प्रेम र कविताका कुरा गर्दा उनले एक जोक सुुनाए ।
एक पतिले आफ्नी श्रीमतीलाई भनेछन् । ‘बूढी मलाई एकदम छाती दुुखेर आयो’
पत्नीले भनिन्– ‘ए हो लौन के भयो ?’
पतिः अइया अइया मरें ।
पत्नीः खोई तपाईंको मोबाइलको पासवर्ड दिनुुस् त, डाक्टरलाई फोन गरौं ।
पतिः ‘बूढी अहिले त अलि ठीक भएर आयो । बिस्तारै सन्चो होला जस्तो छ, भो पर्दैन डाक्टरलाई फोन नगर ।’
कवि रमेश क्षितिजले भनेको जोक हो यो ।
आफूलाई भुुलिरहें, बिर्सनेलाई सम्झिरहें
के के सोचें रातभरि ब्युुझिरहें, ब्युुझिरहें,
जिस्काइर≈यो जुुनेलीले बतासले पोलिर≈यो
उध्रिएको छातीभित्र रातले बल्छी खेलिर≈यो
यो गीत सुुनाएपछि गत बुुधबार घोस्ट राइटिङ नेपालद्वारा आयोजित सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी राजन सिम्खडाले क्षितिजलाई प्रश्न गरे– ‘यति राम्रो गीत कसरी रच्नुुभयो ?’ उत्तर त्यही जोक थियो । मोबाइलभित्र धेरै कुरा रहेजस्तै जीवनमा पनि छन् । संकेत जोकमै थियो उनको ।
(कमल ढकाल)
NewsofNepal.com
Published Date: August 15, 2015
एक पतिले आफ्नी श्रीमतीलाई भनेछन् । ‘बूढी मलाई एकदम छाती दुुखेर आयो’
पत्नीले भनिन्– ‘ए हो लौन के भयो ?’
पतिः अइया अइया मरें ।
पत्नीः खोई तपाईंको मोबाइलको पासवर्ड दिनुुस् त, डाक्टरलाई फोन गरौं ।
पतिः ‘बूढी अहिले त अलि ठीक भएर आयो । बिस्तारै सन्चो होला जस्तो छ, भो पर्दैन डाक्टरलाई फोन नगर ।’
कवि रमेश क्षितिजले भनेको जोक हो यो ।
आफूलाई भुुलिरहें, बिर्सनेलाई सम्झिरहें
के के सोचें रातभरि ब्युुझिरहें, ब्युुझिरहें,
जिस्काइर≈यो जुुनेलीले बतासले पोलिर≈यो
उध्रिएको छातीभित्र रातले बल्छी खेलिर≈यो
यो गीत सुुनाएपछि गत बुुधबार घोस्ट राइटिङ नेपालद्वारा आयोजित सिर्जनात्मक लेखन प्रशिक्षणमा सहभागी राजन सिम्खडाले क्षितिजलाई प्रश्न गरे– ‘यति राम्रो गीत कसरी रच्नुुभयो ?’ उत्तर त्यही जोक थियो । मोबाइलभित्र धेरै कुरा रहेजस्तै जीवनमा पनि छन् । संकेत जोकमै थियो उनको ।
०००
जीवन कविता बन्छ र कथाहरू पनि । हरेकको कथा हुुन्छ । सयांै र हजारौं कथा बनेका हुुन्छन् र अरू हजारौं बन्न बाँकी हुुन्छन् । जीवनलाई नयाँ ढंगमा डिजाइन गर्ने कथा र कविता क्षितिजलाई मनपर्छ । त्यसैले उनी भन्छन्– ‘कविताको हरफ यस्तो होस् जसले जीवनको बाटो बदलोस् ।’ कविताको एक पंक्तिले आन्तरिक शक्ति र ऊर्जा भरिदेओस् त्यस्तो कविता पो कविता । यो उनले आफैंले लेखेको कविताप्रति मात्र असन्तुुष्ट थियो वा आम नेपाली कविताप्रति । मैले यो सोधिनँ । बोलिरहन दिए । दुुई घन्टा पूरा कविता र गीत सुनेपछि लाग्यो उनी त्यस्तो लेख्न खोजिरहेछन् । जस्तो उनी भन्दै छन् ।
रुँदै गौरी खण्डकाव्य पढेको उनी सम्झन्छन् । कक्षाको किताबभन्दा बाहिर पो जीवन रहेछ भन्ने किशोर नपुुग्दै बुुझेको सम्झन्छन् । यी फरक अनुुभवले उनलाई फरक मान्छे बनायो । उनले सानैदेखि खुुसी देखिने कविता लेख्न खोजे । जीवनवादी कविताहरू ।
क्षितिजलाई कवि डाक्टर जस्तो लाग्दो रहेछ । घाउ चिरेर घाउ ठीक पार्ने डाक्टर । सानो सुुई दिएर ठूलो रोग निको पार्ने डाक्टर । तनको होइन मनको डाक्टर । हुन पनि कवि समाजको मनको डाक्टर हो । एउटा कविताले खुुसी वा दुुःख दिने शक्ति कवितामा हुुन्छ । त्यसैले उनी साहित्यमा खुुसी खोज्छन् । त्यस्ता साहित्य लेख्न र पढ्न मन पराउँछन् । भन्दैथे– ‘कविताले बेटर मान्छे बनाउन सहयोग गर्छ, हो त्यो खास साहित्य हो ।’
रोनाधोना धेरै लेखियो । समाज रोइरहेका बेला कवि रुन मिल्दैन । उसले उज्यालो देखाउन सक्नुुपर्छ क्षितिजकोे भनाइ थियो । रान्डा बर्नको द पावर किताबसँगै भेटिएका उनी सकारात्मक सोचले सुकिलो जीवन बनाउने बताउँछन् । भन्छन्– ‘म कवितामा मनोरन्जन होइन उत्प्रेरणा खोज्छुु ।’
असल काम किन गर्ने ?
