारिकताबाट मुक्ति खोज्दै जोगी भएर हिँडेको कल्पना गरिबस्ने रमेश क्षितिज पछि सुन्दर कविता र गीत लेख्न थाले । जोगी–जिन्दगीको मोह मनको कुनै कुनामा अझै जिउँदै छ रे † भन्छन्, ‘जोगीप्रतिको आकर्षण मसँगै जिउँदै छ । यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नै दुनियाँ छ मेरो ।’ नोस्टाल्जियामा रमाउनु उनको सुन्दर आदत हो । पछिल्लो कवितासंग्रह  ‘घर फर्किरहेको मानिस’ले सहरमा उनका फ्यान बढेका छन् ।

तपाईं त ठूलो सेलिब्रेटी हुनुभाछ नि । आफ्नो नाममा ’फ्यान क्लब’ नै गठन हुँदा कस्तो अनुभूति हुँदोरहेछ ?

म साधारण सपना बोकी हिँडेको मानिस हुँ । स–साना र सामान्य छन् मेरा खुसीहरू । महत्त्वाकांक्षाको बोझिलो भारीले नथिचोस् भन्छु । कुनै यस्तो समय थियो जब म आफू जोगी भएर हिँडेको कल्पना गरेर बसिरहेन्थँे, अझै त्यो आकर्षण मसँगै छ । अहिले यहाँ छु र जहाँ जहाँ लगेर जिन्दगीले उभ्याइदियो त्यहीँबाट हिँड्ने बाटो खोजेँ मैले । यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नै दुनियाँ छ मेरो ।

Thursday, February 7, 2013

कवितामा डुव्दा ध्यानमा बसेजस्तो लाग्छ


रमेश क्षितिज
तपाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

संघर्षको बाटो हिंडिरहेको म एउटा सामान्य मानिस हुं । दुर्गम गाउंमा जन्मे हुर्केर, प्रकृतिसंग अत्यन्त नजिक भएर खेल्दै बांचेकोले मेरो संवेदना पातलो र कोमल भयो । मानिसहरुका प्रति मलाई ठूलो प्रेम र श्रद्धा छ । यसले मलाई कविता, गीतहरु ल्ेख्न सिकायो । मेरो पारिवारिक र सामाजिक वातावरण अनि परिवेशले नै हार्दिक कुराहरु अमूल्य हुन्छन् भन्ने संस्कार दियो । त्यसैले, एउटा कवि, गीतकार वा लेखकको रुपमा मेरो कुनै परिचय छ भने मलाई त्यही खुशी लाग्नेछ ।

कवितामा डुव्दा तपाई कस्तो महसुस गर्नुहुन्छ ?

मैले धेरै ठाउं भन्दै आएको छु । कविता मेरा लागि विरह र वेदना पोख्ने माध्यममात्र होइन । कविता लेखन, श्रवण वा पठन एक प्रकारको ध्यान नै हो । जुन तहमा पुगेर कविले लेख्छ, त्यही तहमा पुगेर पाठकले पढ्न सक्यो भने कविताले सम्पूर्ण अभिव्यक्ति सम्प्रेषण गर्न सक्छ । कवितामा डुव्दा मलाई ध्यानमा बसेजस्तो लाग्छ ।

Saturday, December 8, 2012

म सच्चा “कवितावादी” कवि

-रमेश क्षितिज/कवि

रमेश क्षितिज निकै राम्रा कविता लेखिरहेका छन्, जो शब्द र भावको संयोजन गर्न कुशल छन् । मूलत: कविता उनको अभिव्यक्तिको माध्यम हो, सँगसँगै गीत र कथामा पनि उनले आफूलाई उम्दा साबित गरेका छन् । सरलतापछाडि जीवनका जटिल पक्षको उद्घाटन हुन्छ उनका कवितामा । कवि तुलसी दिवसले भनेझैं क्षितिजका कविता ‘पारदर्शी चहकिला ऐनैऐनाको पंक्तिजस्ता देखिन्छन् ।’ उनका ‘अर्को साँझ पर्खेर साँझमा’ (कविता संग्रह ०५७), ‘आफैं आफ्नो साथी भएँ’ (गीत संग्रह ०६३), ‘क्षितिज’ (गीति एल्बम ०६३) प्रकाशित छन् । हाल उनी नयाँ कवितासंग्रह ‘घर फर्किरहेको मानिस’का कारण चर्चामा छन् ।

अहिले संसारभर गद्यको लहर चलिरहेको छ । कविताको भविष्य कस्तो होला ?

