Saturday, September 28, 2013

अर्को स्वास्थानी

कति कठिन छ हेर्नु
आपनै आँखाअघि आपनै अंगपतन

खसे मेरा आँखा- बने नुनिलो पानीको तलाउ
खसे परेलाहरु- उम्रे उदासीको दूबो भएर
नाक खस्यो- बन्यो निराशाको अाध्यारो सुरूङ

हात खसेर बने पीडाका रुखहरु/हाँगाहरु
खस्यो चिउडो- बन्यो पीडाको पहाड
करङ खसेर बने- मान्छे उक्लिने भर्‍याङ


धेरै धेरै मानिसले टेकिहिँडेके दोबाटोको ढुङ्गा
त्यो बन्यो- मेरो मन खसेर
मुटु खसेर बन्यो एक आकर्षक खेलौना
सपना खसेर बन्यो
बिसौनीमा कसैले बिर्सिहिंडेको जालीरूमाल

न बोक्नलाई कुनै भरोसाको महादेव
न भर पर्न कुनै आत्मीय पिठ्युा

आपmना खसेका अंगहरु आफैले उठाउादै /सम्हाल्दै
आफू दुरूस्त भएको अभिनय गर्दै
म हिँडिरहेको हुन्छु- जीवनको उकालो बाटो

फगत, एक्लो म
च्यातिएको बस्त्र जिन्दगी टाल्दै हिंडेको हुन्छु


मिति २०७० आश्विन १२, शनिबार,
कान्तिपुर कोसेलीमा प्रकाशित 

No comments:

Post a Comment