साहित्य र सेवाका सर्जक "क्षितिज"
रमेश क्षितिज समकालीन नेपाली साहित्य क्षेत्रमा नौलो नाम होइन । चाहे नेपाली कथा होस चाहे कविता यात नेपाली गीतमा होस उत्कृष्टता प्रदान गर्न सफल क्षितिजको ूक्षितिजू नामक आधुनिक गिति एल्बम उहाँको बजारमा आउने तयारीमा छ । एल्बममा राखिएका १० वटा गीतहरुको रेकर्डिङ्ग सबै कुरा सम्पन्न भइसकेको छ । तपाई हाम्रै चिरपरिचित स्रष्टा रमेश क्षितिज । कुराकानीको क्रममा उहाँले भन्नुभयो(सबै गीतहरुको रेकडिङ्ग सकिएको छ अब दशैंपछि लगत्तै बजारमा ल्याउने योजनामा छु ।
त्र्खिाएको काकाकुल सरी भएँ
कुनै नमिठो भुल सरी भएँ
अनायासै उठी तिमी हिडे पछि
म उखेलिएको फूल सरी भए
क्षितिजले यो गीत लेख्दा ताक गीतहरु रेकर्डिङ्ग हुने ठाउँ थियो त केवल रेडियो नेपाल मात्र। उहाँले सबैभन्दा पहिले २०४८ सालमा रेडियो नेपालमा यो गीत रेकर्ड गराउनुभएको थियो । राजेशपायल राईद्धारा स्वरवद्ध थियो यो गीत । विसं २०२६ सालमा सल्यानमा जन्मनुभएका रमेश न्यौपाने साहित्यिक क्षेत्रमा रमेश क्षितिजको नामले परिचित हुनुहुन्छ । सल्यानमा जन्मिएर जीवनका बाल्यकालिन समय दाङको हेकुली गाविसको मिरौलीमा गुजार्नु भएका क्षितिज आफूले थाहा पाउने उमेरदेखि नै साहित्य रचना गर्नुहुन्थ्यो रे । सिद्धजनता मावि श्रीगाउँबाट प्रवेशिकासम्मको शिक्षा लिनुभएका रमेश वकालत पेशा अत्यन्तै मनपर्ने भएका कारण प्रवेशिकापछिको पढाइ नेपाल ल क्याम्पस काठमाडाँैंबाट शुरु गर्नुभएको थियो । उच्च शिक्षाका लागि काठमाडौं जानुभएका रमेश पढ्ने समयबाट केही समय छुटाएर साहित्य सिर्जना गर्नुहुन्थ्यो । स्नातकोत्तरसम्मको पढाइ पुरा भएपछि समाचारक्षेत्रमा निकै रुचि भएका कारण रेडियो टेलिभिजन पत्रपत्रिकाहरुमा जागिरका लागि गएपनि असफलता हात पार्नुभयो । साँच्चिकै जीवन भनेको आफूले कल्पना गरेजस्तो आफूले सोंचेजस्तो नहुँदो रहेछ । ूआफूले योजना बनाएजस्तो हुँदो रहेनछू(उहाँले भन्नुभयो । उहाँ थप्नुहुन्छ(ूआज विगतमा जुन क्षेत्रमा रुचि राख्थेँ त्यो क्षेत्रभन्दा भिन्न क्षेत्रमा रहेको छु । नेपालमा पहुँच भएन भने कुनैपनि व्यक्ति अगाडि बढ्न गाह्रो हुँदोरहेछ । मिडियामा रुचि भएका कारण मिडिया प्रवेशका लागि प्रयासरत थिएँ तर त्यहाँ असफल हुनुपर् यो । पछि साथीभाइहरुले लोकसेवाका लागि तयारी गर्न भनेपछि त्यसतर्फ लागँे । परिवारका कुनैपनि व्यक्तिहरु पनि सरकारी सेवामा नभएको जनाउँदै साथीभाइहरुको सल्लाह अनुसार लोकसेवाको तयारी लागि सफल भएको रमेश बताउनुहुन्छ ।
