Sunday, August 6, 2006

यौटा पीर

धेरै पीर जिन्दगीका तिमी यौटा पीर मेरो
तिम्रो नाउँ लिँदाखेरि झुकेको छ यो शिर मेरो

बिर्सिदिन्छु पनि भन्यौ, भेट्ने छैन फेरि भन्यौ
रोइरोई हेर्यौ फेरि एकान्तमा तस्बिर मेरो

सुन्दर थिए साँझ बिहान, स्वप्न थियो जिन्दगी नै
तिमीसँगै जीउँने तर रहेनछ तक्दिर मेरो

टुक्राटुक्रा हजार टुक्रा दिल मेरो पारेपछि
आफैँले नै सोध्यौ फेरि मुहार किन गम्भीर मेरो


- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)







No comments:

Post a Comment