Saturday, August 12, 2006

मलाई नमार

नसल्काऊ आगो नउध्याऊ धार
म जीउन चाहन्छु अरुलाई खुसी दिई
मलाई नमार ! मलाई नमार !!

सुनसान छन् गाउँ रित्तो छ गोरेटो
सबैतिर चल्यो सन्त्रासको सिरेटो
यो कस्तो जीत हो सबैको हार ?
मलाई नमार ! मलाई नमार !!

रगताम्मे नदी मैलो छ आकास
तर गर्छु अझै मान्छेमै विश्वास
मान्छे भई माग्छु मान्छेको प्यार
मलाई नमार ! मलाई नमार !!


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ )

No comments:

Post a Comment