Thursday, September 1, 2011

आधी कथा

दुइ दिन संगै हिंड्दा जिन्दगी नै बदलियो
फेरि कहिले भेट होला भन्नुपर्ने धेरै थियो
सुन्नुपर्ने धेरै थियो ।

एउटा यात्रा नटुङ्गिगै रात परिसक्यो
भेटुंला है भन्थ्यो कोही पुल तरिसक्यो

ह्रदयमा नभेटिने कस्तो तस्बिर अल्मिmयो
उदास थिए आंखाहरु मनमा कुन्नि के थियो ।

अरु सम्मmाउंथे कोही टुटेपछि
आज आफै दुःखेको छु उनी छुटेपछि
हिंड्दाहिंड्दै लामो बाटो संगसंगै काटियो
थाहै नपाई कसोकसो मुटु पनि साटियो ।

~रमेश क्षितिज
(आफै आफ्नो साथी भएं)

No comments:

Post a Comment