धरान, मिति २०६९ माघ २७ गते (9th February, 2013) मा Fan Club of Ramesh
Kshitij द्धारा आयोजना गरिएको कवि रमेश क्षितिजको "एकल कविता वाचन" कार्यक्रम "क्षितिजका
कवितहरुसंग हामी" कार्यक्रममा "बाटो" कविता वाचन गर्दै Panchamaya Tamli (Hensen Yakhha)
बाटो
कहाँ जान्छ बाबु यो बाटो ?
भर्खरै पहाडबाट झरेको एउटा निर्दोष अनुहार
उभिन्छ मसामु र कायल बनाउँछ मलाई
अन्यौलग्रस्त म हेरिरहन्छु
चौतर्फी फैलिएका बाटै बाटाहरु
उसबेला त्यो दुर्गम गाउँमा बसेर
म खोजिरहन्थँे बाटो र पुग्न चाहन्थे - निष्पक्ष न्यायालय
गरिबका नानीहरुले पढ्ने स्कुल
र टाढाको रहस्यमय सहर
तर कहीँ पुगेन त्यो निर्दयी बाटो
बरु पल्टिरह्यो कुनै थकित यात्रीजस्तै भएर
पहाडको फलँैचामा मस्त
मैले बिताएँ आफ्नो बाल्यकाल
गाईका बथानहरुको पछि पछि लागेर
हरेक साँझ फुकिरह रहरहरुको बाँसुरी ।
यसपछि बसाइँ सरेर हामी झ¥यौ नयाँ नयाँ ठाउ
यसबेला पनि म चाहन्थेँ कहीँ जाओस यो बाटो
र पु¥याओस मलाई मेरा सपनाको थुम्कोम्म
कुनै वृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस्
मेरो गन्तव्य
कही गएन ऊ बरु फन्फनी बेरेर अजिंगरजस्तो
बाटोले थुनिरहृयो मलाई
विद्रोह गरेर घरबाट म निस्किए एकरात
यिनै बाटाहरुको भीडमा ।
हो, त्यसपछि बाटोले ल्याएर छोडेको हो मलाई
यो व्यस्त चौकमा र आफै फर्केको हो कतै
उभिएकको छ’ म मध्यचौकमा सालिकजस्तै
त्यसबेलादेखि
खोजी छ अझै निरन्तर नयाँ बाटोको
यही बाटो कोही गइरहेछन् सिंहदरबार
कोही मलेसिया वा कोरिया अनि द्धन्द्धग्रस्त इराक
कहीँ जाँदैन यो बाटो, कहीँ जादैन
बरु तपार्इँ पो कहाँ जाने हो दाई र ?
रमेश क्षितिज
(घर फर्किरहेको मानिस)
No comments:
Post a Comment