- सौरभ कार्की
अनि उहाँले नै सुनाउनु भयो – अन्तिममा त्यो साँझ काठमान्डौको कुनै एउटा साथीकोमा गएर खाना खाएको कुरा । सुन्दैगर्दा लागिरह्यो – “आज चै पक्कै चिया पिउने छैनौ हामी ।” र त्यसपछि गौशाला छिर्ने बाटो छोडेर मोडियौ हामी सिनामंगलतिर । बाटोभरि हाम्रा आँखा हामीलाई छोडेर चियापसल खोज्दै घुमिरहे । सिनामंगल पुग्नैलाग्दा रमेश दाईले नै देख्नुभयो – कफीसप । सुरु भयो – सुरुप्प कफी अनि कविताका कुरा । सोध्नुभयो – “कविताको घोष्टराईटर भएको थाहा छ तिमीलाई ?” अल्मल्लिए । भन्नुभयो – “यो दुनियाँमा अहिलेसम्म कविताको घोष्टराईटर भएको मलाई थाहाछैन र कहिल्यै हुनेछैनन् पनि । किनकी कविता भनेको मनले लेखिने कुरा हो । दिमागले लेखिने सबै कुराको घोष्टराईटर हुनसक्छन् र छन् पनि । अर्को कुरा – के कुनै प्रकाशकले कुनै कविलाई कविता लेख्नलाई सुबिधाजनक होटलमा पैसा दिएर राखेको थाहा छ ?” मैले मुन्टो हल्लाए । “किनभने कविता लेख्नलाई मनले साधना गर्नुप¥यो । बिषयसँगको गम्भीरता आउनुप¥यो । भन्नेबित्तिकै यी कुनै हुदैनन् । त्यसैले पनि कविता साहित्यको अन्य सबै बिधा भन्दा जेठो,गम्भीर र शालिन बिषय हो ।”
ओहो ! मेरो लागि कवितासम्बन्धी यी धारणालगायतका कुराहरु मीठो प्रवचन भन्दा कम थिएनन् । महिनौदेखि कविता लेख्न नसकेर चिन्तित भएको म, त्यसपछि भने चिन्तित भईन । ढिलो भईसकेकाले हामीले कफी अर्को कप थपेनौ । छुट्नैलाग्दा मैले भने – “दाई मैले ‘अर्को साँझ पर्खेर साँझमा’ कवितासङ्ग्रह पाउदै पाईन । फाईन प्रिन्ट संस्करण झापामा आईपुगेकै छैन । यता काठमान्डौमा अहिले चिया पसल भेट्न त यस्तो गाह्रो !” मैले बोलिसकेपछि उहाँले भन्नुभयो – “ठीकै छ । हाम्रो फेरी भोली भेट होला नि । नभए कुनै मेसो मिलाम्ला ।” हामी छुट्टियौ । बाटोभरि याद आयो – दाईभन्दा बढी म आफै बोलेछु । दाईले थोरै बोल्नुभयो । तर दिल छोएर बोल्नुभयो ।
२०६० कात्तिक १७ गते :
म एयरपोर्ट काउन्टरमा थिए । लास्ट फ्लाईट उडिसकेको थियो । एउटा मानिस आए र मेरो नामको मानिस खोजे । मैले म हँु भने । उनले किताब दिए अनि गए । मैले उनको अनुहार भन्दा अगाडी किताब हेरे । मैले खोजेको कविताकृति थियो त्यो – ‘अर्को साँझ पर्खेर साँझमा ।’ पल्टाए । भित्र थियो, प्रिय कवि रमेश क्षितिजको हस्ताक्षर र हस्ताक्षर भन्दा माथि लेखिएको थियो प्रिय भाई श्री सौरभ कार्कीलाई सप्रेम । हस्ताक्षर भन्दा मुनि थियो मिति २०७० कात्तिक १५ गते । (यो मिति दाईले नलेखेको भए सायद मैले आफूले किताब पाएको मिति पनि सम्झिन्नथे) । टाउको उठाएर हेर्दा मलाई किताब दिने मानिस गईसकेको थियो । न मैले नाम सोध्न पाए न भन्न पाए धन्यवाद । थक्थकी लाग्नुअगाबै किताब सुम्सुम्याए र पढे कविता “बिसंगत” । म कविताभित्रै अल्झिरहे ।
