Showing posts with label लेख/संस्मरण. Show all posts
Showing posts with label लेख/संस्मरण. Show all posts

Saturday, June 7, 2014

क्रमशः सपनाहरू

काठमाडौ, जेष्ठ २३ - 

रमेश क्षितिज
संयोगले आजका प्रमुख अतिथि तेक्वान्दोका पूर्वखेलाडी हुनुहुन्छ । हाम्रा लागि यो अत्यन्तै खुसीको कुरा हो । उहाँका समकालीन साथीहरू यहाँ प्रशिक्षकका रूपमा पनि उपस्थित हुनुहुन्छ ।' उद्घोषकले यसो भनेपछि मञ्चमा आसीन जिल्लास्थित राजनीतिक दलका प्रमुखहरूलेे अलि आश्चर्य मानरे मतिर हेर्न थाल्नुभयो । 

अप्रत्यासित सूचनासहितको उद्घोषणले मलाई पनि बेग्लै अनुभूति दियो । हाम्रा प्रायः कार्यक्रमहरूमा अनिवार्य मानिने आसन ग्रहण, भाषण ग्रहण र रासन ग्रहण -जलपान) मध्ये पहिलो चरणमा थियौं हामी । म थोरै मुस्कुराएर आसनमा बसें । कार्यक्रम सञ्चालन हुँदै थियो, खेलका केही 'इभेन्ट' प्रस्तुत हुँदै थिए । यसबीच मैले भने जीवनलाई सुदूरबाट फर्केर हेरिरहेँ । र, आफ्ना स-साना सपनाहरूलाई उत्खनन गर्दै मानस यात्रामा निस्किएँ ।

oooo

Monday, October 7, 2013

कविता भनेको कुण्ठा होइन: कविता–संवाद रमेश क्षितिजसँग


काठमाडौंमा दिन बिराएर नयाँ पुस्तक विमोचन भइरहेका छन् । र, सबैभन्दा बढी हल्ला उपन्यासको भइरहेको छ । पुस्तकको चर्चा धेरै पक्षले प्रभावित हुन्छ । पहिलो, बिक्री । दोस्रो, पुरस्कार र सम्मान । तेस्रो, पुस्तकको गुणवेत्ता । पछिल्लो समय अर्को पक्ष पनि शक्तिशाली भएर आएको छ, बजार हल्ला वा स्क्यान्डल । तर, जे भए पनि बिक्रीका हिसाबले उपन्यासले अरू विधाका पुस्तकलाई पछाडि पारिरहेको देखिन्छ । त्यसो त, देशका चर्चित ठूला दुई पुरस्कार नै पनि उपन्यास विधाले नै हात पार्नुले यस्तो भएको हुन सक्छ ।

Saturday, October 5, 2013

दशै संझे, तिहार संझे ..!

नागरिक, १२ असोज २०७०
~ रमेश क्षितिज

रमेश क्षितिज
त्यसो त दशैका आर्थिक, सामाजिक, सास्ंकृतिक आदि बहुआयमिक स्वरुपहरु छन् तर आज म पस्छु बाल्यकालको स्मृतिसुरुङभित्र !

दशैंको मानौं लामो प्रतिक्षा हुन्थ्यो हामीलाई । नयाँ लुगा लगाउने, मिठो मसिनो खाने र रमाईलो गर्ने अवसर हुन्थ्यो त्यो बेला । बर्षमा एकपल्ट घरलाई रङगाएर चिटिक्क पारिन्थ्यो र त्यो देखिन्थ्यो नयाँ कपडा लगाएको कुनै बालकझै । गाउँलेहरु जम्मा भएर बाटाघाटा र चौकहरुको ममरत र सरसफाई गर्थे । धारा, कुवा र जरुवाहरुको समेत रुप फेरिन्थ्यो त्यसवेला । वरपिपलको रुखको हाँगामा बाधेर वा बाँसहरु ठढ्याएर पीङ वनाईएको हुन्थ्यो गाउँमा ।

