Saturday, May 10, 2014

बेग्लै भए बाटाहरु


एल्बम: क्षितिज
शव्द: रमेश क्षितिज
स्वर: रीमा गुरुंग होडा
संगीत: सन्तोष श्रेष्ठ

बेग्लै भए बाटाहरु, टुटी गए वाचाहरु
अझै पनि उनैलाई, खोजीरहन्छन् आँखाहरु
बेग्लै भए बाटाहरु...

दिन ढलेर साँझ हुँुदा, झझल्कोले सतायो कि
कोही साथी आई फेरि दुख्ने खाउ कोट्यायो कि
माया गर्छु भन्नु मात्रै धेरै हुन्छन् बाधाहरु
अझै पनि उनैलाई, खोजीरहन्छन् आँखाहरु
बेग्लै भए बाटाहरु...

निर्दाेष थियो उनको मन कठै कसले बुझ्यो होला
रुझे भने परेली ती कसले आई पुछ्यो होला
आज उनी टाढा हुँदा टुटे सबै आशाहरु
अझै पनि उनैलाई खोजी रुन्छन् आँखाहरु
बेग्लै भए बाटाहरु...

No comments:

Post a Comment