म प्राय कविताकृतिहरु एकै बसाईमा पढ्दिन । राम्रा कविताकृतिहरु त झन् कहिल्यै पढिसक्दिन । राम्रो लागेको कविता पढेपछि कम्तीमा १०–१५ दिन त्यो किताब खोल्दिन । खेलिरहन्छु भर्खरै आफैले पढेको त्यही एउटै कवितासँग । “बिसंगत”ले मलाई लगभग हप्तादिन अगाडीसम्म छोईरह्यो ।
तिहारपछि :
काठमान्डौबाट साथी आयो Subrat Poudyal । बैद्य बा’ को बन्दको अधिल्लो दिन । रातभरि पियौं हनी मिसाएर खुकुरी रम । कलेज लाईफलाई रिवाईन्ड ग¥यौ । र ग¥यौ – गर्लफ्रेन्डका कुरा । जागिरका कुरा । भबिष्यका कुरा । देशका र राजनीतिका कुरा । अनि भोलिपल्टदेखि सुरु हुने बन्दको कुरा ।
चन्द्रगढी देखि मेची खोलासम्म एउटा दाईले मोटरसाईकलमा पु¥याईदिनुभयो । चढ्यौ गोरुगाडा र त¥यौ मेचीखोला । रिजर्ब गरेर काँकरभिट्टाबाटै मगाएथे एउटा कार गल्गलियामा । चढ्यौ । भारतको बागडोग्रा पुगुन्जेल दुबैजना मौन बस्यौ । केही समयपछि उ उड्दैथियो हाईद्राबादको लागि । दिल्लिमा ४ घन्टाको ट्रान्जिट । रमेज क्षितिजकै ट्रान्जिट रिलेटेड कविता सम्झिए जुन ‘घर फर्किरहेको मानिस’ सङग्रहमा थियो । हामी फेरी छुट्टियौ । फर्किउन्जेल सोचिरहे यो क्षणको एउटा कविता लेख्छु । बेलुका कोठामा आएपछि फरर पल्टाए सिरानीछेउ धेरैदिनदेखि नपल्टीबसेको ‘अर्को साँझ पर्खेर साँझमा’कवितासङ्ग्रह । कवितासङ्ग्रहको हकमा बिषयसूची हेर्ने बानी कहिल्यै भएन । पाना अड्कियो कविता ‘साथी पठाएर स्टेसनमा केही क्षण’ शीर्षकमा । रमेश दाईको कवितासङ्ग्रहसँग मेरो यस्तो को–ईन्सिडेन्स पहिले पनि भएको थियो । र यसपटक पनि भयो अर्को को–ईन्सिडेन्स । अतः मैले कविता लेखिन । क्षितिज दाईकै कवितासँग रमाए ।
साथी पठाएर स्टेसनमा केही क्षण
– रमेश क्षितिज
बिस्तारै–बिस्तारै
सिन्दुरे पहाड डुब्दै गयो
पर कहीँ
पर अँध्यारोको गहिरो समुद्रमा
केही क्षणअघि फरफराईरहेका रंगीन पातहरु
प्रेम गर्नेहरुले
कसम खाएर राखेका साक्षी – त्यो मन्दिर
– गुम्बा
– नदी र बृक्षहरु
सबैलाई अलपत्र छाडेर
भाग्दै गयो त्यो निर्मोही सूर्य
आँखाका डिलका पहराबाट
झरिरहे आँसुका कठोर चट्टानहरु
र चर्चरी फुटाए
कमजोर मनका ऐनाहरु
एउटा परिचित हिड्दै गरेको सुगम बाटो
च्यातिएर शोकमग्न वैरागीको मनजस्तो बन्यो
अल्छीहरुको कलब्रेक भएर आएको
समयले पनि एउटा अमूर्त चित्र कोरेर गयो
अनुभूतिका भित्ताहरुमा
कुनै नाबालक
विधवा अनुहार हो कि हो कि जस्तो
आफ्नो प्रिय मान्छेले
बिदाईमा खसाएको आँसु
त्यो त तरल आगो हो, आगो
कसरी जलाउँछ सहनै नसक्ने गरी छाती
चुरोटले पोलेको मैलो कमिजजस्तो
जिन्दगीले च्यातेका गीतका टुक्राहरुमा
अर्थहरु खोज्दादोज्दै
थाकेर टोलाईरहे दृष्टिहरु
भोलि, झुलुक्क फेरि निस्कनेछ त्यो सूर्य
