रमेश क्षितिज |
जब कुनै राम्रो कविता पढ्छु म, एउटा प्रश्न मनमा उठ्छ- ओहो यो कविता कुन परिस्थितिमा लेख्यो होला कविले ? कविता लेख्ने आ-आफ्नै भिन्न शैली होलान्, म भने कवितालाई शव्दले बुनेको एक तस्बिर वा चित्र भन्न रुचाउँछु । आफ्नो कुनै पनि कविता पढ्दा म पुग्छु एक अतीतमा, जहाँ देखिन्छन् सँगै हिँडिरहेका मानिस, समय, मिति र दृश्य । ती सबै सँगसँगै जोडिएर आइपुग्छन् कविताका हरफहरफमा ।
आज जब कुनै कविताको कुरा गर्दैछु- मलाई फर्कनुपर्छ दशकभन्दा अगाडिको एक सुन्दर अतीतको प्रदेशमा !
०००
'विल यु गिभ मी अ गिफ्ट प्लिज ?' समुद्रको चिसो स्याँठले थर्काउन थालेपछि म ३०-४० जना अट्ने फेरीको छतबाट ओर्लेको थिएँ जहाँ हाम्रो समूहले केहीबेर अघि तस्बिरहरु खिचेको थियो । पिउँदापिउँदैको कफी टेबुलमा राखेर । ट्वाँ पर्ने पालो थियो मेरो । 'मागी मागी उपहार ? मैले दिन सक्ने चीज भए हुन्छ नि ।' मैले भने ।
'यू प्रोमिस फस्र्ट' उसले जोड दिई । ऊ गिटार टुङटुङ बजाउँदै अंग्रेजी गीत सुनाउथी । कहिलेकाहीँ ठूलो स्वरले हाँस्ने र ठटृा गर्ने बानी भए पनि मूलत ऊ एक भावुक युवती थिई जसलाई कविता मन पथ्र्यो, संगीत मन पथ्र्यो र सबैभन्दा ठूलो कुरा ऊसँगको मित्रतामा निष्ठा, विश्वास र हार्दिकता हुने गर्दथ्यो । सम्बन्धमा बारेमा यिनै कुराहरुको अपेक्षा भइरहन्छ मलाई । मैले वाचा गर्न कर लाग्यो, गरेँ । 'इट विल बी अ भेरी प्रिसियस गिफ्ट अफ माई लाइफ' उसले भनी र एकैछिनमै समूहलाई नै घोषणा गरी 'यो साँझ, यो समुद्र र यो क्षणलाई समेटेर रमेशले एक सुन्दर कविता लेख्नेछन् ।'
'यू प्रोमिस फस्र्ट' उसले जोड दिई । ऊ गिटार टुङटुङ बजाउँदै अंग्रेजी गीत सुनाउथी । कहिलेकाहीँ ठूलो स्वरले हाँस्ने र ठटृा गर्ने बानी भए पनि मूलत ऊ एक भावुक युवती थिई जसलाई कविता मन पथ्र्यो, संगीत मन पथ्र्यो र सबैभन्दा ठूलो कुरा ऊसँगको मित्रतामा निष्ठा, विश्वास र हार्दिकता हुने गर्दथ्यो । सम्बन्धमा बारेमा यिनै कुराहरुको अपेक्षा भइरहन्छ मलाई । मैले वाचा गर्न कर लाग्यो, गरेँ । 'इट विल बी अ भेरी प्रिसियस गिफ्ट अफ माई लाइफ' उसले भनी र एकैछिनमै समूहलाई नै घोषणा गरी 'यो साँझ, यो समुद्र र यो क्षणलाई समेटेर रमेशले एक सुन्दर कविता लेख्नेछन् ।'
सबै साथीहरुले हाँसेर होहल्ला गर्दै समर्थन गरे । कफी पिउँदै झ्याल बाहिरको अनन्त सागरलाई मैले हेरिरहेँ- नीलो फैलावट, साँझको कमलो घाम, टाढादेखि आउँदै गरेका पानी जहाजहरु । हामी बिदाइको संघारमा थियौ । संगै रहनलार्य केही समयमात्र थियो । अहिले सम्झनाको एल्बम पल्टाउँदै पुराना दिनहरु र त्यो समयलाई सम्झिन्छु - र 'घर फर्किरहेको मानिस' भित्रको त्यो कविता पढ्दा एक प्रिय तस्बिर मेरो आँखा अघि नाचिरहन्छ । गितारको टुङटुङ र समुद्रको किनारमा हिँडिरहेको एक जोडी छाया पनि चलायमान भइरहन्छ ।
०००
सन् २००५ मा म जापान गएँ युनेस्कोको निमन्त्रणामा । सन्दर्भ थियो, 'सांस्कृतिक सम्पदाको संरक्षण' । यसपल्टको भ्रमण अलिक फरक थियो । यायावरझै सहर र सांस्कृतिक क्षेत्र घुम्दै हिँड्ने दिनचर्या थियो । ओसाका, नारा, क्योटो लगायतका सहरहरुमा बास बदल्दै हिँड्नुपर्ने कार्यक्रम भएकोले बसाइ पनि ठेगानको थिएन । यसपल्टको थप विशेषता के थियो भने हाम्रो समूहमा भारतीय अधिकृत अतुल भारद्धाज पनि सँगै थियो । कमसेकम - बोल्न र हाम्रै सन्दर्भमा कुरा