Sunday, October 10, 2010

आरोप

निर्दोष मेरा खुसीलाई सधैँभरि रुवाई
किनारमा तिमी हाँस्यौ मेरो नाउ डुबाई

कहाँ गए कसमहरु नछुटिृने वाचाहरु
किन भत्क्यो साझा घर बेग्लै किन भाखाहरु

बज्न खोज्ने सारङ्गीका सबै तार टुटाई
कौसीमाथि तिमी हाँस्यौ मेरो बस्ती उठाई


सम्झनाको आँधीहुरी नीलो नदी आँसुको
छोडी हिँड्यो यही चिनो जिन्दगीले मलाई !

नफूल्दै म झरेपछि तिमीलाई वसन्त भो
पानी माग्दा तिर्खा दियौ तिमी कस्तो आफन्त हो !

मध्यरातमा अचानक स्वप्नबाट ब्यूझाई
अर्कोतिर तिमी हाँस्यौ मेरो गह भिजाई !


रमेश क्षितिज
गीति संग्रहः आफैँ आफ्नो साथी भएँ

No comments:

Post a Comment