कुनै लाचार क्रृणीछेउको साहु भएर आँगनमा,
त्यसले हाम्रो बैंसका अमूल्य
सुन्दर दिनहरु बलजफ्ती सित्तैमा लैजानेछ
हामी असक्त भएर
टुलुटुलु हेर्नेछौ त्यसलाई
र निस्कनेछौ
कुनै नयाँ सहाराको खोजीमा भौतारिदै
जहाँजहाँ हामी हिड्नेछौ
नांगा पाईलाका डोबहरुले लेखिनेछन् अनि
असंख्य उदास गीतहरु तिर्सनाको तातो मरुभूमिमाथि,
भुमरीजस्तो वर्तमान र गुफाजस्तो अथाह भविष्य
सबै अप्रत्यासित र असह्य लाग्नेछन् तिमीलाई
तर
मलाई त उहिल्यै थाहा थियो
भेट बिछोडको पहिलो सिँढी हुने गर्छ
र आँसुको लाठीको
अन्तिम सहारा टेकेर
समयको नदी तर्दै जान्छ मान्छे ।
कवितासङ्ग्रह – अर्को साँझ पर्खेर साँझमा
कवि – रमेश क्षितिज
फाईन प्रिन्ट प्रकाशन (दोश्रो संस्करण)
मूल्य – रु १९९ मात्र
— in Bhadrapur.
Saurabh Karki's post in कविताकृतिहरू
November 19, 2013
“कविताको घोष्टराईटर भएको अहिलेसम्म थाहा छ तिमीलाई ?” कवि Ramesh Kshitij को यो प्रश्नैले म अल्मल्लिए । भेटेर हामीले कतै कफी पिउने निर्णय गर्यौ । काठमान्डौ सुनसान थियो । मेरो बाईकमा पछाडी थिए उनै प्रिय कवि – रमेश क्षितिज । बानेश्वर चोक आईपुग्यो तर कतै थिएन खुल्ला कफी पसल । र मन चियामा गएर टुङ्गियो । चियापसल खोज्नकै लागि पुरानो बानेश्वर मोडियौ । कच्ची बाटो । धुलो उडिरहेको । वाह ! राजधानी । रमेश दाईले निकै पुरानो दशै सम्झिनुभयो । “बुझ्यौ सौरभ किनेर चाउचाउ खान पनि एउटा पसल खुलेको थिएन त्यसबेला ।मलाई त्यसबेलादेखि नै काठमान्डौको दशै बिरानो लाग्छ ।” हिजोपल्टको शनिबार हो जस्तो लागेथ्यो काठमान्डौमा दशै वा यस्तै कुन शिर्षकमा यिनै हरफहरु पढेथे उनैले लेखेको कवितामा । कविता कान्तिपुर वा अन्नपूर्ण पोष्ट यी दुईमध्ये एकमा प्रकाशित भएथ्यो । अल्जाईमर लागेजस्तै बुझ्छु आजकाल – बिर्सेछु ।
अनि उहाँले नै सुनाउनु भयो – अन्तिममा त्यो साँझ काठमान्डौको कुनै एउटा साथीकोमा गएर खाना खाएको कुरा । सुन्दैगर्दा लागिरह्यो – “आज चै पक्कै चिया पिउने छैनौ हामी ।” र त्यसपछि गौशाला छिर्ने बाटो छोडेर मोडियौ हामी सिनामंगलतिर । बाटोभरि हाम्रा आँखा हामीलाई छोडेर चियापसल खोज्दै घुमिरहे । सिनामंगल पुग्नैलाग्दा रमेश दाईले नै देख्नुभयो – कफीसप । सुरु भयो – सुरुप्प कफी अनि कविताका कुरा । सोध्नुभयो – “कविताको घोष्टराईटर भएको थाहा छ तिमीलाई ?” अल्मल्लिए । भन्नुभयो – “यो दुनियाँमा अहिलेसम्म कविताको घोष्टराईटर भएको मलाई थाहाछैन र कहिल्यै हुनेछैनन् पनि । किनकी कविता भनेको मनले लेखिने कुरा हो । दिमागले लेखिने सबै कुराको घोष्टराईटर हुनसक्छन् र छन् पनि । अर्को कुरा – के कुनै प्रकाशकले कुनै कविलाई कविता लेख्नलाई सुबिधाजनक होटलमा पैसा दिएर राखेको थाहा छ ?” मैले मुन्टो हल्लाए । “किनभने कविता लेख्नलाई मनले साधना गर्नुप¥यो । बिषयसँगको गम्भीरता आउनुप¥यो । भन्नेबित्तिकै यी कुनै हुदैनन् । त्यसैले पनि कविता साहित्यको अन्य सबै बिधा भन्दा जेठो,गम्भीर र शालिन बिषय हो ।”
ओहो ! मेरो लागि कवितासम्बन्धी यी धारणालगायतका कुराहरु मीठो प्रवचन भन्दा कम थिएनन् । महिनौदेखि कविता लेख्न नसकेर चिन्तित भएको म, त्यसपछि भने चिन्तित भईन । ढिलो भईसकेकाले हामीले कफी अर्को कप थपेनौ । छुट्नैलाग्दा मैले भने – “दाई मैले ‘अर्को साँझ पर्खेर साँझमा’ कवितासङ्ग्रह पाउदै पाईन । फाईन प्रिन्ट संस्करण झापामा आईपुगेकै छैन । यता काठमान्डौमा अहिले चिया पसल भेट्न त यस्तो गाह्रो !” मैले बोलिसकेपछि उहाँले भन्नुभयो – “ठीकै छ । हाम्रो फेरी भोली भेट होला नि । नभए कुनै मेसो मिलाम्ला ।” हामी छुट्टियौ । बाटोभरि याद आयो – दाईभन्दा बढी म आफै बोलेछु । दाईले थोरै बोल्नुभयो । तर दिल छोएर बोल्नुभयो ।
२०६० कात्तिक १७ गते :
म एयरपोर्ट काउन्टरमा थिए । लास्ट फ्लाईट उडिसकेको थियो । एउटा मानिस आए र मेरो नामको मानिस खोजे । मैले म हँु भने । उनले किताब दिए अनि गए । मैले उनको अनुहार भन्दा अगाडी किताब हेरे । मैले खोजेको कविताकृति थियो त्यो – ‘अर्को साँझ पर्खेर साँझमा ।’ पल्टाए । भित्र थियो, प्रिय कवि रमेश क्षितिजको हस्ताक्षर र हस्ताक्षर भन्दा माथि लेखिएको थियो प्रिय भाई श्री सौरभ कार्कीलाई सप्रेम । हस्ताक्षर भन्दा मुनि थियो मिति २०७० कात्तिक १५ गते । (यो मिति दाईले नलेखेको भए सायद मैले आफूले किताब पाएको मिति पनि सम्झिन्नथे) । टाउको उठाएर हेर्दा मलाई किताब दिने मानिस गईसकेको थियो । न मैले नाम सोध्न पाए न भन्न पाए धन्यवाद । थक्थकी लाग्नुअगाबै किताब सुम्सुम्याए र पढे कविता “बिसंगत” । म कविताभित्रै अल्झिरहे ।
म प्राय कविताकृतिहरु एकै बसाईमा पढ्दिन । राम्रा कविताकृतिहरु त झन् कहिल्यै पढिसक्दिन । राम्रो लागेको कविता पढेपछि कम्तीमा १०–१५ दिन त्यो किताब खोल्दिन । खेलिरहन्छु भर्खरै आफैले पढेको त्यही एउटै कवितासँग । “बिसंगत”ले मलाई लगभग हप्तादिन अगाडीसम्म छोईरह्यो ।
तिहारपछि :
काठमान्डौबाट साथी आयो Subrat Poudyal । बैद्य बा’ को बन्दको अधिल्लो दिन । रातभरि पियौं हनी मिसाएर खुकुरी रम । कलेज लाईफलाई रिवाईन्ड ग¥यौ । र ग¥यौ – गर्लफ्रेन्डका कुरा । जागिरका कुरा । भबिष्यका कुरा । देशका र राजनीतिका कुरा । अनि भोलिपल्टदेखि सुरु हुने बन्दको कुरा ।
बन्दको दिन
