Saturday, October 15, 2011

कर्म र साधनाको 'क्षितिज'

~~खेमराज रिजाल

'उनको साहित्यिक तथा सा.गीतिक यात्रा त्यति सहज भने छैन । रेडिायोका गीत सुनेर छोरा बिग्रन्छ भनेर बुबाले रेडियो समेत सुन्न अवरोध गरेपछि राती सुत्ने बेलामा सिरक मुनि लुकाएर पनि रेडियोका गीत सुन्थे'


रमेश क्षितिज
पूर्वतिर फर्किएको कुर्सीमा उनी प्रायः दक्षिणपूर्व फर्केका देखिन्छन् । शिरमाथि भित्तामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीर सजिएको छ, भित्तामा कुनै विदेशी दार्शनिकको कोटेशन, जुन मलाइ त्यति हेक्का भएन । घरी कम्प्यूटरमा फेसबुक कमेण्ट कमेण्ट लेखिरहेका हुन्छन्, घरी गुगल च्याटमा त घरी सेवाग्राहीलाई जिज्ञाशा मेटाउन व्यस्त । एक्लै भयो कि फेरि कम्प्यूटरका पर्दामै सोझिन्छन् । पेशाले सरकारी जागिरे, रुचिीले साहित्य सिर्जना । उनी हुन जिल्ला विकाश समितिका स्थानीय विकास अधिकारी रमेश न्यौपाने अर्थात रमेश क्षितिज । उनी विकास निर्माणको नेतृत्वदायी भूमिका गर्ने सरकारी जागिरे हुन्, तर एकाएक साहित्यमा पनि तिखारिन खोज्दै छन् । भन्छन्- 'चेतनाको विकास नहुँदासम्म भौतिक विकास दिगो हुँदैन, चेतनाको विकास फैलाउन साहित्यमा लम्किएँ ।'

क्षितिज अर्थात् आकाश र धर्तिबीचको संगम भन्छन् कसैले, कसैले भन्छन्- भावनात्मक रुपमा मात्रै क्षितिजलाई चुम्न सकिन्छ, उ पारी देखिन्छ क्षितिज तर त्यहाँ पुगेपछि फेरि पनि पारी नै देखिन्छ । कसैले नगुङ्गिने गन्तव्य पनि भन्छन् । तर, उदियमान गीतकार रमेश क्षितिजले भने आफ्नो 'टाइटल' नामप्रति अनभिज्ञ भने छैनन् । कर्म त पहिलो प्राथमिकता भयो नै तैपनि उनलाई भाग्यमा पनि त्यत्तिकै विश्वास छ रे ।

त्यस्तै भावना, मानवीय सम्वेदना, अनि जीवनको धुनको सङ्गालो 'क्षितिज' पहिलो गीति एल्बम लिएर आउँदैछन् रमेश क्षितिज । उनको एकल शव्द रहेको यो एलबम पहिलो भए नि उनका गीत भने भिन्न-भिन्न समयमा गरी कम्तिमा एक सय जति रेकर्ड भइसकेका छन् । गीति लेखनको क्षेत्रमा उनी देशभरि फैलिसकेका छन् । 'क्षितिज त्यो स्थान हो जहाँ बादल र पहाडले अँगालो मारेका हुन्छन्, जसलाई भावनात्मक रुपमा मात्र स्पर्ष गर्न सकिन्छ, त्यसैले त मैले मेरो नामको टाइटल 'क्षितिज' राखेको हुँ'- गीतकार रमेश न्यौपानेको स्पष्टोक्ति हो यो । आफ्नो नामका पछाडि 'टाइटल' जोड्ने सोचमा भने थिएनन् । जुनबेला उनले लोकप्रिय दैनिक कान्तिपुरमा रचना प्रकाशित भइसकेपछि उनैका अर्का व्यक्तिले उनको भावना विपरीतका रचनाहरु कान्तिपुरमै प्रकाशित गर्न थालेपछि मात्रै नामका पछाडि ुक्षितिजु थप्न शुरु गरे उनले । त्यति बेलाको उनको जीवन यात्रा चाहेजति सुखमय छैन । कहिले डेराको अभाव त कहिले आफन्तको बिछोडको पीडा त कहिले मनपर्ने हितकारी मित्रको अभाव । 'यस्तै अवस्थाले त मेरो मानसपटलमा साहित्य जन्म्यो नि !' उनले अनायासै भने ।

