१५ वर्षअघि परमहंस योगानन्दलाई पढेको भए मेरो जीवनको बाटो के हुन्थ्यो ? बीसौं शताव्दीका यस आध्यात्मिक किताबको सूचीमा राखिएको योगीको आत्मकथा छिचोलेपछि यस्तो लागिरह्यो । मानव जीवनमा ईश्वरको उपस्थिति या अध्यात्मको सुप्रभावबारे लेखिएको छ यसमा । अन्तःस्करणको शुद्धीकरणका साथै जीवनलाई उज्यालो बाटोमा डोहोर्याउँछ यसले ।
साँच्चै योगीले शिक्षा र दर्शनको आध्यात्मिक चेतनायुक्त सुमार्गको खोजी गरेका छन् । हरेकले आफ्नो जीवनमा ईश्वरको प्रत्यक्ष अनुभव गर्दा रहेछन् । र, उज्यालो हिँड्न खोजे सहयोग गर्दा रहेछन् । गोरखपुरमा जन्मेका र स्वामी श्री मुक्तेश्वर गिरीका चेला योगानन्दका हरेका पंक्तिले मनमा कोमल स्पर्श गर्छन् ।

मैले हालसालै सिध्याएको अर्को किताब हो, फर्म थर्ड वल्र्ड टु फस्र्ट । सिंगापुरका गड फादर ली क्वानको आत्मकथा । यसमा सिंगापुरको चामत्कारिक उन्नतिको रहस्य छ । असल राष्ट्र निर्माणका निम्ति गरिउका संघर्ष र योगदानको चर्चा छ । सन् १९६५ मा मलेसियाबाट स्वतन्त्र भएपछि गरिब र स्रोतसाधनविहीन मुलुकलाई समुन्नत र समृद्ध बनाउन ली क्वानले के के गरे ? विविधतामा एकता र साम्प्रदायिक सद्भाव कायम राख्न कसरी सफल भए रु यो नेपालीहरुका निम्ति पनि पाठ हुन सक्छ ।
भान्साको आधा हिस्सालाई मैले अध्ययन कक्ष बनाएको छु । मन परेको किताब पैसा खर्च गरेजस्तो एकेक शव्दमा मज्जा लिएर पढ्छु । संसारमा सुख भौतिक कुरा होइन । आत्मिक सुखको स्रोत ज्ञान हो । ज्ञानको तिर्सना किताबहरुले नै हरण गरिदिन्छन् । यस्ता किताबहरुले घर, कार्यालय र देशका नकारात्मक विचारहरु हटाइदिन्छन् र पुनःताजगी गराइदिन्छन् ।
नेपाल
आइतबार, २४ कार्तिक २०६५
No comments:
Post a Comment