Monday, October 7, 2013

आफूलाई एक्लो नसम्झनु / गीत


गीतकारः रमेश क्षितिज
गायक: अनिलमान
संगीत: शिशिर योगी


आफूलाई एक्लो नसम्झनु कोही छ तिम्रो पनि (२
संसारको कुनै कुनामा दिनरात सम्झिने २
आफूलाइ एक्लो नसम्झिनु

टाढा छु म धेरै टाढा नजिक छु म मुटु छेउ २
दरी भन्नु केही होइन विश्वासमा बांचीदेऊ २
आफूलाई कमजोर नसम्झनु समर्थ तिमी पनि
संसार छ रंगीन रमाईलो किन मन उदास हुने २
आफूलाई एक्लो नसम्झिनु...

सोचिरहन्छु तिम्रो भलो कामना छन् मीठा मीठा २
भेट होला कुनै बेला सुःखद होला हाम्रो कथा २
आफूलाई दुखित नसम्झनु खुशी हुनु तिमी पनि
जोगाई राख्नु भरोसा कहिल्यै नभत्किने २
आफूलाइ एक्लो नसम्झनु ..


No comments:

Post a Comment