भर्खरैको अल्लारे वैशमा घर त्यागी अध्ययनका सिलसिलामा काठमाडौं प्रवाशन, आत्मनिर्भर हुने परिकल्पनासँगैको गीति यात्रा तथा क्याम्पसको अध्ययनको समेत निरन्तरता दिने बाध्यतासँगै पनि उनी सबै क्षेत्रमा सन्तोषजनक ढङ्गले सफल भए पनि । उनी अहिले आफ्नै गृह जिल्लामा विकासे अधिकारी भएका छन् । 'भौतिक विकास मात्रै सर्वोपरी होइन, चेतनाको विकास पनि अपरिहार्य छ, त्यसैले त चेतनाको विकासका लागि साहित्य चाहिन्छ, साहित्यको अध्ययन जरुरी छ, गीतसंगीतले पनि त्यसलार्य खरो उर्जा थप्छ'- आफ्नो साहित्यिक यात्राबारे स्पष्ट पार्दे क्षितिजले भने । त्यसैले त उनले यो वर्ष जिल्लामा पर्यटन भ्रमण वर्षको अवसर पारेर साहित्यिक यात्रा स्वरुप राष्ट्रिय कविता महोत्सवको समेत समन्वय गरे । उनको साहित्यिक तथा सांगीतिक यात्रा त्यति सहज भने छैन । 'रेडियोका गीत सुनेर छोरा बिग्रन्छ भनेर बुबाले रेडियो समेत सुन्न अवरोध गरेपछि राती सुत्ने बेलामा सिरकमुनि लुकाएर पनि रेडियोका गीत सुन्थे', क्षितिजले गोरक्षसितको संक्षिप्त कुराकानीमा भने, त्यसैले त सांगीतिक यात्रामा अवतरण गरे । त्यसो त उनी भर्खरै मात्रै सांगीतिक तथा साहित्यिक यात्रामा लागेका भने होनन् । पाँच कक्षाकै स्कूले जीवनमा उनले स्काउठको लागि नाटक लेखेर स्कूलमा प्रशंसाको पात्र समेत बनेका थिए । साहित्यिक यात्रालाई निरन्तरता दिँदै उनले थारु संस्कार र जमिन्दार कहाँ काम गर्ने बठिनियाको अन्तरकथामा उपन्यास समेत लेखेको स्मरण गराए । त्यो बेलाको बत्तीस पान्ने तीन वटा कापी उपन्यास लेखेर भरेको थिए, तर प्रकाशित गर्न लायक नमानेर त्यसलाई त्यत्तिकै थाँती राखें-  क्षितिजले भने । वि.सं. २०५० सालमा राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भए, त्यसले उनको सांगीतिक यात्राले थप उँचाई लिएको हो ।

'नमाग मसँग सहारा नमाग,
भुइँमा छु म आकाशका जुनतारा नमाग'

गीतको शव्दमा उनी उत्कृष्ट भएपछि वास्तविक रुपमै उनको सांगीतिक यात्रा शुरु भयो रे । 'त्यो दिनपछि मेरो गीत मागन बरिष्ठ संगीतकारहरुको समेत अफर अयो, त्यो नै मेरो सफलताको शुरुवात हो- क्षितिजले भने । त्यस अघि पनि उनी राष्ट्रिय वालगीत प्रतिभा पुररुकारबाट उत्कृष्ट समेत भइसकेका थिए ।

रिलिज हुने क्रममा रहेको उनको एकल शव्दको एल्बममा नरेन्द्र प्यासी, अञ्जु पन्त, मनोजराज, स्वरुपराज आचार्य, रामकृष्ण ढकाल, प्रमोद खरेल, शिशिर योगीलायतका चर्चित गायकले लयबद्ध गरेका छन् । उनको एकल एल्बमका आधा गीत सिआरविटीमा दर्ता भइसकेका छन् भने अन्य गीतहरु कम्पोजलगायतका कारण प्रशारणको लाममा लागेका छन् । 