२०५६ सालबाट सरकारी सेवामा प्रवेश गर्नुभएका क्षितिज विशेषतः कविता गीत कथा विधामा कलम चलाउनु हुन्छ । उहाँ अहिले दाङको स्थानीय विकास अधिकारीकारुपमा कार्यरत हुनुहुन्छ भने सँगसँगै आफ्ना साहित्यिक पाइलाहरुलाई पनि निरन्तररुपमा अगाडि बढाईरहनुभएको छ । २०५७ साल बैशाखमा ूअर्काे साँझ पर्खेर साँझमाू कविता संग्रह प्रकाशन गर्नुभएका रमेश क्षितिजले २०६२ सालमा ूआफै आफ्नो साथी भएूँ गीत संग्रह पनि प्रकाशन गर्नुभएको थियो । दिनभरि कार्यालयको काममा व्यस्त हुने उहाँले विशेषतः साँझको समयमा साहित्य सिर्जना गर्ने गरेको बताउनुहुन्छ । ूसाँझको समयमा हल्ला पनि हुँदैन सबै आ(आफ्नो घरमा गैसकेका हुन्छन् यही मौकामा मै लेख्ने गर्छुू ( क्षितिज भन्नुहुन्छ । साँिच्चकै मान्छेको जीवन आफूले सोंचेजस्तो हुँदो रहेनछ । तर पनि रमेशले आफ्नो बाल्यकालदेखि कै रुचिको क्षेत्र साहित्यिक क्षेत्रमा भने निरन्तररुपमा कलम चलाइरहनुभएको छ । स्नातकोत्तरसम्मको पढाइ सकुन्जेलसम्म उहाँका थुपै्र गीतहरु रेडियो नेपालमा रेकर्ड भइसकेका थिए । त्यसकारण रमेश क्षितिज त्यतिबेला निकै चर्चामा हुनुहुन्थ्यो । सरकारी सेवामा कार्यरत भएपनि उहाँलाई साहित्य रचनामा केहीरुपमा यदाकदा समस्या भएपनि सरकारी सेवाकै करण उर्जा पनि मिलेको छ । सरकारी सेवामा समय दिनुपर्ने भएका कारण साहित्य सिर्जनामा केहीरुपमा समस्या भएपनि सरकारी सेवाकै कारण विभिन्न देशहरुमा नेपालकै पनि विभिन्न जिल्लाहरुमा घुम्ने अवसर पाएँ(उहाँले भन्नुभयो नयाँ परिवेशहरुमा जाने अवसर पाएका कारण मलाई थप सिर्जना गर्नका लागि पनि उर्जा मिलेको छ । रमेशले धेरै गीतहरु सिर्जना गर्नुभएको छ । त्यसमध्ये उदितनारायण झा, राजेशपायल राई, रामकृष्ण ढकाल, प्रमोद खरेल, शम्भु राईलगायतका थुपै्र कलाकारहरुको स्वरमा गरी अहिलेसम्म करीव १ सय वटा गीत रेकर्ड भैसकेका छन् भने रेडियो नेपालमा मात्र २५ वटा गीत रेकर्ड भएका छन् ।
बटुवा हे मान्छे भन्नु यो संसारमा
जुनजस्तै चम्की हिड अन्धकारमा
बग्छ आँशु एकान्तमा बगी जान देऊ
खुसी तर बोकी हिड अनुहारमा
ूक्षितिजू एल्वममा समावेश गरिएको अन्जु पन्तको स्वरमा रहेको यो गीतले भनेजस्तै साहित्यिक क्षेत्रमा रमेश क्षितिज र सरकारी सेवामा रमेश न्यौपानेको यात्रा सधँै खुसी बोकेर हिडिरहोस् । हाम्रो शुभकामना ।
प्राकृतिक सौन्दर्यता र घटनासंग रमाउने श्रष्टा
साहित्यकार बन्नका लागि भावना चाहिन्छ । भावना भएन भने सायद साहित्य सिर्जना गर्न सकिदैन । मैले धेरै साहित्यकारहरुसंग भलाकुसारी गर्दा पाएको कुराहरुले सायद यस्तै संकेत गर्छन् । साहित्यको भलाकुसारी कै एकजना मेरा हितैषी मित्रले भनेका थिए ूमनमा कुनै भावना नै भएन भने कसरी साहित्यकार बन्न सकिन्छ र साहित्यकार बन्नका लागि भावना हुनुपर्छ तबमात्र सिर्जना गर्न सकिन्छ । म व्यक्तिगत रुपमा भन्नुपर्दा पत्रकार भएपनि साहित्यको बारेमा भने त्यति बुझ्न सकेको छैन