Tuesday, January 19, 2016

शब्द र आत्मविश्वास

 बुद्धलाई तपस्या बाट फर्केपछि साेधियाे ।
"तपस्या गरेर के पाउनुभयाे ? 
हाड़ छाला मात्र बाकि छ । शरिर नै ठीक छैन तपाईकाे ।" 
बुद्धले भने " हाे तपाईकाे कुरा ठीक हाे मैले पाईन मैले गुमाए ,
ईर्ष्या गुमाए , द्वेष गुमाए,लाेभ गुमाए र अन्य धेरै कुरा जाे म संग भएका गुमाए , म त निर्मल आकाश जस्ताे भए । "

शब्द छ र आत्मविश्वास छ भने कस्ताे असर पार्छ भन्ने कुराकाे सानाे उदाहरण दिदैGhostWriting Nepal अन्तरगत चलेकाे सिर्जनात्मक लेखन प्रशिक्षणमा कवि रमेशRamesh Kshitij ले भनेका कुरा हुन यी । यही कुरा साहित्यमा जाेडदै उनले भने " हामी मान्छेकाे जीवन बदल्ने कथा कविता लेख्ने कि नलेख्ने ? " मानिसकाे जीवन परिवर्तन गर्छ किताबले । 

त्यस्ताे कविता कथा लेख्नुपरयाे । जीवन बाच्न प्रेरणा दिने साहित्य लेख्न परयाे । जीवनकाे दृष्टिकाेण र बिचार बदलेर जीवन बॉच्न सिकाऊने साहित्य आजकाे आवश्यकता हाे भन्ने कुरा एकदम सहि लाग्याे ।

साेझा मान्छेले कालेा बजारीकाे पेट्राेल चुपचाप किन्दै गरिब हुदै गएकाे अनि कालाे बजारीमा पेट्राेल बेच्ने डंका पिटेर साहु भएकाे बर्तमान समयमा त्यस्ताे कविता पढ़न पाए हुन्थ्याे नि । जीवन बदल्ने ती साहित्य पढ़न पाए त गज्जब हुन्थ्याे भन्ने लाग्याे ।
भुल हाे तेराे भागि हिडनु जीवन देखि डराएर भन्ने जीवन लडने यस्तै गीत लेख्नु पर्ने बताए ।
आज हाम्राे लक्ष्य नै फरक बन्दै गएकाे तामझाम र झिलिक मिलिक अनि भाैतिकता लाई जीवन ठान्ने पद्धति प्रति राेष पनि प्रकट गरे । भाैतिकताले बाहरी दुनिया फरक पारे पनि मान्छेकाे अन्तस्करण परिवर्तन गर्न साहित्य नै चाहिने उनले बताए ।
कक्षामा मन्त्र मुग्ध भई आफ्नाे जीवनकै एक क्षितिज भेटे जस्तै सबै मुस्कुराऊदै यसरी फाेटाे खिंचियाे ।

Facebook status
Kamal Dhakal
19 January, 2016

No comments:

Post a Comment