चन्द्रगढी देखि मेची खोलासम्म एउटा दाईले मोटरसाईकलमा पु¥याईदिनुभयो । चढ्यौ गोरुगाडा र त¥यौ मेचीखोला । रिजर्ब गरेर काँकरभिट्टाबाटै मगाएथे एउटा कार गल्गलियामा । चढ्यौ । भारतको बागडोग्रा पुगुन्जेल दुबैजना मौन बस्यौ । केही समयपछि उ उड्दैथियो हाईद्राबादको लागि । दिल्लिमा ४ घन्टाको ट्रान्जिट । रमेज क्षितिजकै ट्रान्जिट रिलेटेड कविता सम्झिए जुन ‘घर फर्किरहेको मानिस’ सङग्रहमा थियो । हामी फेरी छुट्टियौ । फर्किउन्जेल सोचिरहे यो क्षणको एउटा कविता लेख्छु । बेलुका कोठामा आएपछि फरर पल्टाए सिरानीछेउ धेरैदिनदेखि नपल्टीबसेको ‘अर्को साँझ पर्खेर साँझमा’कवितासङ्ग्रह । कवितासङ्ग्रहको हकमा बिषयसूची हेर्ने बानी कहिल्यै भएन । पाना अड्कियो कविता ‘साथी पठाएर स्टेसनमा केही क्षण’ शीर्षकमा । रमेश दाईको कवितासङ्ग्रहसँग मेरो यस्तो को–ईन्सिडेन्स पहिले पनि भएको थियो । र यसपटक पनि भयो अर्को को–ईन्सिडेन्स । अतः मैले कविता लेखिन । क्षितिज दाईकै कवितासँग रमाए ।
साथी पठाएर स्टेसनमा केही क्षण
– रमेश क्षितिज
बिस्तारै–बिस्तारै
सिन्दुरे पहाड डुब्दै गयो
पर कहीँ
पर अँध्यारोको गहिरो समुद्रमा
केही क्षणअघि फरफराईरहेका रंगीन पातहरु
प्रेम गर्नेहरुले
कसम खाएर राखेका साक्षी – त्यो मन्दिर
– गुम्बा
– नदी र बृक्षहरु
सबैलाई अलपत्र छाडेर
भाग्दै गयो त्यो निर्मोही सूर्य
आँखाका डिलका पहराबाट
झरिरहे आँसुका कठोर चट्टानहरु
र चर्चरी फुटाए
कमजोर मनका ऐनाहरु
एउटा परिचित हिड्दै गरेको सुगम बाटो
च्यातिएर शोकमग्न वैरागीको मनजस्तो बन्यो
अल्छीहरुको कलब्रेक भएर आएको
समयले पनि एउटा अमूर्त चित्र कोरेर गयो
अनुभूतिका भित्ताहरुमा
कुनै नाबालक
विधवा अनुहार हो कि हो कि जस्तो
आफ्नो प्रिय मान्छेले
बिदाईमा खसाएको आँसु
त्यो त तरल आगो हो, आगो
कसरी जलाउँछ सहनै नसक्ने गरी छाती
चुरोटले पोलेको मैलो कमिजजस्तो
जिन्दगीले च्यातेका गीतका टुक्राहरुमा
अर्थहरु खोज्दादोज्दै
थाकेर टोलाईरहे दृष्टिहरु
भोलि, झुलुक्क फेरि निस्कनेछ त्यो सूर्य
कुनै लाचार क्रृणीछेउको साहु भएर आँगनमा,
त्यसले हाम्रो बैंसका अमूल्य
सुन्दर दिनहरु बलजफ्ती सित्तैमा लैजानेछ
हामी असक्त भएर
टुलुटुलु हेर्नेछौ त्यसलाई
र निस्कनेछौ
कुनै नयाँ सहाराको खोजीमा भौतारिदै
जहाँजहाँ हामी हिड्नेछौ
नांगा पाईलाका डोबहरुले लेखिनेछन् अनि
असंख्य उदास गीतहरु तिर्सनाको तातो मरुभूमिमाथि,
भुमरीजस्तो वर्तमान र गुफाजस्तो अथाह भविष्य
सबै अप्रत्यासित र असह्य लाग्नेछन् तिमीलाई
तर
मलाई त उहिल्यै थाहा थियो
भेट बिछोडको पहिलो सिँढी हुने गर्छ
र आँसुको लाठीको
अन्तिम सहारा टेकेर
समयको नदी तर्दै जान्छ मान्छे ।
कवितासङ्ग्रह – अर्को साँझ पर्खेर साँझमा
कवि – रमेश क्षितिज
फाईन प्रिन्ट प्रकाशन (दोश्रो संस्करण)
मूल्य – रु १९९ मात्र
— in Bhadrapur.
Saurabh Karki's post in कविताकृतिहरू
November 19, 2013
No comments:
Post a Comment