सायद । त्यसैले कहिलेकाँही मनमा भावना भएपो अरुको भावना बुझ्न सक्छौ भन्ने गुनासोहरु पनि सुन्ने गरेको छु । अझ साहित्यकारहरुको बारेमा बुझ्दा त सबैको एउटै आवाज पाएको छु । त्यो विद्यालय अवस्थादेखि नै उहाँहरु साहित्य सिर्जना गर्नुहुन्थ्यो । आ(आफ्नो उमेरअनुसार । यस्तै तुलसीपुर(५ निवासी तिलक न्यौपाने पनि स्कुले अवस्थादेखि नै साहित्य सिर्जना गर्नुहुन्थ्यो । मालनेटा डाँडागाउ(४ चउरगाउँ सल्यानमा २०२४ सालमा जन्मनुभएका तिलकले प्रावि स्तरको पढाई सल्यानमै सकाएर दाङको हेकुली गाविस (७ मिरौलीमा उहाँको परिवार बसाई सरेपछि सिद्धपृथ्वी जनता व्यावसायीक मावि श्रीगाउँबाट प्रवेशिका उत्तिर्ण गर्नुभएको थियो । २०४२ सालमा प्रवेशिकाको जाँच दिनुभएका तिलक विद्यालयबाट जम्मा जाँच दिएका २५ जना विद्यार्थीमध्ये प्रथम श्रेणीमा उत्तिर्ण भएर विद्यालयबाट उत्कृष्ट हुनुभएको थियो ।
साहित्य क्षेत्रमा रुचि भएपनि क्षेत्र भने उहाँ ईन्जिनियरिङ्गतिर लाग्ने सोंच बनाउनुभएको थियो । त्यसैले उहाँले प्रवेशिका परिक्षा उत्तिर्ण गरिसकेपछि इन्जिनियरिङ्ग क्याम्पस पुल्चोक ललितपुरमा सब(इन्जिनियरिङ्ग पढ्नुभएको थियो । लोकसेवामा नाम निकालेपछि स्थायी रुपमा २०४७ सालबाट सरकारी सेवामा सब(इन्जिनियरिङ्गको रुपमा काम शुरु गर्नुभएका तिलकले गल्लीको मायाँ बोकेकाहरु भन्ने मर्मस्पर्शी शब्दहरु रहेको कविता २०४८ सालमा डिप्लोमा ईन्जिनियरिङ्ग एशोसिएसनको बार्षिक मुखपत्रमा प्रकाशन पहिलोपटक रचना प्रकाशन गर्नुभएको थियो । साहित्य क्षेत्रमा धेरै लगाव भएपनि उहाँले काम गर्नुपर्ने बाध्यताका कारण धेरै समय साहित्यिक क्षेत्रलाई दिन सक्नुभएन । तर पनि साहित्यबाट टाढा पनि हुन सक्नुभएको छैन । फुस्र्रद भएको समयमा र एकान्त भएको समयमा उहाँले साहित्य सिर्जना गर्दै आउनुभएको छ । स्वास्थ्यका कारण क्याम्पसतिरको शिक्षा अगाडि बढाउन नसकेको बताउने तिलक कुनैपनि स्थानमा गएको समयमा त्यहाँ बाटा भएमा वा कुनै प्राकृतिक स्रोतसाधनहरु भएको स्थानमा गएमा त्यहाँको बारेमा प्राकृतिक सौन्दर्य र घटनासंग सम्बन्धित साहित्यहरु रचना गर्ने गर्नुहुन्छ । अन्य समय व्यस्त हुने भएका कारण बिशेष गरी बिहानै र बेलुकीको समयमा साहित्य सिर्जनातर्फ लाग्ने तिलकले बताउनुभयो । २०६४ सालमा ूपर्दाभित्रबाटू नामक कविता संग्रह प्रकाशन गर्नुभएका उहाँले बिशेषतः कविता र केही रुपमा गीतहरु लेख्ने गर्नुहुन्छ । उहाँले बिभिन्न विषयहरुमा लेख रचनाहरु पनि लेख्दै आउनुभएको छ । परिवारको सहयोगका कारण आफू यो स्थानसम्म आइपुगेको उहाँको भनाइ । सरकारी क्षेत्रमा धेरै जसो व्यस्त हुने भएपनि यस क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिहरु पनि साहित्य क्षेत्रलाई निरन्तररुपमा योगदान दिँदै आउनुभएको छ । उहाँहरुको पाइला निरन्तर अगाडि बढोस् ।
