Sunday, September 1, 2013

प्रेम

जुन बाटो हिंडे पनि पुग्दोरै छु तिमी छेउ
भोलि कहां हुन्छु होला आज यतै बास देऊ

कहां पुग्छ गोरेटो र मूलबाटोको नाता तोडी
कहां बग्न सक्छ नदी सागरको माया छोडी
जहां पुग्न खोजे पनि पुग्दोरै छु तिमी छेउ
अलिकति भर देऊ जिन्दगीलाई आश देऊ

घुमेसरी पुतलीले सांमmपख बल्ने दीयो
त्यसैतिर तानिएछु जता तिम्रो पाइदा थियो
कति सानो संसार मेरो अल्मलिन्छु तिमी छेउ
सधै तिम्रो साथ खोज्ने जिन्दगीलाई हात देउ,

-रमेश क्षितिज
(गीति संग्रह: आफै आफ्नो साथी भएं)

No comments:

Post a Comment