Sunday, June 4, 2006

समर्पण !

कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पछिदिने तिमी हुनु !

धेरै धेरै मान्छेहरु रुपहरु थरिथरि
पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि
एक्लिएर रोएँ भने बरै १ भन्ने तिमी हुनु
वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !

कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका
राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !


- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)

No comments:

Post a Comment