Tuesday, October 14, 2014

क्रियटिभ राइटिङमा कवि रमेश क्षितिज


क्रियटिभ राइटिंग
रमेश क्षितिज आजको क्रियटिभ राइटिङका पाहुना हुनुहुन्थ्यो । आजका कवि र कविताबारे बढो रसिक पारामा कक्षा संचालन भयो ।


सल्यानमा जन्मेका रमेश दाङ तुल्सिपुर हुँदै २०४३ सालमा केहि बन्न काठमाण्डौँ आए । गित संगित र साहित्यमयि रमेशले २०५० सालमा उत्कृष्ट गितकार ,२०५१ सालमा कविता महोत्सवमा प्रथम भए । उनको “अर्को साल पर्खेर साँझमा” र “घर फर्किरहेको मानिस” कविता संग्रह प्रकाशित छन् । जीवनवादी कविता बलिया हुने उनले बताए । मान्छेलाई प्रेरणा दिने कविताहरु रवर्ट फस्ट देखि ,महाकवि लक्ष्मी प्रसाद देवकोटा ,लेखनाथ पौडेलका कविता कालजयी हुन्छ्न् ।

मौसमी कविता भन्दा यस्ता कविता लेख्नमा उनको जोड रहेको छ । असल कवि असल पति,पिता हुनु पर्नेमा उनको मत छ । कविमा नलेज,स्किल र असल स्वभाव हुनु पर्ने बताउँछन् । कवि कठिन काम हो तर नेपालमा राजनीति नभए पत्रकार पत्रकार नभए कवि बन्छन् । कविका कारण सिंगो युग अर्को बन्छ । तर त्यहि कवि हेला भएको देख्दा दुःखी पनि छन् उनी ।

समग्रमा आजको कक्षा लाभदायक ra रसिक भयो ।

Facebook Status
GhostWriting Nepal
October 14, 2014

No comments:

Post a Comment