कहाँनेर गल्ती थियो मैले जीउने संसारमा
लुके सबै जूनघाम हिँड्दै छु म अँध्यारोमा
समयले मलाई यस्तो कुन मोडमा ल्यायो
छैन बाटो फर्कू भने हिँडू भीर आयो
केही छैन बिन्ती सुन्ने वारिपारि पखेरो छ
ऐँठनमा जिन्दगी छ बाटो पनि अप्ठेरो छ
झुक्याउँछ भाग्य पनि मलाई घात गद्र्ध
जहाँ बास पाउँदिन त्यहीँ रात पर्छ
रित्तिनुछ धेरैधेरै अझै मैले उक्लिनु छ
भित्र कहीँ आगो बोकी दिनदिनै सल्किनु छ
- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)
लुके सबै जूनघाम हिँड्दै छु म अँध्यारोमा
समयले मलाई यस्तो कुन मोडमा ल्यायो
छैन बाटो फर्कू भने हिँडू भीर आयो
केही छैन बिन्ती सुन्ने वारिपारि पखेरो छ
ऐँठनमा जिन्दगी छ बाटो पनि अप्ठेरो छ
झुक्याउँछ भाग्य पनि मलाई घात गद्र्ध
जहाँ बास पाउँदिन त्यहीँ रात पर्छ
रित्तिनुछ धेरैधेरै अझै मैले उक्लिनु छ
भित्र कहीँ आगो बोकी दिनदिनै सल्किनु छ
- रमेश क्षितिज
(गीति संग्रह : आफैँ आफ्नो साथी भएँ)
No comments:
Post a Comment