Showing posts with label कोण/दृष्टीकोण. Show all posts
Showing posts with label कोण/दृष्टीकोण. Show all posts

Saturday, July 11, 2020

‘ए, त्यो त मैले उहिले पढेको’

पठन-संवाद

‘अर्को साँझ पर्खेर साँझमा’ (२०५७) र ‘घर फर्किरहेको मानिस’ (२०६८) कविता संग्रह अनि ‘आफैँ आफ्नो साथी भएँ’ (२०६३) गीत संग्रहका लेखक रमेश क्षितिज कविता र गीतको क्षेत्रमा स्थापित नाम हो। प्रस्तुत छ, क्षितिजसितको पठन-संवाद  : 

कत्तिको फुर्सदमा हुनुहुन्छ ? 
फुर्सद र व्यस्त दुवै छु भनेजस्तो भएको छ। जुन जिम्मेवारी बहन गरिरहेको छु, त्यसमा साँझ, बिहान, बेलुकी र बिदाको दिन भन्ने अवस्था छैन। त्यसमा पनि अहिले जटिल अवस्थामा बाढी-पहिरोलगायतका विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र यससँग सम्बन्धित व्यवस्थापनका लागि बढी व्यस्त रहनुपर्ने अवस्था छ। तर, बचेको टुक्राटाक्री समय चाहिँ फुर्सद नै हो।

Thursday, July 14, 2016

‘सरकारी कवि’ भन्छन्- शासनले कविता सुन्दैन' - यी हुन् सरकारी सेवामा जोडिएका स्रष्टा

जोतारे धाइबा


सिंहदरबार धेरैको लागि पर्खाल हो । एउटा रहस्य जस्तो । त्यहाँभित्र पाक्ने खिचडीमा कहिल्यै पहुँच भएन भनेर दूरदराजका भोको पेटहरूले सधैं बिलौना गाइरहन्छन् ।

खासमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा जनताको आशा र भरोसा टिकेको छ । तर, जनतालाई दिनुपर्ने सेवा-सुविधा, गर्नुपर्ने विकासका काममा सरकार र त्यसभित्रका मान्छेले आँखा चिम्लिने गरेको आम बुझाइ छ ।

मान्छेहरुको आँखामा बसेको सिंहदरबारको विम्ब रुखो र बेमतलबी भए पनि त्यहीँभित्र थुप्रै कवि मन फले-फुलेका छन् । पूर्वमुख्यसचिव विमल कोइराला, भोजप्रसाद घिमिरे, सचिव भएर रिटायर्ड भएका दिनेश अधिकारी, शंकरप्रसाद कोइराला (एस्पी कोइराला) ले कविता तथा गीतबाट मानवीय संवेदना र सपनाको कुरा गरेका छन् ।

Tuesday, January 19, 2016

शब्द र आत्मविश्वास

 बुद्धलाई तपस्या बाट फर्केपछि साेधियाे ।
"तपस्या गरेर के पाउनुभयाे ? 
हाड़ छाला मात्र बाकि छ । शरिर नै ठीक छैन तपाईकाे ।" 
बुद्धले भने " हाे तपाईकाे कुरा ठीक हाे मैले पाईन मैले गुमाए ,
ईर्ष्या गुमाए , द्वेष गुमाए,लाेभ गुमाए र अन्य धेरै कुरा जाे म संग भएका गुमाए , म त निर्मल आकाश जस्ताे भए । "

शब्द छ र आत्मविश्वास छ भने कस्ताे असर पार्छ भन्ने कुराकाे सानाे उदाहरण दिदैGhostWriting Nepal अन्तरगत चलेकाे सिर्जनात्मक लेखन प्रशिक्षणमा कवि रमेशRamesh Kshitij ले भनेका कुरा हुन यी । यही कुरा साहित्यमा जाेडदै उनले भने " हामी मान्छेकाे जीवन बदल्ने कथा कविता लेख्ने कि नलेख्ने ? " मानिसकाे जीवन परिवर्तन गर्छ किताबले । 