युुधिष्ठिरलाई द्रौपदीले प्रश्न गरिन् । जिन्दगीभर झूट नबोल्नेले दुुःख पाउने । दरबार गुुमाउने । वनिबास हुुनुपर्ने । अनि वनबासमा पनि यस्तो दुःख पाउन पर्ने । सकेजति झूट बोल्ने । दुुष्कर्म मात्र गर्नेहरूले दरबारमा मस्तसँग बस्न पाउने । दुुष्टले सुख पाइरहने हो भने असल किन हुन पर्यो ? वनमा दुुःख पाएपछि द्रौपदीले प्रश्न सोधेकी थिइन् युधिष्ठिरलाई । जुुन कथा महाभारतमा छ । उत्तरमा युधिष्ठिरले भन्छन्– ‘सत्यनिष्ठ संसारका लागि होइन आफ्ना लागि हो, मेरो जीवनको सिद्धान्त नै यही हो राम्रोका लागि राम्रो गर्ने, अरूका लागि गरेको होइन ।’
यो उत्तरपछि द्रौपदी चुुप लागिन् र कहिल्यै त्यस्तो प्रश्न युधिष्ठिरलाई सोधिनन् ।
साहित्य पनि आफ्नो लागि लेख्ने हो । तर अरूलाई बाटो देखाउने खालको हुनुपर्यो । असल साहित्य हुनुपर्यो । आफ्नो अस्तित्वका लागि कविता लेख्नेभन्दा पनि विचार र दृष्टिकोण निर्माण गर्न कविता लेख्ने गरिन्छ । कविताबाट अरूले बाँच्न साहारा पाउन पर्यो । तब मात्र कविता मन्त्र बन्छ । जन्मदेखि मृत्युुपर्यन्त हाम्रो जिन्दगीमा कविता छ । मन्त्र छ र ती मन्त्रहरूले हाम्रो जीवनमा परिवर्तन ल्याएनन् भने ती कविता काम लाग्दैनन् । रमेश क्षितिजले यसो भनिरहँदा लाग्थ्यो आवाज होइन जीवनको संगीतको धुुन आइरहेछ ।
जीवनप्रति आशा देखाउने, विश्वास बढाउने र बाँच्न सिकाउने कारणले रमेशका फ्यान बहुुत रहेछन् । विसं २०६९ मा उनको प्रशंसकहरूको समूह बनिसक्यो । यही फ्यान क्लबले धरानमा त्यहीं वर्ष उनको एकल कविता वाचन पनि गर्यो । ‘क्षितिजका कविताहरूसँग हामी’ त्यो कार्यक्रमको नाम थियो । साहित्यिक संगठनमा आबद्ध नभएका फ्यानको आयोजनामा कार्यक्रम भएको नेपालको साहित्यिक इतिहासमै नयाँ हो । त्यो नयाँको कीर्तिमान उनले बनाइसके ।
‘अर्काे साँझ पर्खेर साँझमा’ (कविता संग्रह, २०५७) पछि ‘आफै आफ्नो साथी भए’ (गीत संग्रह, २०६३) र ‘क्षितिज’ (गीति एल्बम, २०६३) निक्लिसकेको छ । ‘घर फर्किरहेको मानिस’ पछिल्लो कृति हो । यसैलाई राजकुुमार श्रेष्ठको अनुुवादमा दिल्लीको अयन प्रकाशनले हिन्दी संस्करण ‘घर लौट रहा आदमी’ भनेर निकालेको छ ।
धेरै कविता संग्रह मात्र निकालेर राम्रो कवि हुुने होइन । थोरैमा अब्बल कविता निकाल्नुु कविताको आग्रह हो । यो कुरा उनले सल्लाको देश सल्यानमा सल्ला सुुसाएको देखेर बुुझेका होइनन् । दाङको सरकारी स्कुलमा पढेर पनि थाहा पाएका होइनन् । राजधानी काठमाडौंमा २०४३ सालमा आएपछि उनले जीवन बुुझ्दै गए । साथी बुुझ्दै गए । परिवार बुझ्दै गए । यही खाल्डोको गहिरो बुुझाइले उनलाई गीत लेखनमा लगायो ।नातिकाजीले पहिलो गीत संगीत गरेपछि क्षितिजको आफ्नै क्षितिज फराकिलो भयो । नयाँ क्षितिज देखेपछि त्योे क्षितिजसम्म जान मन लाग्ने मानवीय स्वभाव नै हो । उनले क्षितिजलाई धेरै प्रेम गरेका थिए । नामै हालेर । त्यसैले उनले आफ्नो क्षितिज फराकिलो बनाउँदै लगे । एलएलएम गरे । प्रशासन सेवामा प्रवेश गरे । अहिले उप–सचिव छन् । जति क्षितिज देखिए पनि मनभित्रको उनको क्षितिज कविता नै थियो । गीत नै थियो । त्यसैले उनले संसारभर डुुले पनि । घरमै बसे पनि कविता र गीत लेखिरहे । लेखिरहे । र लेख्दै छन् । लेख्नेछन् ।
(कमल ढकाल)
NewsofNepal.com
Published Date: August 15, 2015
No comments:
Post a Comment