Friday, January 3, 2014

"घर फर्किरहेको मानिस" माथिको पाठकिय जनाउ-

घर फर्किरहेको मानिस" सितको जम्काभेटपछी केहि संक्षिप्त संवादहरु भए । हुन त यो एउटा कविता संग्रह हो जहाँ प्रतेक पृस्ठपिच्छै केहि थान कविताहरु सुरक्षितसित संग्रहित छन । र जो एक-एक भएर सामुन्ने उपस्थित भए । हर कविता आफैंमा सु-सज्जित भएर सिङ्गो संग्रह औ कृतिलाईइ सिंगारेर आकृषित बनाएको छ ।


संग्रहभित्र सामन्य बिषयबस्तुहरु लाग्ने तर कलात्मक शैलिका मिठा बिम्बहरुको लेपनले कवितहरु सशक्त र अर्थपूर्ण लाग्दछ्न । एउटा सग्लो मानव जिवनको परिचय बोकेको छ । हरेकले परिभाषा दिन्छ । आफ्नै मौलिकता झल्काउँछ र न जिवन्त छाप छोड्न सफल छ । ब्यैक्तिक हिसाबले नि जिवनबादी कविताहरु लाग्छ्न । अनन्त जिवनको गहिराई भित्रको अनुभूतिहरुको एउटा अभिब्यक्ती ओकलेको छ ।जहाँ मानबिय संबेदनालाई प्रस्टकन उजागर गरेको देखिन्छ ।कतै आकर्षक जिवनका क्षणहरु भेटिन्छ्न भने कतै नोस्टलजिया बनेर आउँछ्न । उसो र स्वत: सृजित नूतन र सुन्दर दृश्यावली बिम्ब हरुको सृंगारले कविता खुप पृतिकर लाग्छ्न । यस मानेमा कवी मान्छेको संबेदनालाई छुन र मस्तिष्कलाई झंकृत गर्न सफल छन । शीशिरका जाडोले झैं हृदयलाई कँपाएर भाग्ने कोशीश गर्छन । हरेक कविताहरुले स्वप्नदर्शी र हतोत्साहित भएर जिउन सिकाउँछ्न ।कवी आफैं आशाबादी भएर बाँच्छ्न अनि बचाउँछ्न । संग्रहभित्रका कवितका हरेक हरफहरु हृदयस्पर्शी एवं दर्शनयुक्त भेटिन्छ्न । कविता वाचन गर्दा-गर्दै कतिखेर पत्तैबेगर निख्रीन्छ लाग्छ कि किन यती मै कविता समेटेको हो कविले भन्ने भान हुन्छ । यसरी जिवन चित्रीत कविताहरुले जस्तो सुकै पाठकको पनि मुटु अँठ्याएर छोड्न वाध्य बनाउँछ भने लाग्छ । कवी मा न्यानो हार्दिक बधाई तथा शूभकामना !


अन्तत: संग्रहबाट साभारित एक प्रीय कविता-

"एउटा मानिसको प्रस्थान"
-----------------------------------------------
मानिस सर्वोकृस्ट कला हो संसारको
उ गयो भने उसँगै जान्छ्न्
कुनै सोचमा डुबिरहे जस्ता उसका गम्भिर आँखा
वा दुर्लभ मुस्कान
उसको सिप र कतिपय रहस्यहरु

जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठुलो शहर्
आफूले हिंडिसकेको समयको चौडा सडक्
रा बिताएको रोमाञ्चक ईतिहासलाई रुमालझैं गोजिमा हालेर्
हिंडिदिन्छ उ कुनै अनिर्दिस्ट दिशातिर्

कती रोएको थियो हृदयमा लागेका
चोटहरु एकान्तमा गन्दै
वा कती हाँसेको थियो यात्राका मिठा घटनाहरु सम्झिन्दै
अनेकन यस्ता कथाहरु आफूसँगै लिएर्
छोडेर जान्छ उ केवल केहि धमिला सम्झनाहरु

एउटा मानिस गयो भने हुँदैना हजारौं मानिसको भिडमा उ
सुनिन्दैना उसको स्वर र देखिन्दैना अनुहार्
भेटिन्दैना कुनै पनि रात्री भोजमा उसको स-शरिर उपस्थिति

एउटा मानिस साँच्चै गईदियो भने
सुनसान र रित्तो बनाईदिन्छ एउटा संसार ।

अभावको चस्माबाट हेरेपछी मात्र
हामी देख्दछौं टाढा गइसकेको मानिसको मूल्यको आकृति
तर सुन्दैना उ हाम्रो आवाज त्यसबेला
र फर्केर आउँदैना हामिछेउ
अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले ।






















By  Deshu Urf Jigynaasu
Facebook status, 3 January 2013

No comments:

Post a Comment