माथि माथि उडिरहेका
एकहुल ब्रहृमकुमारी मेघका सेता सेता टुक्राहरु !
कुन बाँझो धर्तीलाई भिजाउनु छ -
आकाश हेर्दै पर्खिबसेको कुन किसानलाई खुशी लिएर जानु छ -
तल-कहीं दूरबाट
गोरेटो/बाटो र राजमार्ग-राजमार्ग
मोड र घुम्ती, अनेक-अनेक स्टेशन हुँदैं आएको,
आश्रमको झ्यालबाहिर चुपचाप हेरिबसेको- यायावर म,
यहाँ बैराग्यको पछ्यौरी फर्फाइरहेको बार्दली- मन
मध्यान्हमा-झमझम झरीको सितार
हावाहुरी-रुख पातको भरत नाट्यम्
कुनै वृक्ष नभएको तर चट्टानै-चट्टानको जैन मुनि-पहाड
सन्यासी घाम वा एकदम लाओत्से मौनता !
त्यो खट्खट्/खट्खट् रेलको त उही छोडेर आएको हुँ
स्टेशनमा, उही छोडेको हुँ- मध्यरातको चहलपहल
न्रि्रा नै ब्युझाउँने ध्वनी - चिया/पानी/कफी - कफी !
दृष्यहरु-भेट/विदाई/अङकमाल
मानिसहरुको ओहर-दोहर/संवाद र छुट्नु अघि हल्लिरहेको हात ,
लिएर आएको हुँ केवल एक स्मृति
कि कसले हेरेको थियो टोलाएर टे्रनको झ्यालबाहिर
अनि ओर्लेर एक्लै हराएको थियो-व्यस्त भीडमा -
को हुँ म - आएको कहाँबाट - र जानु छ कुन सफर -
कुन बाटो - कुन ट्रेन - कुन स्टेशन -
यो कुन बास हो मैले बसेको - कुन यात्रा हो मैले हिडेको -
कतै शुभ संकल्प मनमा-प्रेम, शान्ति र धैर्यको फैलिरहेछ प्रकाश !
एउटा मौन यात्रा भित्रतिर- यो आत्मालाई
झरीले पखालेर गएको कञ्चन आकास हुनु छ अब !
~ रमेश क्षितिज

No comments:
Post a Comment