Monday, May 29, 2006

बैगुनी

धेरै माया ऋण हुन्छ तिर्न गाह्रो होला
नदेऊ म बैगुनीलाई त्यर्स उधारो होला

साँची राख आफ्नो माया हाँसीराख यस्तै
शरदको आकासमा जून खुलेजस्तै
मनमा थोरै ठाउँ देऊ त्यति भए पुग्छ
बन्धन हो पीरति त व्यर्थै मन दुख्छ !


यही जूनि ठेगान छैन अर्को जूनि पनि
कसोगरी भनूँ मैले सँगै जीउंछु भनी
चाहनाका लिपिहरु प्ढ्न जान्दिनँ म
कसो गर्दा हुन्छ माया गर्न जान्दिनँ म


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ )

No comments:

Post a Comment