रमेश क्षितिज |
'क्षितिज' कस्तो एलबम हो ?
२५ वर्षदेखि गीत लेखनको क्षेत्रमा क्रियाशील छु । आफ्नो सेवा दायित्व निर्वाह गर्दै मैले जीवनको महत्वपूर्ण लगानीलाई लिएर यो एल्बम लिएर आएको हो । मैले चर्चाका लागि भने यो एल्बमलाई बजारमा ल्याएको होइन । गीतसंगीत भनेको मनपर्ने साथी हो । जुन अन्तरआत्माको साथी हो, सुखदुःखको साथी हो जसले उर्जा दिने काम गर्छ । मैले आफ्नो गीत लेखनको यो लामो समयमा जति गीत लेखें त्यसमा जति सन्तुष्टि मिल्यो त्यो भन्दा पनि उत्कृष्ट गीतहरु छानेर मैले 'क्षितिज' एल्बम निर्माण गरेको हुँ । जसमा युवापुस्ताका चर्चित संगीतकारले मेरा गीतहरुलाई एकवर्षसम्म लगाएर संगीत सिर्जना गरिदिनुभयो, एरेन्जर, गायक/गायिकाहरुले पनि उदाहरणयोग्य रुपमा काम गरिदिनुभयो ।
बजारमा यस एल्बमबाट कस्तो आशा लिनुभएको छ ?
मैले क्षितिजलाई बजारसँग मात्रै जोडेर हेरेको छैन । एउटा स्तरीय गीतसंगीत सुन्न चाहने स्रोताको लागि मैले कलम चलाएको हुँ र एउटा गीतिमाध्यमबाट आफ्ना रचनालाई संगीतमय बनाएको हुँ । क्षितिज एकदमै नजिकको साथीको रुपमा मैले लिएको छु ।
गीत रचनाको क्षेत्रमा लाग्दा सुरुदेखि अहिलेसम्मको अनुभव कस्तो रह्यो ?
२५ औं वर्षसम्मको मेरो गीत लेखनको यात्रा एकदमै उत्साहजनक र रोमान्चक रहेको छ । संगीतकारले यस एल्बम निर्माण गर्दा संगीतमा मात्रै योगदान दिनुभएको छैन कि क्षितिजलाई चर्चामा कसरी लैजान सकिन्छ र आफ्ना संगीतले कसरी अरुलाई आकर्षण गर्न सकिन्छ भन्नेतर्फ पनि केन्द्रित हुनुभएको छ । मलाई पुराना पुस्ताका गोपाल योञ्जन, नातिकाजीदेखि अहिलेका युवापुस्ताका सिर्जनशील संगीतकार सन्तोष श्रेष्ठसम्म आइपुग्दाको समय कहिल्यै पनि निराशाजनक भएन । सस्तो लोकप्रियता कमाउनुभन्दा पनि अमर सिर्जना दिलाउने अभियानमा रहेका कारण म सफलतातिर उक्लिरहेको छु जस्तो लागेको छ ।
अहिले बजारमा आएका गीतसंगीतप्रति तपाईले कसरी हेर्नुभएको छ ?
अहिले बजार विस्तार भएको छ । मलाई लाग्छ बजारमा जति संगीत सिर्जना बढिरहेको छ त्यसलाई संगीतकर्ममा आउने नयाँ पुस्तालाई मात्र होइन हामी सम्पूर्ण गीतकार, संगीतकार र गायकगायिकाहरुलाई उर्जा थपेको छ । तर सिर्जनालाई बजारसँग मात्रै जोडेर हेर्नु भने गतल हो भन्ने मलाई लाग्छ । सिर्जनात्मक गायक, गायिका र संगीतकारले आर्थिक अवस्थामा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने कुरा चाहिँ मुख्य चुनौती देखेको छु ।
बजारमा पाइरेसी बढयो, गीत गाएर बाँच्न सकिँदैन भनिरहेको अवस्थामा तपाई पनि आउनुभएको छ यसलाई कसरी हेर्नुहुन्छ र ?
हामीलाई कठिन कुरा गुणस्तरीय गीतसंगीत कसरी सिर्जना गर्ने भन्ने कुरा हो । गीतसंगीतको सिर्जनापछि बजार प्रबद्र्धन गर्ने पनि ठूलो कुरा देखिन्छ । गीत संगीतमै जीवन समर्पित गर्दै समय लगानी गरिसकेपछि कसरी अगाडि बढ्ने रु भन्ने पनि हामीले सोच्नुपर्छ । पाइरेसी रोक्ने र बजार प्रबद्र्धन गर्नका लागि पनि सरकारले केही न केही छुट र प्रोत्साहन गर्नुृपर्ने हो तर सरकारी तबरबाट हामीले कुनैपनि प्रोत्साहन मिल्ने अवसर पाएका छैनौं । अहिले स्रोताले राम्रा गीतसंगीतलाई माया गरिदिए भने यस्ता चुनौतीहरुलाई समाधान गर्न सक्थ्यौं कि !
पुरानो पुस्ता र नयां पुस्तासँगको तपाईको सहयात्रा कस्तो रह्यो ?
पुरानो पुस्तासँग मैले जति काम गरें उहाँहरुलाई सधैं आशीर्वादको रुपमा ग्रहण गरें । तर नयाँपुस्तासँग काम गर्दाखेरी एउटा ठूलो सिर्जनात्मकता र उर्जाको म भित्र सञ्चार भएको महसुस गरेको छु । अहिलेको समय, परिवेश र स्रोताको चाखलाई केन्द्रमा राखेर लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको लगानीले गर्दा म पनि निकै हौसिएको छु । उहाँले एक वर्षसम्म मेहनत गरेर यो एल्बम मैले सोचेको र यो गीतलाई कस्तो संगीत चाहिन्छ भनेर संगीत सिर्जना गरिदिनुभयो त्यसले गर्दा नै म अहिले स्रोतामाझ आउन सफल भएको छु ।
अन्त्यमा, संगीत क्षेत्रमा तपाई्रको अपेक्षा ?
हामीले राम्रा उत्कृष्ट सिर्जना सुनिदियौं र माया ग¥यौं भने गीतकार, संगीतकार खुशी हुन्छन् । मेरो जीवनमा २५ वर्ष यो क्षेत्रमा बिताएँपछि क्षितिज विमोचन गर्ने अवसर पाएँ । यो मेरो जीवनको अमूल्य समय हो जहाँ मलाई सधैं स्रोता, कवि, कलाकार, पत्रकारको सद्भाव, प्रेम र स्नेह पाइरहेको छु । त्यसैलाई निरन्तरता मिलोस भन्ने अपेक्षा गर्दछु ।
MUSIC KHABAR.COM
No comments:
Post a Comment