हाँस्यव्यंग्य र सेवाका संगम कमलमणी
शिवरथ गाविस(८ सल्यान मा २०१८ सालमा जन्मनुभएका कमलमणि देवकोटा सानै उमेरदेखि स्कूल पढ्ने समयदेखि नै साहित्य सिर्जना गर्नुहुन्थ्यो । भानुभक्त साधारण मावि, दमाचौर, सल्यानबाट २०३६ सालमा प्रवेशिका उत्तिर्ण गर्नुभएका कमलमणी साहित्य सिर्जनासंगै सरकारी सेवामा पनि कार्यरत हुनुहुन्छ । २०३९ सालमा लोक सेवाबाट स्थायीरुपमा नाम निकालेर भूमि सधार कार्यालय
प्यूठानबाट सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँले हालसम्म भूमिसुधार सहकारी यातायात सडक डिभिजन स्थानीय विकास गृह वन तथा भू(संरक्षण भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा काम गरिसक्नुभएको छ । १६ वर्षसम्म खरिदार पदमा जागिर खाए र १२ वषर््ायता नासुमा कार्यरत रहनुभएका कमलमणी अहिले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको प्रशासन शाखामा कार्यरत रहनुभएको छ ।
बिशेषतः हाँस्यब्यंग्य प्रहसन र फुटकर कविता विधामा कलम चलाइरहनुभएका उहाँले साहित्य कला र संगीत रुचिको विषय रहेको बताउनुभयो । जागीरको बाहेक बचेको समयमा साहित्य सिर्जनातर्फ लागिरहेको बताउने कमलले ूस्यानीमालैू गिती एल्बम, ूबोको ब्यायाू(२०६१, ूगोरु जात्राू(२०५९, गाईजात्रे क्यासेट एल्बम ूपंचामृतू सहप्रकाशन र ूचाँदनीू उपन्यास संग्रह प्रकाशन गरिसक्नुभएको छ । साँझको समयमा लेख्न बस्ने बताउने उहाँले कथासंग्रह चाँडै प्रकाशनमा ल्याउन लागेको बताउनुभयो । घरपरिवारको जिम्मेवारी संगै आफ्नो पढाई जागिर पनि भएका कारण साहित्य सिर्जनातर्फ त्यति समय दिन नसकेको उहाँले बताउनुभयो । रातमा लेख्न बसेपछि १२, १, २ बजेको पनि थाहा नपाउने बताउने कमल साहित्य आफ्नो जीवनको अभिन्न अंग भएको बताउनुभयो । खाली बस्न मन नलाग्ने उहाँको स्वभाव छ त्यसैले केही न केही गरिरहनुपर्छ उहाँलाई । उहाँले जागिरको क्रममा व्यस्त भएका कारण कहिलकाँही बितेको जीवन त्यत्तिकै खेर फालियो कि भन्ने पनि लाग्छ रे । अहिले पनि जीवन ब्यस्त छ घरपरिवार अफिस सिर्जना सबै कुरा हेर्नुपर्छ(उहाँले भन्नुभयो यस्तो हुन्दा पनि कहिलेकाँही बितेको जीवनमा केही गर्न सकिएन कि भन्ने पनि लाग्छ । मान्छे भएपछि केही न केही रुपमा चिन्तनशील सिर्जनशील हुनुपर्ने उहाँको भनाइ रहेको छ । बिशेषतः यात्राको क्रममा भावनाहरु आउने गरेको बताउनुभयो । यात्राको क्रममा मनमा हरेक किसिमका भावनाहरु आउँछन् ( उहाँले भन्नुभयो तर यात्राको क्रममा लेख्नसक्ने अवस्था हुदैन ।
शब्द÷तस्वीर ः
देविका घर्ती मगर
गणतन्त्र राष्ट्रिय दैनिक
No comments:
Post a Comment