Friday, February 17, 2006

आफैँलाई खोजी हिँड्दा

मुर्चुङ्गामा रोएँ म सारङ्गीमा रेटिएँ
खोजिहिँडे आफैँलार्य आँसुभित्र भेटिएँ

मेरो मन लुछेर भागी जान्छ चैते हुरी
मेरो धून मागेर रातभर रुन्छ बाँसुरी
कोही सुन गुहार यो दोबाटोमै लुटिएँ
बाहिर तार रेट्दै थिएँ भित्र आफैँ चुडिएँ

अरुलाई जिन्दगी रमाउने चियाबारी
मलाई यो जिन्दगी शिरमाथि ढुङगे भारी
हिँड्दाहिँड्दै भेटिएँ दोबाटोमा छुटिृएँ
पीडा जति आफ्नो भो खुसी जति सुम्पिएँ


- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment