आँखाभरि हिउँचुली छङ्छङ् बग्ने खोला
फेरियो कि मेरो गाउँ अझै उस्तै होला !
पुल पनि भत्क्यो भन्छन् पाटीपौवा ढल्यो भन्छन्
यसपालिको डढेलोमा गाउँले मन जल्यो भन्छन्
उकालीको एक्ले वर उस्तै छ कि सुक्यो
कप्तानबाको लडाइँको कथा कहाँ पुग्यो !
साथीभाइ कहाँ होलान् कस्ती होली सानी अचेल
सताउँदा मैले उसलाई रुन्थी पीर मानी टल्पल्
जहाँ पहिलो पाइला टेके मेरो गाउँघर
छोडी आएँ धेरै पर आखैमा छ तर !

- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)
No comments:
Post a Comment