परेलीको बर्सातले छातीभित्र पहिरो गयो
बिर्सी जाने बैगुनीको सम्झना झन् गहिरो भयो
लैबरीको भाका अझै गुञ्जिरहन्छ पाखाभरि
चल्छ हुरी उडाउँदैन जो चित्र छ आँखाभरि
आँसुले नै आँखा धोएँ आँखा अझै पीरो भयो

बित्छन् मेरा रातहरु सधैँ कोल्टे फेरिफेरि
मेरो खुसी उतै अल्झ्यो पापिनीको पोल्टाभरि
कसले सुन्छ मनको बह जब ऊ नै बहिरो भयो

स्वर : अन्जु पन्त
संगीतः सन्तोष श्रेष्ठ
एल्बमः क्षितिज

No comments:
Post a Comment