गर्न सहज थियो । जुनेली रातमा चौडा र सुनसान सडकमा बसभित्र मेरो आग्रहमा मीठो स्वरमा गाउँथ्यो ऊ – 'हम तो है परदेशमे, देशमे निकला होगा चाँद' । अपनी रातकी छलपर कितना तन्हा होगा चाँदु बस् बाहिर ठाडो उक्लिरहेको झलमल्ल चन्द्रमा हेर्दै कल्पनामा म – अन्तै कहीँ पुगिरहेको हुन्थँे । त्यसबेला ऊ पीएचडीको स्कोलर थिई टोकियोको एक विश्वविद्यालयमा र जापानको एनएचके टेलिभिजनमा टक शो चलाउँथी । एक साँझ फोन गरेँ र भने 'म अहिले नारा भन्ने सहरमा छु ।' 'तिमीले कविता लेख्यौ र ?' उसको पहिलो प्रश्न थियो । ऊ कविताबारे सोधिरहेकी थिई शीर्षक के हो, अनुवाद छ कि छैन र ? मानौं कविता उसको अभिन्न साथी दौतरी होस् जसका बारे म परिचित छु ।
'मैले त तिमीलाई भेट्नै पर्छ ! 'पख है म क्यालेन्डर हेर्छु ।'
त्यो कविता सुनाउन समूह थिएन, ऊ एकजना मात्र थिई वयस्त सहर टोकियोमा । जस्तो कि मानिसलाई आफ्नो खुशीको लागि समय हुँदैन प्रायः त्यस्तै भयो करिब तीन हप्ताको समय जापानमा बिताएर उसलाई नभेटी म फर्के । जति कोसिस गरे पनि मेरो घुमन्ते यात्रा र उसको व्यस्तताले हामीले समय व्यवस्थापन गर्न सकेनौँ । त्यो दृश्यलाई कैद गरेको लेखेको कविता मसँग थियो, मसँगै फर्कियो । अन्तिम दिन ओसाका एयरपोर्टबाट मध्यरातमा फर्किदा कुनै दृश्य थिएनन् आँखाअघि । चकमन्न रातमा एयरपोर्टतिर हुइँकिँदै मैले सोचिरहेँ- मानिस जीवनमा आउँछन् र दिएर जान्छन्- सुख, दुःख, सम्झना वा सधैं अमर हुन रहर गर्ने कविता ।
०००
'घर फर्किरहेको मानिस' प्रकाशनपूर्व पाण्डुलिपि पढ्न केही कविलाई दिएको थिएँ- तिनीहरुमध्ये एक थिए बुद्धिसागर । कुनै शनिबार छापिएको थियो त्यो कविता उनी काम गर्ने एक राष्ट्रिय दैनिकमा । त्यसबेला म रोल्पामा थिएँ । राम्रो प्रतिक्रिया प्राप्त भयो । धेरैलाई लाग्यो म छु दुर्गममा, कहाँ त्यो समुद्रको कविता ! तर धेरै कविताको साक्षी म आफैँ हुँ । मेरो जीवन एक एलबम हो भने तस्बिर मेरा कविता । कल्पनामा भन्दा मेरो हृदय छोएर वा हल्लाएर जाने मानिस, घट्ना वा दृश्यले कविताको प्रारुप दिन्छन् मलाई । कहिलेकाहीँ त वर्षौसम्म अतीतको दृश्य र विम्ब अनायास आइदिन्छन् कवितामा ।
संसारको कुनाकुनामा आफ्ना सुखदःखसँगै खेल्दै हिंडिरहेका होलान् ती मानिसहरु, जसले त्यो कविता लेखाए । कहाँ होली ऊ, के उसैगरी आँखाहरु चम्किला बनाएर हाँसिरहन्छे होली वा टुङटुङ गितार बजाएर सुनाउछे होली पुराना गीतहरु ! साक्षी छ, प्रश्नहरु छन्, छ कविता 'साँझमा समुद्र' र 'समुद्रको किनारमा कतै हिँडिरहेको छाया छ सिलिभयाको !
दिनभरि हिँडेको थकित सूर्य
साँझपख ढल्केको छ टाउकोमात्रै निकालेर
पानीको बाथटबमा
रंगिएको छ समुद्रको पानी उसले पखालेको रातो रङले
जहाजको माथिल्लो भागमा बसेर
आँखाले पिउँदैछन् कोही समुद्रको मादक सौन्दर्य
उठिरहेछन्-छिनछिनमा लहरहरुसमुद्रको किनारमा
र हृदयमा उसैगरी
किनारको बालुवामा पल्टेका छन् शान्त मुद्रमा मानिसहरु
र हेरिरहेछन्
आकाशको ऐनामा समुद्रको गम्भीर अनुहार
एकछेउमा गुन्गुन्-गुन्गुन् कुरा गर्दै
रोइरहेछ भोलि टाढा हुने प्रेमीहरुको एक जोडी
यी सब दृश्यहरुबाट
अनभिज्ञ एक युवती बजाइरहिछ गितारमा एक पुरानो धुन
र भूपरिवेष्ठित देशको एकजना विदेशी कवि
मग्न भएर एकटक
हेरिरहेछ समुद्रमा- समुद्रमा पानीको पहाड !
अन्नपूर्ण पोष्ट
शनिबार १ असार २०७०
No comments:
Post a Comment