Tuesday, February 12, 2013

धरानमा पोखिए क्षितिजका कविता

रत्न प्रसाद आचार्य-
मंगलबार, फाल्गुन १, २०६९

    धरानः   एउटा अंध्यारो बन्द कोठा । खचाखच भरिएका दर्शक । सिलिड०मा झुन्डिएको चिमले हल्का उज्यालो दिइरहेको थियो जेनेरेटरको आवाजसहित । कोही आनन्दले कुर्सीमा बसेका थिए त  कोही उभिएका । त्यही बीचमा कार्यक्रम संचालकले चर्चित कवि रमेश क्षितिजलाई बोलाए । मन्चको अग्रभागमा बसिरहेका कवि क्षितिज पनि मन्चमा उभिएर कविता वाचन गर्न थाले ।

     स्वैच्छिक अवकाश लिएर फर्किएको पूर्व लडाकुले 
     बिर्सी हिंडेछ बाटो छेउको झुपडीजस्तो चिया पसलमा 
     पसिना पुछ्ने रुमाल

     दाड०को घोराही जाने क्रममा कवि क्षितिजले एक चिया पसलमा एउटा लडाकुले छाडेको रुमालको बारेमा लेखेको कविता सुनाए । कवि क्षितिजले जब कवितावाचन सुरु गरे, हल्लामा लठिृएको बन्द कोठा पनि एक्कासि शान्त भयो । सबैको ध्यान कवि क्षितिजको कवितामा तानियो । फ्यान क्लब अफ रमेश क्षितिज धरानले आयोजना गरेको एकल कवितावाचन कार्यक्रममा कवि क्षितिजलाई निमन्त्रणा गरिएको थियो । आयोजकले कवि क्षितिजको एकल कवितावाचनको कार्यक्रमको एक हप्ता अगाडिदेखि नै प्रचारप्रसार गरेकाले पूर्वका सुनसरी, धनकुटा, मोरड०, झापा, काठमाडौंलथायतका स्थानबाट सहित्यकारको बाक्लै उपस्थिति थियो । त्यही अवसरमा कवि क्षितिजले पनि केहीबेर विश्राम लिंदै कविता सुनाइरहे । धादिड० जिल्लाका स्थानीय विकास अधिकारी रहेका कवि क्षितिजले देशविदेश घुम्ने क्रममा लेखेका सामाजिक विसंगति, विकृति र यथार्थलाई शव्दमार्फत कविताको लयमा धरानमा जम्मा भएका साहित्य अनुरागीहरुलाई मनोरन्जन दिलाए । 

     एकान्तले पनि
     एकान्तमा बस्न दिंदैन अचेल
     चिच्याइरहन्छ नपर्खे हुन्छ
     निष्ठुरी तयो परदेशीलाई नपर्खे हुन्छ
     कराउंदो रहेछ एकान्त 
     भीरपाखामा प्रतिध्वनि भएर

     कवि क्षितिजले ईश्वरको रहस्य, भुइंचालो, एउटा मानिसको प्रस्थान, टोकियोमा एक दिन, शिविरबाट फर्केपछि, अगेनु छेउ गरेको बकसपत्र, कुभिण्डे दह, पुराना दरबारलथायतका कविता पस्किए ।

     भोली म हुने छैन तिम्रो सहरमा 
     फर्किनेछु आफ्नै देश जसरी फर्किन्छ बतास,
     सुस्तरी छमेएर चेरिका फुलहरु
     जसरी फर्किन्छन् समुद्रका किनारबाट,

     यस्तैयस्तै शव्दले भरिएका कविताहरु क्षितिजले पूर्वेली साहित्यअनुरागीहरुमाझ पस्किएका थिए । उनले लिएको विश्रामको समयमा कार्यक्रममा उपस्थित भएका पूर्वेली साहित्यकारहरु पन्चमाया ताम्लीले बाटो, मीना राईले सानिमा, डा. कुम्भराज जोशीले आधारशिविर, बादल देवी चाम्लिड०ले अ........m अन्जना ताम्लीले बांकी कथा शीर्षकका क्षितिजका कवितावाचन गरेका थिए । कार्यक्रममा क्षितिजले धरानमा आफ्नो नाममा फ्यान क्लब बनाएर आफूलाई निमन्त्रणा गरी सयौं साहित्यकारहरुका बीचमा कविता सुनाउने मौका दिएकोमा आयोजकलाई धन्यवाद दिए । कवि क्षितिजका कविताका बारेमा प्राडा. भीम खतिवडाले कवितामार्फत नै टिप्पणी गर्दा कार्यक्रमस्थलमा अर्को मनोरन्जन थपिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा संगीतकार गणेश रसिकले क्षितिजका कविताको प्रशंसा गर्दै देशका सबै कवि कवियत्रीलार्य बोलाएर कार्यक्रम गरिरहन सल्लाह दिए ।

अन्नपूर्ण पोष्ट
मंगलबार, फाल्गुन १, २०६९
Tuesday, 12 February 2013


No comments:

Post a Comment