Tuesday, October 10, 2006

दिढृच्छा

कुनै दिन त भेट होला भन्दाभन्दै उमेर बित्यो
सयौँ हार कुल्चे पनि समयले मलाई जित्यो

मीठामीठा स्वप्न थिए रहर थिए साझा
एक्लो वरझैँ पर्खिरैछु चौतारीमा आज
सुनाउन बाँकी कथा हृदयमा साँचीसाँची
वर्षौवर्ष बिते यसै तिर्सनामा जीवन बाँची

एकैछिन सँगै बसी पोखुँला म वह
छिनभरिलाई सुकाउँला यी आँखाको वह
बेइमानी थिइनँ म हुँदै होइन निठुरी म
कहाँ भेट होला फेरि सम्झाऊँ यो कसोरी म


- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)












No comments:

Post a Comment