त्यस्ताे कविता कथा लेख्नुपरयाे । जीवन बाच्न प्रेरणा दिने साहित्य लेख्न परयाे । जीवनकाे दृष्टिकाेण र बिचार बदलेर जीवन बॉच्न सिकाऊने साहित्य आजकाे आवश्यकता हाे भन्ने कुरा एकदम सहि लाग्याे ।
कवि Ramesh Kshitij काे जीवनबादी दर्शन हुन्छ ,कवितामा ।
उनी सत्तालाई प्रेम वा श्राप गरेर कविता लेख्दैनन । मान्छेकाे जीवनका अन्तस्करणका कविता लेख्न खाेज्छन । लेखिरहेका छन ।
गीत पनि १०० भन्दा बढी लेखिसके । प्रशासनमा उपसचिव हुन । घर ब्यबहारमा पनि छरिएका छन । सबैतिर हुदा पनि ऊनी कवितामै मात्र हुन कि जस्ताे लाग्छ । गीतमै मात्र हुन कि जस्ताे लाग्छ ।
साथी nanda ram kandel ले प्रश्न गर्नु भयाे
तपाईलाई काे कवि मन पर्छ ? 
याे प्रश्न कविका लागि जटिल हाे । उनले मन फुकाएर उत्तर दिए । समकालीन सबै कवि र आफु भन्दा जूनियर कवि हरु र बरिष्ठ कविका नाम लिए भन्दैथे " मलाई त १५ मिनट लाग्छ कविका नाम लिन ।"
यसले उनकाे फराकिलाे छाति देखिन्थ्याे । आफ्ना कविता बाहेक अरुकाे कवितै हाेईनन भन्ने " चिकेन हर्ट " कविहरुलाई " लेसन " पनि ।
कवि मनकाे डक्टर हाे । उसले दिनद्नै मनलाई उर्जा दिने कविता लेख्न पर्छ भन्ने उनकाे मान्यता रहेछ ।
कविता हज्जाराै बर्ष बाच्छ । कवि एक जुनी मात्र । भन्दैथे " कविता त्यस्ताे लेख्न खाेजिरहेछु थाहै नपाई त्यसले तानिरहाेस ।"
Facebook Status
GhostWriting Nepal
19 January 2016

Sunday, August 16, 2015

कवि मनको डाक्टर

प्रेम र कविताका कुरा गर्दा उनले एक जोक सुुनाए ।
एक पतिले आफ्नी श्रीमतीलाई भनेछन् । ‘बूढी मलाई एकदम छाती दुुखेर आयो’
पत्नीले भनिन्– ‘ए हो लौन के भयो ?’
पतिः अइया अइया मरें ।
पत्नीः खोई तपाईंको मोबाइलको पासवर्ड दिनुुस् त, डाक्टरलाई फोन गरौं ।
पतिः ‘बूढी अहिले त अलि ठीक भएर आयो । बिस्तारै सन्चो होला जस्तो छ, भो पर्दैन डाक्टरलाई फोन नगर ।’
कवि रमेश क्षितिजले भनेको जोक हो यो ।
आफूलाई भुुलिरहें, बिर्सनेलाई सम्झिरहें
के के सोचें रातभरि ब्युुझिरहें, ब्युुझिरहें,
जिस्काइर≈यो जुुनेलीले बतासले पोलिर≈यो
उध्रिएको छातीभित्र रातले बल्छी खेलिर≈यो

यो गीत सुुनाएपछि गत बुुधबार घोस्ट राइटिङ नेपालद्वारा आयोजित सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी राजन सिम्खडाले क्षितिजलाई प्रश्न गरे– ‘यति राम्रो गीत कसरी रच्नुुभयो ?’ उत्तर त्यही जोक थियो । मोबाइलभित्र धेरै कुरा रहेजस्तै जीवनमा पनि छन् । संकेत जोकमै थियो उनको ।