उदियमान साहित्यप्रेमी रमेश षितिजको एकल शव्दमा सार्वजनिक हुने क्रममा रहेको सो एल्बममा धेरे राम्रो ठूल्दाजु, परेलकिो वर्षातले, कमलो मुटु, बेग्लै भए बाटाहरु, आधि ज्यान यही मेरो, तिमी भन्छ्यौ जिन्दगी तथा काठमाडौंमा डेरालगायतका शव्द मिश्रण गीतले जोसुकै संगीतप्रेमी र भावना बुझ्ने जोसुकैलाई समेत सम्बोधन गरेको छ । द्धन्द्धको अवशेष, सामाजिक परिवेश, मानव सम्बेदना, वैदेशिक रोजगारीको पीडालगायतका सामाजिक तथा आर्थिक परिवेशलाई समेत उनको एकल गीतिएल्बमले समेटेको पाइन्छ ।

त्यसो त उनका कम्तिमा सय गीतहरु रेकर्ड भइसकेका छन् । 'तिर्खाएको काकाकुल सरी भएँ, अनायासै तिमी हिडेपछि उखेलिएको फूल सरी भएँ,'कुनै नमीठो मूलसरी भए, अनायासै तिमी हिंडेपछि उखेलिएको फूल सरी भएँ, ' क्षितिजको यो नै पहिलो पटक रेडिो नेपालमा रेकर्ठ भएको गीत हो । जुन गीतमा संगीत शान्तिराम राईले भरेका थिए भने राजेश पायल राईले गाएका थिए । 

उनको साहित्यिक यात्रालाइ लिएर गोरक्षकर्मिले गरेको संक्षिप्त अंश

  • साहित्यिक यात्राको सबैभन्दा खुशीको दिन र?
म काठमाडौ गएको तिन वर्षपछि जब मेरो रचना मधुपर्कमा पहिलो पठक प्रकाशित भयो, त्यो नै मेरो साहित्यिक यात्राको सबैभन्दा खुशीको दिन हो । जुन दिनको कल्पना पनि गर्न सक्दिन म । त्यो दिन साहित्यिक यात्राको ठूलै विजय ठानेको थिए मैले । अहिले त्यो संझदा अनौठो लाग्छ । 

  • सङ्गीत ठूलो कि गीत ठूलो र?
शव्द अर्थपुर्ण भए शव्द ठूलो, त्यो नभए संगीतकै माहोल ठूलो हुन्छ ।

  • प्रेरणा कसलाई दिनुहुन्छ ?
सामाजिक परिवेशलाइ, जसले मलाइ साहित्यिक यात्रामा कलम चलाउन बाध्य बनायो । 

  • तपाइत अहिले व्युरोक्रयाट्स सम्हाल्दै हुनुहुन्छ, यसले साहित्यिक माहौललाइ अवरोध गरेको छैन र?
व्युरोक्रयाट्स भैसकेपछि पनि साहित्यिक माहौलमा केहि उर्जा थपिएको छ । किनकि विकाश भनेको भौतिक निर्माण मात्रै होइन समाज परिवर्तनका लागि चेतनाको विकाश पनि आवश्यक हुन्छ, जुन उर्जा साहित्यले दिनछ, गित संगीतले दिन्छ ।

  • साहित्य तथा सेजना प्रेमीहरुलाय केहि भन्न चाहनुहुन्छ कि ?
सूचना प्रविधिको विकाश संगै अध्ययनशीलतामा कमि आएको मैले महशुस गरेको छु, त्यसैले अध्ययनशीलतालाई निरन्तरता दिन मस्त शुभेक्षुकहरुलाइ अनुरोध गर्दछु ।

गोरक्ष
प्रकाशित मितिः २०६८ असोज २८ गत, शनिबार
15 October 2011, Saturday

No comments:

Post a Comment