Tuesday, February 5, 2013

प्रचारको नयाँ शैली : पाठक मञ्च

- फुर्पा तमाङ
ठूलो भार्खु, रसुवा

रमेश क्षितिजका कवितालाई माया गर्नेको लर्को धरानमा देखियो । उनका कवितालाई आफूले मात्र सुनेर नपुगी अरुलाई पनि सुनाउनका लागि धरानका केही पाठकले फ्यान क्लब गठन गरेर कविता सुनाउने कार्यक्रमको आयोजना नै गरेछन् । यसले नेपाली साहित्यको विकासमा एउटा नौलो आयाम थपिदिएको छ । कुनै पनि साहित्यकार एवं लेखकको लागि योभन्दा ठूलो हौसला अरु हुनसक्दैन । यसले साहित्यकारलाई त खुसी बनाउँछ नै साथै नेपाली साहित्यको श्रीवृद्धिको लागि योगदान पनि मिल्नेछ । कसैले पनि नसुनिदिने, नपढिदिने, टिप्पणी नगर्ने वा क्रिया-प्रतिक्रिया नदिने हो भने साहित्यकार वा लेखकहरूको मन कुंडिन्छन् ।

आखिर लेखकहरूले पाउने सान्त्वना भनेकै त्यति हो र आफ्ना सिर्जनाका कमी-कमजोरीहरू खुट्याउने पनि यसरी नै हो । विभिन्न संघ-संस्था वा निकायले दिने पुरुस्कार, प्रशंसापत्र वा प्रमाणपत्रभन्दा पनि पाठक र श्रोताहरूको माया अझ बढी ओजपूर्ण हुन्छ । साहित्यका पुस्तकहरू किनिदिने र पढिदिने कार्यले अप्रत्यक्ष रूपमा साहित्यकारको आर्थिक अवस्था सुदृढ गर्नमा मद्दत मिल्न जान्छ । धराने साहित्यप्रेमी फ्यान क्लबले गरेको यो काम सराहनीय छ ।

पाठक मञ्च
कान्तिपुर माघ २३, २०६९

No comments:

Post a Comment