Wednesday, August 12, 2015

एक फरक कवि संग अाजकाे बिहान

फरक हुन नै रमेशले नामकाे पछि क्षितिज थपे ।
सल्यानकाे क्षितिज दांगमा उघ्रियाे ।
दागकाे क्षितिज काठमाडाैमा छ्यांग भयाे ।
काठमाडाैकाे फराकिलाे क्षितिजमा उनले एलएलएम गरे ।
कवि भए । गीतकार बने । अफिसर बने ।
जीवनका बारे गहिराे गरि बुझ्ने । अाशा देखाउने । मान्छेमा बिश्वासकाे ट्रान्सफर्मेशन गर्ने । यस्ताे लेख कविता र गीत लेख्ने उनकाे बाेली तिर्खा लागेकाे बेला मिठाे पानी खाईरहे झै लाग्थ्याे । नसकिअाेस भन्दा भन्दै कक्षा सकियाे । अावाजहरू मनमा बसेका छन । उर्जा थप्ने ती अमृत अावज साहित्यका लागि भन्दा जीवनका लागि थिए । ठयाक्कै साहित्य जस्तै स्वादिलाे र अानन्ददायक

Tuesday, October 14, 2014

क्रियटिभ राइटिङमा कवि रमेश क्षितिज


क्रियटिभ राइटिंग
रमेश क्षितिज आजको क्रियटिभ राइटिङका पाहुना हुनुहुन्थ्यो । आजका कवि र कविताबारे बढो रसिक पारामा कक्षा संचालन भयो ।

Sunday, February 9, 2014

चाहेर पनि जोगी बन्न नसकेका क्षितिज

कुनै एक समय यस्तो थियो कवि रमेश क्षितिजलाई यो साँसारिकताबाट टाढा गएर जोगीको जीवन निर्वाह गर्ने कल्पनाले सताउँथ्यो । स साना सामान्य कुराहरुमा खुशी संगालेर हिड्ने क्षितिज साधारण सपना बोकेर हिडेको एउटा मानिस भएको बताउँछन । तर समयले उनलाई स्थापित गराएको छ, परिचित बनाएको छ ।

अझैपनि जिन्दगीको जोगी मोह मनको कुनै कुनामा बोकेर हिडेका रमेश जीन्दगीले जहाँ जहाँ लगेर उभ्याइदियो त्यहीँबाट हिड्न खोजे, सजिलो बाटाहरुको खोजीमा भौतारिएनन् । तर अप्ठ्याराहरुले झन सहज बनाईदियो उनको कविता लेखन यात्रालाई । राजधानीमा छ उनको बसोबास छ तथापि उनलाई यहाँको भीडभाड मन पर्दैन ।

Friday, January 3, 2014

"घर फर्किरहेको मानिस" माथिको पाठकिय जनाउ-

घर फर्किरहेको मानिस" सितको जम्काभेटपछी केहि संक्षिप्त संवादहरु भए । हुन त यो एउटा कविता संग्रह हो जहाँ प्रतेक पृस्ठपिच्छै केहि थान कविताहरु सुरक्षितसित संग्रहित छन । र जो एक-एक भएर सामुन्ने उपस्थित भए । हर कविता आफैंमा सु-सज्जित भएर सिङ्गो संग्रह औ कृतिलाईइ सिंगारेर आकृषित बनाएको छ ।

Thursday, December 12, 2013

कवि एलडीओ

रमेश क्षितिज/कवि
जीवनको करिब साढे दुई दशकको काठमाडांैको बसाईपछि पहिलो पल्ट एउटा दुर्गम जिल्ला रोल्पामा स्थानीय विकास अधिकारीको जिम्मेवारीको पत्र सरकारले थमाएपछि उनको मनभरि युद्धका अनेकौ तस्बिरहरु नाचिरहे – भत्किएका गाविस भवन, उजाडिएका वस्तीहरु, युद्धले आक्रान्त मानिस र सयौं दुखान्तहरु ।

