Friday, March 17, 2006

मेरो जीवन

कसैलाई असल होला कसैलाई खराब होला
पढ्छौं भने मेरो जीवन यौटा सिङ्गो किताब होला

कति सहें घाम पानी कस्तो भोगें जिन्दगानी
हाँसीहाँसी पिएँ कति विष भन्ने जानीजानी
अलिअलि आस होला धेरैधेरै सन्ताप होला
पढ्छौं भने मेरो जीवन यौटा सिङ्गो किताब होला

कतिपल्ट बली भएँ कतिपल्ट सुली चढे
आदर्शले जीउँछु भन्दा खेदिएँ म कति लडेँ
कस्तोकस्तो भोग्नुपर्यो त्यसको कहाँ हिसाब होला
पढ्छौं भने मेरो जीवन यौटा सिङ्गो किताब होला

रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ )

No comments:

Post a Comment