Saturday, August 10, 2013

नयाँ आविष्कारको खोजीमा कविता ~ रमेश क्षितिज

श्रावण २५ -

रमेश क्षितिज
ओशोले एकपल्ट भनेका थिए मलाई दार्शनिक नभन्नू । मलाई सम्झँदा सधैं कविका रूपमा सम्भिmयोस् । जीवनलाई हेर्ने मेरो दृष्टिकोण काव्यात्मक छ । एउटा महान् दार्शनिकका लागि के आकर्षण छ त्यस्तो कवितामा ? कविताको भूमिका के छ मानिसको जीवनमा ? किन प्रत्येक मानिसले जीवनमा कहिल्यै न कहिल्यै कविता लेखेको हुन्छ ?

कविता मानिसले आविष्कार गरेको सबैभन्दा प्राञ्जल भाषा हो । सामान्य घटना र प्रसङ्गहरू पनि सुन्दर कवितामार्फत् अभिव्यक्त भए भने ती विशेष लाग्छन् । साधारण कुरा पनि असाधारण लाग्दछ- जब कविताले आफ्नो भाषामा बोल्छ । सामाजिक विकास र परिवर्तनका लागि यसैले कविता युगौंदेखि लेखिएको छ र पढिएको छ । कविताले मानिसको अन्तःस्करणमा छुन्छ यसैले मानिसको मानस परिवर्तनका लागि वा जीवन रूपान्तरणका लागि कविताको असिम उपयोग आवश्यक छ । कविताले मानिसलाई आत्मवल, आशा विश्वास, नैतिक मूल्य र आदर्श प्रदान गर्दछ ।

Saturday, June 15, 2013

कविताको कथा : सिल्भिया, साँझ र समुद्र

रमेश क्षितिज
जब कुनै राम्रो कविता पढ्छु म, एउटा प्रश्न मनमा उठ्छ- ओहो यो कविता कुन परिस्थितिमा लेख्यो होला कविले ? कविता लेख्ने आ-आफ्नै भिन्न शैली होलान्, म भने कवितालाई शव्दले बुनेको एक तस्बिर वा चित्र भन्न रुचाउँछु । आफ्नो कुनै पनि कविता पढ्दा म पुग्छु एक अतीतमा, जहाँ देखिन्छन् सँगै हिँडिरहेका मानिस, समय, मिति र दृश्य । ती सबै सँगसँगै जोडिएर आइपुग्छन् कविताका हरफहरफमा ।

आज जब कुनै कविताको कुरा गर्दैछु- मलाई फर्कनुपर्छ दशकभन्दा अगाडिको एक सुन्दर अतीतको प्रदेशमा !
०००

Saturday, February 16, 2013

धरान पुग्दा : अनुभूति

'हामी संघीयताको कुरा गर्छौं तर जात धर्म, भूगोल बिर्सेर कविताको हार्दिक सम्बन्धले मात्र पूर्वका पाठकहरूले आफ्नो मन पर्ने पश्चिमको कविलाई आमन्त्रण गरेर यस्तो भव्य कार्यक्रम आयोजना गर्नु आश्चर्यजनक घटना नै हो मेरा लागि,' पोखराबाट काठमाडौं हुँदै हतार हतार यही कार्यक्रमको अभिभावकत्व ग्रहण गर्न धरान आइपुग्नुभएका वरिष्ठ गायक, संगीतकार गणेश रसिक प्रमुख अतिथिको रूपमा यसरी बोल्दै गर्दा मेरो मन भने अनेक ज्वारभाटाहरू उठिरहेको समुद्रजस्तो भइरहेको थियो । कार्यक्रम समापनको नजिक नजिक पुगिरेहको बेला हलमा भरिएका पाठक श्रोताहरू भने शान्त मुद्रामा रसिक-मन्तव्यमा ध्यानमग्न थिए । 

Saturday, January 5, 2013

टोकियोमा एक दिन

संसारको जुनसुकै कुनाको भए पनि मानिसका आँसु, हाँसो, प्रेम र घृणा उस्तै हुन्, मानिसका कथा उस्तै हुन, जुन जात र रंङको भए पनि


सन् २००३ नोभेम्बरको एक चिसो साँझ । सिर्रर्र मुटु कपाउने स्याँठ चलिरहेको थियो । म जापानको नारिता एयरपोर्ट ओर्ले ।

लगभग १०/१२ घण्टाको ट्रान्जिट, रातभरिको अनिद्रा र फेरि लामो उडान- शरीर क्लान्त थियो । झिलिमिली प्रकाशले चम्किरहेको एयरपोर्टभित्रबाट प्रक्रिया पूरा गरेर निस्किनेबित्तिकै 'रमेश-नेपाल' लेखिएको कागजको बोर्ड देखिएपछि म त्यही हुलमा मिसिएँ ।

  ०००
 

Saturday, October 13, 2012

शब्दभन्दा केही पर

अनुभूति

कवि बुद्धजस्तै हुन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो । बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरूले मानिसको हृदयलाई हल्लाएर जाने अचम्मको क्षमता बोकेका हुन्छन् । कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ । कविताको एक पंक्तिले आन्तरिक शक्ति र अथाह ऊर्जा भरिदिन सक्छ । 

कविता इतिहासको सर्वाेत्कृट साक्षी हो जो सत्यको भाषा बोल्छ, जो साहसको भाषा बोल्छ । संसारका दुःखहरूले बुद्ध जन्माए । एउटा बुद्धको पछि लागे अनेकौं सारीपुत्र र मौदगल्यायनहरू अर्थात् आनन्दहरू । एउटा असल कविताले पनि जन्माउँछ अनेक नयाँ विचारहरू र बन्छ परिवर्तनको बाहक ।

Thursday, October 11, 2012

"ओ कविता, माई फस्र्ट लभ..."

बजारमा हल्ला छ, यो देशमा जति मानिस छन्, त्यति नै कवि । कोही यसलाई मिलाएर भन्छन्, प्रत्येक नेपाली आफ्नो जीवनमा एकपटक त कवि बनेकै हुन्छ । तर, कवि रमेश क्षितिजलाई ठ्याक्कै त्यस्तो लाग्दैन । 'समाज हो, कसका कुरा गर्ने भन्ने बहाना खोजिरहेको हुन्छ, कुरा काट्न एउटा मानक खोजिरहेको हुन्छ, कवि पायो भनिदिए,' पुतलीसडकमा कफीको पहिलो चुस्की लिन नपाउँदै उनले पनि भनिदिए, 'तर कविता गहन हुन्छ । कहिलेकाहीँ कविताको अर्थ क्या गज्जबको हुन्छ, कहिले सामान्य । कहिले लेखेको पनि बुझिँदैन, कहिले लेखेको भन्दा धेरै बुझिन्छ ।'

Sunday, November 9, 2008

प्रसङ्गवश

१५ वर्षअघि परमहंस योगानन्दलाई पढेको भए मेरो जीवनको बाटो के हुन्थ्यो ? बीसौं शताव्दीका यस आध्यात्मिक किताबको सूचीमा राखिएको योगीको आत्मकथा छिचोलेपछि यस्तो लागिरह्यो । मानव जीवनमा ईश्वरको उपस्थिति या अध्यात्मको सुप्रभावबारे लेखिएको छ यसमा । अन्तःस्करणको शुद्धीकरणका साथै जीवनलाई उज्यालो बाटोमा डोहोर्याउँछ यसले ।

साँच्चै योगीले शिक्षा र दर्शनको आध्यात्मिक चेतनायुक्त सुमार्गको खोजी गरेका छन् । हरेकले आफ्नो जीवनमा ईश्वरको प्रत्यक्ष अनुभव गर्दा रहेछन् । र, उज्यालो हिँड्न खोजे सहयोग गर्दा रहेछन् । गोरखपुरमा जन्मेका र स्वामी श्री मुक्तेश्वर गिरीका चेला योगानन्दका हरेका पंक्तिले मनमा कोमल स्पर्श गर्छन् ।