झिलीमिली विजुलीवत्तीको प्रकाशमा
चम्किरहेको एअरपोर्टभित्र ट्रान्जिटमा
हातमा प्रियतमको धमिलो तस्वीर लिएर
सेतै कपाल फुलेकी एउटी बुढी
सुनाइरहिछ रातमा मलाई आफ्नो प्रेमकथा
मुजा मुजा परेका गाला हुँदै खसिसकेको छ आँसुको एक धर्र्सो,
भन्छे- तीस वर्षअघि
फरक देश, भाषा र सँस्कृति भएका हामी भेटिएथ्यौ एकै ठाउँ
र सँगसँगै हिड्दाहिड्दै कतिखेर परिसकेका थियौ गहिरो प्रेममा
छुट्नु अघिल्लो रात
तातो आँसुले भिजाएथ्यौ एकअर्काको छाति
ट्रान्जिटमा साटेथ्यौ अन्तिम चुम्वन र छोटो प्रेमपत्र
यी यही त हो उसले उहिल्यै सप्रेम दिएको नीलो डायरी !
भन्छे- जीवनभरि उस्तै ताजा रहिरह्यो हृदयमा प्रेम
तीस वर्षछि भेटेर हामीले सुनायौं- कसरी बित्यो जिन्दगी
संझयौं- स-साना झगडा र अर्को जूनी त सँगै जिउने सपना
रुँदारुँदै हास्यौं र हाँस्दाहाँस्दै रोयौं अचानक !
मानौं सँगसँगै लागिरहेछ घाम र दर्किरहेछ झरी
म मौन हेरिरहेछु- उसका भिजेका परेली
र वेलावेलामा ओठको मुस्कान
उडानका लागि अझै बाँकि छ केही समय !
(कविता संग्रह: घर फर्किरहेको मानिस )

No comments:
Post a Comment