फ्यान क्लब अफ रमेश क्षितिज (Fan Club of Ramesh Kshitij)

"त्यसो त, कवि बुद्धजस्तै हुन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो । बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरुले मानिसको हृदयलाई हल्लाएर जाने अचम्मको क्षमता बोकेका हुन्छन् । कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ । कविताको एक पंक्तिले आन्तरिक शक्ति र अथाह उर्जा भरिदिन सक्छ ।" - (पहिलो प्रेम र प्रिय कविताको आत्मकथाः घर फर्किरहेको मानिसबाट) भन्ने तपस्वीजस्ता लाग्ने उनै सन्त कवि रमेश क्षितिजका गीत सुनेर, कविता तथा कथाहरु पढिसकेपश्चात मिति २०६९ मा स्थापित प्रशंसकहरुको समूह हो "फ्यान क्लब अफ रमेश क्षितिज"  (Fan Club of Ramesh Kshitij)। 

वैयक्तिक रुपमा नेपाली, अंग्रेजी, हिन्दी साहित्यका विविध विधाका पुस्तकहरु एक आपसमा विनिमय गर्दै पढ्ने र पढेका कृतिहरु उपर छलफल गर्ने पठन संस्कृतिमा रम्ने जमात हुन् क्लबका सदस्यहरु  । 

उद्देश्य

साहित्यमा रम्ने, नेपाली साहित्य र स्रष्टालाई माया गर्ने विशुद्ध पाठकहरुको समूहद्धारा "स्रष्टाको सम्मान हाम्रो उद्देश्य" भन्ने पवित्र अनि मूल नारा सहित कवि रमेश क्षितिजको नाममा "Fan Club of Ramesh Kshitij" क्लब स्थापना गरी कार्यक्रमहरु गरे पनि मूलतः क्लबको उद्देश्य नेपाली भाषा, साहित्य तथा कलाको विकाशमा टेवा पुर्याउनु नै रहेको छ ।

क्लबले गरेका केही प्रमुख कार्यहरुः
  • मिति २०६९ साल माघ २७ गते शनिबार, होटल रत्न इन, धरानमा कवि रमेश क्षितिजका एकल कविता वाचन "क्षितिजका कविताहरुसंग हामी" कार्यक्रमको आयोजना
  • मिति २०७० असोज १२ गते शनिबार एउटा अन्तर्देशीय काव्य सम्मेलन "उत्सवमा कविता र क्यानभास- काव्य साँघु २" कलरवको आयोजनामा सह-आयोजक भई कार्यक्रमको आयोजना 
  • मिति २०७० फाल्गुण १० गते शनिबार, 'गरिमा सम्मान' पुरस्कार प्राप्त कविता "महाभारतकी मैच्यांग" का- कवि फूलमान बलको "एकल कविता वाचन" कलरव धरान र फ्यान क्लब अफ रमेश क्षितिजको संयुक्त आयोजनामा कार्यक्रम संचालन 
  • मिति २०७० फाल्गुण २४ गते शनिबार, नेपाली विभाग, महेन्द्र क्याम्पस, धरानको आयोजनामा  फ्यान क्लब अफ रमेश क्षितिज सहआयोजक भई महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा कवि टोप बहादुर याक्खाको कृति "आधी रोकिएपछि'' कविता संग्रहमाथि चर्चा परिचर्चा तथा कविता वाचन कार्यक्रम  सम्पन्न
  • मिति २०७०।१२।१५ गते शनिबार (29th March 2014) मा राम जानकी वृद्धा-आश्रम पकली, सुनसरीका वृद्धाआमाहरुलाई हाल हड०कड०मा कार्यरत संखुवासभा निवासी श्री टोप बहादुर याख्खाले रु. २५,०००।- सहयोग गर्नुभएको रकम बराबरको फलफुल/खाद्यान्न/लत्ताकपडा/जिन्सी सामान फ्यान क्लब अफ रमेश क्षितिजका सदस्यहरुमार्फत उपलव्ध गराईएको   


No comments:

Post a Comment