द्वन्द्वबाट भर्खर फर्किएको रोल्पामा आइपुग्दा उनीस“ग दुई प्रकारका सपना थिए । एउटा, पुनर्निर्माण, पूर्वाधार विकास र आफ्नो जिम्मेवारीको सफलतापूर्वक निर्वाह गर्ने र अर्को चाहिं सरुवा भएर जा“दा द्वन्द्वको विषयमा लेखिएको उपन्यासको पाण्डुलिपि स“गै लैजाने । रोल्पा आएपछि युद्धको भग्नावशेष मात्र होइन, उनले देखे संभावनाको स्रोत र नजिकबाट देशको तस्बिर । र, उनले लेखे – ‘सुन्दर रोल्पा समृद्ध रोल्पा, पौरखी जनताको गतिशील रोल्पा’ । जसलाई जिल्लाको समग्र विकासको दूर दृष्टिको रुपमा १४ औं जिल्ला परिषद्ले पारित समेत ग¥यो । यही गीतका स्रष्टा हुन् हाल रोल्पा जिल्लाका स्थानीय विकास अधिकारी र विगत दुई दशक भन्दा बढी अवधि देखि अविछिन्न गीत र कविताको क्षेत्रमा परिचित नाम, रमेश क्षितिज ।

Monday, November 18, 2013

२०७० दशै अष्टमीको दिन

- सौरभ कार्की

“कविताको घोष्टराईटर भएको अहिलेसम्म थाहा छ तिमीलाई ?” कवि Ramesh Kshitij को यो प्रश्नैले म अल्मल्लिए । भेटेर हामीले कतै कफी पिउने निर्णय गर्यौ । काठमान्डौ सुनसान थियो । मेरो बाईकमा पछाडी थिए उनै प्रिय कवि – रमेश क्षितिज । बानेश्वर चोक आईपुग्यो तर कतै थिएन खुल्ला कफी पसल । र मन चियामा गएर टुङ्गियो । चियापसल खोज्नकै लागि पुरानो बानेश्वर मोडियौ । कच्ची बाटो । धुलो उडिरहेको । वाह ! राजधानी । रमेश दाईले निकै पुरानो दशै सम्झिनुभयो । “बुझ्यौ सौरभ किनेर चाउचाउ खान पनि एउटा पसल खुलेको थिएन त्यसबेला ।मलाई त्यसबेलादेखि नै काठमान्डौको दशै बिरानो लाग्छ ।” हिजोपल्टको शनिबार हो जस्तो लागेथ्यो काठमान्डौमा दशै वा यस्तै कुन शिर्षकमा यिनै हरफहरु पढेथे उनैले लेखेको कवितामा । कविता कान्तिपुर वा अन्नपूर्ण पोष्ट यी दुईमध्ये एकमा प्रकाशित भएथ्यो । अल्जाईमर लागेजस्तै बुझ्छु आजकाल – बिर्सेछु ।

Tuesday, October 22, 2013

Poet For Trust

Kamala B Sarup

Ramesh Kshitij: I read the info at poet Ramesh Kshitis's book. He want to write a beauty and care poems that has more specifics for the writers to follow. That way, he knows exactly what he is writing and what we are getting for our knowledge and have control of the life and poems.  I think some life questions need to be addressed, and Ramesh Kshitis's poems to know why they are important. I’m sure that a poet Ramesh can advise a better list for life. I can discussed the recommendations with Ramesh on his poems.

