Tuesday, June 12, 2012

झरीमा एक साँझ

दर्किरहेथ्यो झरी साँझमा गर्जिरहेथ्यो बादल
ओत लागेर तिमी उभेकी शिरमा राखी आँचल
म सम्झिरहन्छु हरपल !

घरिघरि मलाई हेथ्र्यौ घरि भुइँ कोट्याउँथ्यो
निचोरेर सप्को फेरि आफँैआफैँ लजाउँथ्यो
बिजुली चम्की तिम्रो कलिलो मुहार हुन्थ्यो झलमल
छेउमा उभेर हेर्थे चुपचाप भित्र भएथ्यो खल्बल
म सम्झिरहन्छु हरपल !

चट्याङ् पर्दा मेरो हात थाम्यौ तिमीले नजिक आई
झस्किएर टाढा सर्यौ लाजले फेरि नजर झुकाई
एकैछिनमा झरी थामियो फाटिसकेथ्यो बादल
जान्छु भनेर तिमी हिँडेकी तालकी कोमल कमल
म सम्झिरहन्छु हरपल !

सानो थियो कथा तर कति ठूलो अर्थ थियो
जीवनभरि जलिरह्यो मनमा सम्झनाको दीयो
सम्झिरहन्छु झयाल खोलेर हेरिरहन्छु बादल
अझै पनि त झरी बर्सिदा हृदय हुन्छ तरल
म सम्झिरहन्छु हरपल !


रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment