Sunday, January 8, 2012

क्षितिज अब बजारमा




नेपाली साहित्य र गीति लेखन क्षेत्रमा आफनै मौलिक परिचय बनाईसकेका गीतकार रमेश क्षितिज र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त गीति एल्बम 'क्षितिज' प्रज्ञा प्रतिस्ठानमा  आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । बरिष्ठ साहित्यकार बैरागी काईँलाले 'क्षितिज' एल्बमको विमोचन गरेका हुन् । 


आधुनिक गीत तथा गजलहरु समावेश सो एल्बममा नौ वटा गीत समावेश गरिएको छ । 'परेलीको वर्सातले…', 'आधीज्यान यहाँ मेरो…', 'कमलो मुटु छेडेर गयौ…', 'घरै राम्रो ठुल्दाजु…', 'बेग्लै भए बाटाहरु…', 'तिमी भन्छ्यौ जिन्दगी यो…', 'धेरै माया ऋण हुन्छ…', 'काठमाण्डुमा डेरा सर्दै…' र 'बटुवा हो मान्छे भन्नु…' बोलका गीतहरु 'क्षितिज'मा समावेश गरिएको छ ।

सन्तोष श्रेष्ठको एकल संगीत तथा रमेश क्षितिजको एकल शब्दमा रहेका सो एल्बमका गीतमा अञ्जु पन्त, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, रीमा गुरुंग, प्रमोद खरेल, मनोजराज र शिशिर योगीको स्वर रहेको छ । 'क्षितिज'लाई त्रिवेनी फिल्मस् नेपालले बजार ब्यबस्थापन गरेको छ ।

बिबिध बिषयमा हृदय स्पर्शी, प्रेरणादायी र जिबनकारी गीतहरु लेख्ने प्रसिद्ध गीतकार गीतकार रमेश क्षितिजका यस भन्दा अगाडी  "अर्को साँझ पर्खेर साँझमा" कविता संग्रह -२०५७ र "आफै आफ्नो साथी भए"  गीति संग्रह - २०६२. जस्ता अत्यन्त लोकप्रिय र उत्कृस्ट कृति प्रकाशित छन् भने युबा पुस्ताका चर्चित संगीतकार  सन्तोष श्रेष्ठ धेरै लोकप्रिय गीतहरुका सर्जक हुन् । सन्तोषका "चिनारी" "साधना" "संगम" "गरिमा" "मितेरी" जस्ता नेपाली श्रोताबाट रुचाईएका सी. डी. क्यासेट प्रकाशन र प्रसारण भईसकेका छन् । उनले हालसम्म १०० भन्दा बढी आधुनिक र फिल्मी गीतहरुमा संगीत गरिसकेका छन् ।

2012-01-08 1
Artist Nepal.com

No comments:

Post a Comment