काठमाडौं, पुष २३ (नागरिक)
'अर्को साँझ पर्खेर साँझमा' कविता संग्रह र 'आफै आफ्नो साथी भएँ' गीत संग्रह प्रकाशित गरेका क्षितिजले पहिलोपटक एल्बम निकालेका हुन् । झन्डै एक सय गीत रचना गरिसकेपछि एल्बम निकाल्ने रहर जागेको क्षितिजले बताए ।
'दुःखको साथी, निराश हुँदा उर्जा दिने र सुखमा हँसाउने विभिन्न आयामका गीत निकाल्ने अनुभूति जागेर एल्बम तयार पारे,' उनले भने, यसमा सामाजिक पक्ष जीवनलाई प्रेरणा दिने गीत छन् । एल्बम तयार पार्न 'एक वर्ष' लागेको उनले जानकारी दिए । कविताको तुलनामा गीतबारे छिटृ प्रतिक्रिया पाएको उनको भनाइ छ ।
१० वटा गीत रहेको 'क्षितिज'मा सन्तोष श्रेष्ठको संगीत छ । यसमा अञ्जु पन्त, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, रीमा गुरुङ, प्रमोद खरेल, मनोजराज, शिशिर योगीले स्वर दिएका छन् । त्रिवेणी फिल्मसले एल्बम निकालेको हो ।
आइतबार २० पुष २०६८
Sunday, 8 January 2012
कवि तथा गीतकार रमेश क्षितिजले एकल रचनामा आधुनिक गीत तथा गजलसंग्रह तयार पारेका छन् । 'क्षितिज' नामक एल्बम शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले विमोचन गरे ।
बाक्लो साहित्यिक जमघटमा सार्वजनिक गरिएको एल्बमको बारेमा विभिन्न वक्ताले टिप्पणी गरेका थिए । गायक रामकृष्ण ढकालले गीतकार क्षितिजसँगको दुई दशक लामो सहकार्यको स्मरण गर्दै एल्बमको सांगीतिक पक्षको समीक्षा गरे । कृष्णहरि बराल, नेत्र एटम, नवराज लम्साल, मधुबाबु थापा लगायतले गीतको टिप्पणी गरेका थिए ।
बाक्लो साहित्यिक जमघटमा सार्वजनिक गरिएको एल्बमको बारेमा विभिन्न वक्ताले टिप्पणी गरेका थिए । गायक रामकृष्ण ढकालले गीतकार क्षितिजसँगको दुई दशक लामो सहकार्यको स्मरण गर्दै एल्बमको सांगीतिक पक्षको समीक्षा गरे । कृष्णहरि बराल, नेत्र एटम, नवराज लम्साल, मधुबाबु थापा लगायतले गीतको टिप्पणी गरेका थिए ।
'अर्को साँझ पर्खेर साँझमा' कविता संग्रह र 'आफै आफ्नो साथी भएँ' गीत संग्रह प्रकाशित गरेका क्षितिजले पहिलोपटक एल्बम निकालेका हुन् । झन्डै एक सय गीत रचना गरिसकेपछि एल्बम निकाल्ने रहर जागेको क्षितिजले बताए ।
'दुःखको साथी, निराश हुँदा उर्जा दिने र सुखमा हँसाउने विभिन्न आयामका गीत निकाल्ने अनुभूति जागेर एल्बम तयार पारे,' उनले भने, यसमा सामाजिक पक्ष जीवनलाई प्रेरणा दिने गीत छन् । एल्बम तयार पार्न 'एक वर्ष' लागेको उनले जानकारी दिए । कविताको तुलनामा गीतबारे छिटृ प्रतिक्रिया पाएको उनको भनाइ छ ।
१० वटा गीत रहेको 'क्षितिज'मा सन्तोष श्रेष्ठको संगीत छ । यसमा अञ्जु पन्त, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, रीमा गुरुङ, प्रमोद खरेल, मनोजराज, शिशिर योगीले स्वर दिएका छन् । त्रिवेणी फिल्मसले एल्बम निकालेको हो ।
आइतबार २० पुष २०६८
Sunday, 8 January 2012
No comments:
Post a Comment