संसारभर गद्यको लहर चलेको छ भने त्यो कविताका लागि पनि खुसीको कुरा हो । कविता मानव जातिको सर्वोत्कृष्ट र ओजपूर्ण भाषा हो, यसैले यसको भविष्यमाथि शंका गर्नुपर्ने कुनै कारण देख्दिनँ म त । गद्यमा कवितात्मकता वा कविताको जस्तो कलाले नै प्राण गर्दछ । विभिन्न शैली समय क्रममा लोकप्रिय भएता पनि भाषाको चमत्कार कवितामा हुन्छ, त्यही सौन्दर्यले गद्यलाई पनि बचाउने हो । कविता सबै विद्याको जग भएकाले यसको भविष्य सदैव सुरक्षित छ, रहनेछ ।

Sunday, October 21, 2012

Kehi Mitho Bata Gara with Ramesh Kshitij


मिति २०१२ मा हिमालयन टेलिभिजनले लिएको अन्तर्वार्ता

Saturday, February 4, 2012

क्षितिज एकदमै नजिकको साथी हो

रमेश क्षितिज
'क्षितिज' कस्तो एलबम हो ?

२५ वर्षदेखि गीत लेखनको क्षेत्रमा क्रियाशील छु । आफ्नो सेवा दायित्व निर्वाह गर्दै मैले जीवनको महत्वपूर्ण लगानीलाई लिएर यो एल्बम लिएर आएको हो । मैले चर्चाका लागि भने यो एल्बमलाई बजारमा ल्याएको होइन । गीतसंगीत भनेको मनपर्ने साथी हो । जुन अन्तरआत्माको साथी हो, सुखदुःखको साथी हो जसले उर्जा दिने काम गर्छ । मैले आफ्नो गीत लेखनको यो लामो समयमा जति गीत लेखें त्यसमा जति सन्तुष्टि मिल्यो त्यो भन्दा पनि उत्कृष्ट गीतहरु छानेर मैले 'क्षितिज' एल्बम निर्माण गरेको हुँ । जसमा युवापुस्ताका चर्चित संगीतकारले मेरा गीतहरुलाई एकवर्षसम्म लगाएर संगीत सिर्जना गरिदिनुभयो, एरेन्जर, गायक/गायिकाहरुले पनि उदाहरणयोग्य रुपमा काम गरिदिनुभयो ।

Saturday, October 15, 2011

कर्म र साधनाको 'क्षितिज'

~~खेमराज रिजाल

'उनको साहित्यिक तथा सा.गीतिक यात्रा त्यति सहज भने छैन । रेडिायोका गीत सुनेर छोरा बिग्रन्छ भनेर बुबाले रेडियो समेत सुन्न अवरोध गरेपछि राती सुत्ने बेलामा सिरक मुनि लुकाएर पनि रेडियोका गीत सुन्थे'


रमेश क्षितिज
पूर्वतिर फर्किएको कुर्सीमा उनी प्रायः दक्षिणपूर्व फर्केका देखिन्छन् । शिरमाथि भित्तामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीर सजिएको छ, भित्तामा कुनै विदेशी दार्शनिकको कोटेशन, जुन मलाइ त्यति हेक्का भएन । घरी कम्प्यूटरमा फेसबुक कमेण्ट कमेण्ट लेखिरहेका हुन्छन्, घरी गुगल च्याटमा त घरी सेवाग्राहीलाई जिज्ञाशा मेटाउन व्यस्त । एक्लै भयो कि फेरि कम्प्यूटरका पर्दामै सोझिन्छन् । पेशाले सरकारी जागिरे, रुचिीले साहित्य सिर्जना । उनी हुन जिल्ला विकाश समितिका स्थानीय विकास अधिकारी रमेश न्यौपाने अर्थात रमेश क्षितिज । उनी विकास निर्माणको नेतृत्वदायी भूमिका गर्ने सरकारी जागिरे हुन्, तर एकाएक साहित्यमा पनि तिखारिन खोज्दै छन् । भन्छन्- 'चेतनाको विकास नहुँदासम्म भौतिक विकास दिगो हुँदैन, चेतनाको विकास फैलाउन साहित्यमा लम्किएँ ।'