Wednesday, November 10, 2010

आग्रह

मेरो ढोका तिम्रा लागि खुल्लै हुनेछ
दुःख पर्दा, आँसु झर्दा सम्झी आउनु है !

आफ्नो भन्छन् सामुन्नेमा सबले मेरै भन्छन्
दुई कदम हिँडी पाइला मोड्ने धेरै हुन्छन्
रुनुपर्दा आफ्नै मान्छे आफ्नो हुँदैन
यस्तो बेला सधैँ मलाई आफ्नो ठान्नू है !

आज यहाँ भोलि कहाँ जिन्दगीको खोला
तकदिरमा रैछ भने फेरि भेट होला
जति टाढा भए पनि माया नमार्नू
जहाँ हँुला सम्झिरहुँला चिठी लेख्नू हैं !


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment