Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, August 4, 2015

साया

याद हैं – अभी भी याद हैं
शदीद गर्मी के वह दिन

चढ़ते हुए वादियों में आए थे तुम
अलसाते हुए साये में देखा दूर उफ़ुक
पोछा माथे का पसीना और दूर कि गर्दे सफ़र

याद करता हूँ – नदी-सा तुम्हारा सफ़र
और, मेरा साहिल-सा जीवन – एक साथ याद करता हूँ !

Saturday, February 21, 2015

जिन्दगी

बिहानै-बिहानै
बेतोडले -दौड्दै गयो एक मानिस आँखाअघिबाट
बाटोमा- भेलाभएर गर्न थाला सबैले
एक अर्कालाई प्रश्न को थियो त्यो मानिस दौडिरहेको ?

थियो कि त्यो एक राजबन्दी
वा जेल तोडेर भागेको कुनै विद्रोही कैदी
वा परिस्थितिले पाकेटमार बनाइसकेको
एक होनहार युवक ?

Saturday, September 20, 2014

लाखौ योगनरेन्द्र

आउछु भनेर हिडेको मानिस 
किन फर्किएन कहिल्यै -

रहस्य भएर बाँचिरहेको छ एक प्रश्न इतिहासमा
तर हराएर गएको चङ्गाझै वेपत्ता छ राजा
विहे गरेर भोलिपल्ट फर्केको
सैनिककी अर्धाङ्िगनीझै सुनसान छ - दरवार

उ आउला भनेर प्रत्येक साँझ
ओछ्याईएको छ - विछ्यौनामाथि सफा तन्ना
खुल्लै राखिएको छ झ्याल
र ढोकामा राखिएको छ - एकजोर खराउ
प्रत्येक दिन यात्री भएर - समय
हिडिरहेको छ उसबेलादेखि अन्तहिन प्रतिक्षाको सुरुङ !

Saturday, April 12, 2014

नयाँ वर्ष

बर्सेनि आउँछन् प्रमुख अतिथिजस्ता नयाँ वर्षहरु
र विमोचन गरेर जान्छन्
रंगीन सपनाका नवीनतम संग्रहहरु

समारोह विसर्जनपश्चात सबै आआफ्नो  घर फर्किसकेको
सुनसान स्थलजस्तो जिन्दगीले पल्टाउँछ निलो डायरी
र पढ्न थाल्छ विगतको दैनिकी
वा एक टुक्रा आत्मकथा

Saturday, February 15, 2014

परिचय

वर्षौंदेखि तिमी पर्खिरहेछौ- एक अद्भुत आगमन
जसले बदल्नेछ तिम्रो जीवन
फुकालेर दुःखका मैला लुगाहरू- दसैंको बालकलाई झैं
पहिर्‍याउनेछ तिमीलाई रंगीचंगी खुसीको पहिरन

र हात समाएर तराउनेछ संघर्षको नदी
पुर्‍याउनेछ सपनाको उसपार- पल्लो किनारमा !

Thursday, January 23, 2014

मनचरा

 उड्दै गयो मनको चरा – नाघ्दै गयो डाँडाकाँडा
चाल्यो हाँगा–हाँगामा
नदीछेउ पुगेर मेट्यो आफ्नो तिर्खा र नाच्यो किनारमा
खेल्यो आफूले जानेका चुलबुले खेलहरु,

उड्छ–उड्न देउ
ऊ उडेन भने त कुँजिन्छ पखेटा
बिर्सिन्छ उडान
थामिन्छ गतिशीलता–
र हराउँछ, सृष्टिको एउटा सुन्दर सृजना

Wednesday, January 1, 2014

तिमी भनेर आएको

सम्झ कि अँधेरीमा हिँडिरहेको बटुवा थिएँ
कस्तै हुरीमा पनि विश्वासको दियो जोगाउँदै आएको
बरालिन/बतासिन खोज्थ्यो मन - सम्हाल्दै/सम्झाउँदै आएको

म हिँड्दा - इन्द्रेणीको लाठी बोकेर
को हिँडेको थियो डाँडामाथि  ?
किन उभिएकी थिई नववधुझैँ गुलमोहर त्यहाँ ?
किन उडिरहेथे पृथ्वीका तारा - जुनकिरीहरु आँगनमा ?
त्यो सब केही नसोधी - तिमीतिरै हिडी आएको

Tuesday, December 17, 2013

मौन यात्रा

माथि माथि उडिरहेका
एकहुल ब्रहृमकुमारी मेघका सेता सेता टुक्राहरु !
कुन बाँझो धर्तीलाई भिजाउनु छ -
आकाश हेर्दै पर्खिबसेको कुन किसानलाई खुशी लिएर जानु छ -

तल-कहीं दूरबाट
गोरेटो/बाटो र राजमार्ग-राजमार्ग
मोड र घुम्ती, अनेक-अनेक स्टेशन हुँदैं आएको,
आश्रमको झ्यालबाहिर चुपचाप हेरिबसेको- यायावर म,

Saturday, December 7, 2013

ट्रान्जिट

झिलीमिली विजुलीवत्तीको प्रकाशमा
चम्किरहेको एअरपोर्टभित्र ट्रान्जिटमा
हातमा प्रियतमको धमिलो तस्वीर लिएर
सेतै कपाल फुलेकी एउटी बुढी
सुनाइरहिछ रातमा मलाई आफ्नो प्रेमकथा

मुजा मुजा परेका गाला हुँदै खसिसकेको छ आँसुको एक धर्र्सो,
भन्छे- तीस वर्षअघि
फरक देश, भाषा र सँस्कृति भएका हामी भेटिएथ्यौ एकै ठाउँ
र सँगसँगै हिड्दाहिड्दै कतिखेर परिसकेका थियौ गहिरो प्रेममा

Friday, December 6, 2013

A rainy evening

~ Ramesh Kshitij

The unforgettable rainy evening like that 
I delved into gleeful passionate eyes 
And sought my reflection on them

oh ! life was not beautiful as this
ever speaking eyes of yours
flashing of life through them 

साँझपख


बसिरहेछ झ्यालमा एउटा उदास अनुहार
धुम्धुम्ती डुब्दै गरेको घाम
र धमिलो हुँदै गएको पूर्व–पश्चिमको बाटो हेरेर,
मुरली बजाउँदै एउटा तन्नेरी
हिडिरहेछ पहाडको घुमाउरो बाटो
शान्त तलाउको किनारमा बसेर
प्रेमिकाबाट बिछोडिएको एउटा दुःखित युवक
हेर्दैछ पानीमा सल्बलाइरहेका घामका कलिला किरणहरू
र सम्झिदैछ पुराना दिन साँझपख

Thursday, December 5, 2013

कुभिण्डे दह

राजकुमारीजस्ती युवती जून 
ओर्लिन्छे आकाशबाट
कहिले यो कुना, कहिले ऊ कुना
रातभरि नुहाइरहन्छे
यो पोखरीमा - निर्वश्त्र, निर्वश्त्र !
जुनेलीको जादुगरी छडीले छोएर
बिउँझाउँछे

आरोहण

आरोहणको सफलतामा खुशी मनाईरहेको बेला
तत्काल अर्को दुखद समाचार
फैलियो सहरमा
फर्किदै गर्दा आरोहीहरु पुरिए हिमपहिरोमा ।
उद्धारकार्य जारी रहेको बेला 
दार्शनिक हिमालले भन्यो -
चढ्नु त एउटा पाटो मात्रै हो सफलताको
ओर्लिन नजान्नेहरु 
कहिल्यै सफल हुंदैनन् जीवनमा ।

Saturday, October 5, 2013

धुपीको बोट भएर

म ओइलिन्न कहिल्यै
भइरहन्छु सदैव हरियो- निहुरिन्न सानै हुरीले,

मेरा कलात्मक पातहरुमा- प्रकृतिको सीप छ पोखिएको
जहां अल्झिन्छन् झरीमा पानीका थोपाहरु
र टल्किबस्छन्- वर्षौपछि बिनाखबर
ढोकाअघि उभेको प्रिय खसमलाई देखेर
गालामा बगेको खुशीका आंसुझै- कुनै स्वास्नीमानिसका,

Saturday, September 28, 2013

अर्को स्वास्थानी

कति कठिन छ हेर्नु
आपनै आँखाअघि आपनै अंगपतन

खसे मेरा आँखा- बने नुनिलो पानीको तलाउ
खसे परेलाहरु- उम्रे उदासीको दूबो भएर
नाक खस्यो- बन्यो निराशाको अाध्यारो सुरूङ

हात खसेर बने पीडाका रुखहरु/हाँगाहरु
खस्यो चिउडो- बन्यो पीडाको पहाड
करङ खसेर बने- मान्छे उक्लिने भर्‍याङ

Tuesday, February 12, 2013

शिविरबाट फर्केपछि



 धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा  "शिविरबाट फर्केपछि" कविता वाचन गर्दै कवि रमेश क्षितिज

Sunday, February 10, 2013

आधार शिविर


धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको  "एकल कविता वाचन" कार्यक्रम " क्षितिजका कवितहरुसंग हामी" मा  "आधार शिविर" कविता वाचन गर्दै Dr. Kumbha Raj Joshi


बाटो

 

धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको   "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा  "बाटो" कविता वाचन गर्दै Panchamaya Tamli (Hensen Yakhha)

एउटा मानिसको प्रस्थान


धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा  Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा  "एउटा मानिसको प्रस्थान" कविता वाचन गर्दै कवि रमेश क्षितिज 

Saturday, February 9, 2013

लडाकुको रुमाल


मिति २०६९ माघ २७ गते (9th February, 2013)  मा धराने फ्यान Fan Club of Ramesh Kshitij द्धारा आयोजना गरिएको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका कवितहरुसंग हामी" कार्यक्रममा कवि रमेश क्षितिज "लडाकुको रुमाल" कविता वाचन गर्दै