Wednesday, March 8, 2006

बसाइँ सरेपछि

जून हेर्दै बारम्बार तारा हेर्दै तरेपछि
बिताउँछु म रात अचेल निँद नआएर

बिरानो भो गाउँ मेरो साँघु तरेपछि
आफ्नो भन्नु को छ यहाँ बसाइँ सरेपछि
चल्छ हुरी पीडाको निभ्छ मनको दीयो
घाम प्यारो लाग्दो रैछ पानी परेपछि !

फूल्छ होला पखेरोमा अझै लालुपाते
पानी मीठो पँधेरोको त्यही गाउँ जाति
जुनेली तयो रात अनि मेरो बालापन
सम्झिरन्छु लुकामारी खेल्ने फुच्चे साथी !


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ )




No comments:

Post a Comment