Friday, November 1, 2013

हालखबर

खोलीले बग्न छाडे नि बगरको छाती चिसै छ
सम्झना गहिरो आ“खैमा, मनमा पीर उस्तै छ
तर म भन्छु बेसै छ, बेसै छ !

तिमीले दियौ तिर्सना , अधूरो एउटा सपना
भन्न त भने“ बिर्सिन्छु - सकिन“ मैले बिर्सन
लुकेको मर्म उस्तै छ, दुःखेको घाउ उस्तै छ
कमलो मेरो मुटुलाई सहनर्पर्न निकै छ
तर म भन्छु ठीकै छ, ठीकै छ !


नभोगी दुःख बुझिन्न आंसुले पीर धोइन्न
मनैले एक्लो भए त भीडमा खुसी भइन्न
तिर्खाले आंत जल्दै छ, उमेर त्यसै ढल्दै छ
हेरेर चोट देखिन्न नदुख्ने ठाउं कमै छ
तर म भन्छु सन्चै छ, सन्चै छ !

- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment