हजार घुम्ती जिन्दगीका बाटो नागबेली
आज सँगै बास बसी छुटिृनुछ भोलि
रात पनि छिटोछिटो बित्दैछ निठुरी
तिमीलाई हेर्न छोडी निदाउँ कसोरी
यो गरुँ कि ऊ गरुँ कि कुन कुरा गरुँ
धेरै कुरा बाँकी नै छ कुन पूरा गरुँ र ?
कुरा गर्दै रात बितोस् झुल्कोस् बिहानी
सम्झुँला म सधैँ तिम्रो काखको सिरानी
यो दिऊँ कि ऊ दिऊँ कि कुन चिनो छोडूँ
यता आफ्नो मुटु छोडी भोलि कहाँ हिडूँ र ?
रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ
आज सँगै बास बसी छुटिृनुछ भोलि
रात पनि छिटोछिटो बित्दैछ निठुरी
तिमीलाई हेर्न छोडी निदाउँ कसोरी
यो गरुँ कि ऊ गरुँ कि कुन कुरा गरुँ
धेरै कुरा बाँकी नै छ कुन पूरा गरुँ र ?
कुरा गर्दै रात बितोस् झुल्कोस् बिहानी
सम्झुँला म सधैँ तिम्रो काखको सिरानी
यो दिऊँ कि ऊ दिऊँ कि कुन चिनो छोडूँ
यता आफ्नो मुटु छोडी भोलि कहाँ हिडूँ र ?
रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ
No comments:
Post a Comment