Sunday, June 4, 2006

कुमारी सपना

कति छ माया यो छातिभरि निर्मोही जान्दैन
न भुल्न सक्छु न खुल्न सक्छु मन पापी मान्दैन

ऊ घाम हाँस्छ म झरी रुन्छु साक्षी छ इन्द्रेणी
म सुम्पीदिन्छु फूलजस्तो बैंस ऊ दिन्न केही पनि
फुकाऊँ  भन्छु उसैको सामु कुमारी सपना
दिन-दिन उस्तै लाजको सीमा म नानै सक्दिन

शरम लाग्न सम्झिंजा सपना देखेको रातिमा
मोहनी रुप आंखामा अल्झ्यो काउकुती छातीमा
लजाई बस्छु सामुन्ने हुँदा टाढिँदा धिक्कार्छु
मनको राजा झल्झली देख्छु सपना सिंगार्छु


- रमेश क्षितिज
(गीति संग्रह स् आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment