Tuesday, July 4, 2006

बिदाई

भन्दिनू है चौतारीमा उभिएको बोट
यही बाटो गयो कोही बिराउँदै चोट

कहाँ होला सपनाको फाँट फूल्ने देश
खोज्दै हिँडे सहँदै यी पाइतालामा ठेस
सम्झाइदिनू मनभरि पीडा धेरै बोकी
ओरालीमा फर्की हेथ्र्यो पाइला रोकीरोकी

असिनाले दाग लायो फूलको थुङगाभरि
तैरिँदैछु मनको तलाउ सम्झनको डुङ्गा चढी
फर्किनेछु कुनै बेला भनिदिनू दौँतरीलाई
साक्षी राखी जान्छु यही ढुङ्गे चौतारीलाई !


~ रमेश क्षितिज
(गीति संग्रहः आफैँ आफ्नो साथी भएँ)


No comments:

Post a Comment