Sunday, July 21, 2013

रमेश क्षितिजका कवितामा बिम्बहरुको सफल मोन्टाज


समसामयिक नेपाली कविताको माहौलमा रमेश क्षितिज मावनीय भावनालाई प्रदीप्त पार्ने विषादमय अनुभूतिका विषय, लयात्मक सञ्चेतना र दृश्यबिम्बहरुको आयोजनाबाट प्रभावकारी वैचारिक झट्का दिन सक्षम कवि हुन् । उनको 'घर फर्किरहेको मानिस' (२०६९) यस्तो अनुभूतिमूलक झट्का दिने खालका कविताको सङ्कलन हो । उनका कवितामा पृथक् पृथक् बिम्बहरुको सहसंयोजन र शृङ्खलाबाट पाठकहरुको मनमा नवीन प्रभावको तीव्रता सिर्जना गरिएको हुन्छ । कवि क्षितिजका कवितामा दृश्यांश सिर्जना गर्ने बिम्बहरुको सघनता पाइन्छ र ती दृश्यबिम्बहरुलाई सिनेमामा जस्तो मोन्टाज प्रविधिले सहसंयोजन गर्दा कविको वैचारिकता भावमय हुन पुगेको छ । उनलाई कविता भनेको चारैतिर जीवन हेर्ने आँखा छोपिएको एक्काको घोडा होइन, बरु अर्धपारदर्शी खामले छोपिएको तर दूरतामा उज्यालोको सुरुङ देखिने चेतनाको अबिराम यात्रा हो भन्ने थाहा छ । रहस्य, जटिलता एवम् विविधताले भरिएको जीवनका आत्मिक अनुभूतिको एकान्तमय लय मिश्रित मधुर सङ्गीतलाई कोलाहलमय बोलीहरुको प्रतिनिधित्व गर्ने उपन्यासले पाठकसमक्ष सम्प्रेष गर्नु असम्भव नै हुन्छ । त्यसैले अहिले क्षितिजका मोन्टाजयुक्त कविताको महत्त्व रहेको हो ।

Wednesday, July 10, 2013

हृदय छुने कवि र कविता

–यशोदा तिम्सिना

कविता लेख्नेहरूले सोच्दा होलान्– आफ्नो लेखनीको मर्म के? धर्म के? या किन लेख्ने? लेख्नका लागि लेख्नेको त के कुरा भो र? लेखेपछि अरूको मथिंगल रिंग्याएर वा हृदय झंकृत पारेर लेख्नेहरू विरलै हुन्छन्। निशुःल्क चिया पिलाएर कविता सुनिदेऊ भन्दै अर्को व्यक्तिलाई अनुनय–विनय गर्ने कविहरूको भीडमा यस्ता पनि कवि छन् जसलाई सुन्न, पढ्न र बुझ्न चाहने पारखीको कुनै कमी छैन। त्यस्ता लोकप्रिय कवि हुन्, रमेश क्षितिज।

पछिल्लो पुस्ताका कविमा अग्रपंक्तिमा दरिएका रमेश यो धर्तीका यस्ता पुत्र हुन् जसले वन जंगल, आगो, हावा, पानी, ढंुगा, माटो, जनवार, मान्छे सबैसँग उसैगरी मित्रता गरेका छन्। प्रेम गरेका छन्। समग्रमा, संसार बुझ्ने चेष्टा गरेका छन्।

Saturday, February 9, 2013

पुस्तक गफ : घर फर्किरहेको मानिस


च्यातुँ 
चर्यात् चर्यात् पारेर 
पाना पाना छुट्याउँदै पुस्तकबाट
र 
जतनले पट्याएर गोजीमा बोकेर हिडुँ !
या त
एउटा अक्षर पनि नछोडिने गरेर
प्वाक् प्वाक् उखेलुँ मन परेका सबै पत्ताहरु
र 
डल्लो पार्दै खाऊँ, चपाऊँ, निलुँ !

Tuesday, February 5, 2013

प्रचारको नयाँ शैली : पाठक मञ्च

- फुर्पा तमाङ
ठूलो भार्खु, रसुवा

रमेश क्षितिजका कवितालाई माया गर्नेको लर्को धरानमा देखियो । उनका कवितालाई आफूले मात्र सुनेर नपुगी अरुलाई पनि सुनाउनका लागि धरानका केही पाठकले फ्यान क्लब गठन गरेर कविता सुनाउने कार्यक्रमको आयोजना नै गरेछन् । यसले नेपाली साहित्यको विकासमा एउटा नौलो आयाम थपिदिएको छ । कुनै पनि साहित्यकार एवं लेखकको लागि योभन्दा ठूलो हौसला अरु हुनसक्दैन । यसले साहित्यकारलाई त खुसी बनाउँछ नै साथै नेपाली साहित्यको श्रीवृद्धिको लागि योगदान पनि मिल्नेछ । कसैले पनि नसुनिदिने, नपढिदिने, टिप्पणी नगर्ने वा क्रिया-प्रतिक्रिया नदिने हो भने साहित्यकार वा लेखकहरूको मन कुंडिन्छन् ।

Tuesday, January 29, 2013

कार्यक्रम ‘क्षितिजका कविताहरुसँग हामी’

ClickDharan.com
कवि तथा गीतकार रमेश क्षितिजका प्रशंसक(फ्‍यान)हरुले फ्‍यान क्लब नै गठन गरेका छन् । कवितामा बिशेष रुचि राख्ने धरानका साहित्यनुरागी एवं पाठकहरुले उनको पछिल्लो कृति घर फर्किरहेको मानिस(२०६९)बाट प्रभावित बनेर फ्‍यान क्लब बनाएका हुन् ।

Saturday, November 24, 2012

कवितामा सुन्दर चित्र

क्षितिजका कविताहरुको इन्द्रेनी र इन्द्रेनीहरुको कोरसले भन्छन् उनका बिम्बहरु दर्घटित भएका छैनन् । 

सरस्वती प्रतीक्षा
आकलनको दायराभित्र अटाउने गरी सबै कुराको मौद्रिक मूल्य हुँदैन ।  हँुदो हो त शून्यप्राय रहेको कविताको मौद्रिक मूल्यको कारण कविता साह्रै निरीह र टीठलाग्दो देखिनुपर्ने । तर, समकालीन नेपाली साहित्यमा कवि र कविताको अनुहार झन्झन ओजपूर्ण हुँदैछ । तिनैमध्ये एउटा ओजपूर्ण अनुहार हुन् रमेश क्षितिज र उनको पछिल्लो कविता संग्रहको नाम हो 'घर फर्किरहेको मानिस'।

कवि क्षितिज कवितालाई ख्यालख्यालको आवरण ओढाउन  रुचाउँदैनन् । लहैलहैमा लेखिने वा टाइमपास जस्ता हल्काफुल्का पखेटाहरुको  सहायताले उनी कविताको उडान भर्न स्वीकार गर्दैनन् । भन्छन्, कवि बुद्धजस्तै हन्छ र कविता लेखन एकप्रकारको विपश्यना नै हो । बुद्धजस्तो कविले ध्यानजस्तो लेखनमार्फत भेटेका काव्यिक आर्यसत्यहरुले मानिसको हृदय हल्लाएर जाने अचम्मको क्षमता बोकेका हन्छन् । कविताको एक हरफले जीवनको बाटो बदलिन सक्छ ।

Sunday, October 7, 2012

आफैँतिर फर्किरहेको मानिसको कविता


- हरि अधिकारी

विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो। सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना भएको स्रष्टाका रूपमा हेरनिुपर्ने बलियो दाबी प्रस्तुत गरेका थिए। त्यसपछिदेखि अहिलेसम्म पनि क्षितिजले त्यो दाबीलाई कमजोर हुन दिएका छैनन्। यस अन्तरालमा उनले फुटकर कविता लेखिरहनुका साथसाथै आफूलाई एउटा भावप्रवण, कोमलतम् शब्दावलीमा मिहिन गीतहरू लेख्ने गीतकारका रूपमा समेत नेपाली गीत-संगीतको दुनियाँमा स्थापित गराइसकेका छन्। हालै सार्वजनिक गरएिको दोस्रो कवितासंग्रह घर फर्किरहेको मानिस रमेश क्षितिजको सिर्जनात्मक जीवन-यात्राको एउटा महत्त्वपूर्ण मोडका रूपमा आएको छ। सुखद विषय के छ भने क्षितिज यस संग्रहमार्फत आफ्नो रचना-सामथ्र्यप्रति थप विश्वास जगाउन सफल भएका छन्।